काठमाडौं– रोजगारीको सिलसिलामा कतारमा रहेका प्रवासी नेपालीद्वारा रामपुर नगरपालिका–१ बस्ने स्व लीलाम्बर खाँणको परिवारलाई आर्थिक सहयोग प्राप्त भएको छ । अर्बुद्ध रोगका कारण ज्यान गुुमाएका खाँणको परिवारलाई कतारस्थित पाल्पाली सेवा समाजले रु ५१ हजार १० रकम सहयोग गरेको हो । यसैगरी खाँणको परिवारलाई रामपुर नगरपालिकाले रु १५ हजार रकम सहयोग गरेको छ । पाल्पाली सेवा समाज कतार र रामपुर नगरपालिकाको सहयोगमा रु ६६ हजार १० रकम नगर प्रमुख रमणबहादुर थापाले हस्तान्तरण गरेका छन् । खाँणका श्रीमती, पा“च छोरी र एक छोरा छन् । वैदेशिक रोजगारको सिलसिलामा विभिन्न देशमा रहेका पाल्पाका नेपाली युवाले विभिन्न रोगबाट पीडित, गरिब, विपन्न परिवारलाई आर्थिक सहयोग गर्दै आइरहेका छन् । रासस
प्रकाशित मिति: आइतबार, असोज २६, २०७६ ०६:१३