Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
  • #विश्व दृष्टि दिवस
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • कोरियाली भाषा परीक्षाका लागि सात वर्षयताकै कम आवेदन
कोरियाली भाषा परीक्षाका लागि सात वर्षयताकै कम आवेदन
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, चैत २९, २०७८
images
Hardik health
काठमाडौं– नेपालीहरूको आकर्षक गन्तव्य मुलुक दक्षिण कोरियाको भाषा परीक्षाका लागि सात वर्षयताकै सबैभन्दा कम आवेदन परेको छ । विगतका वर्षहरूमा मागभन्दा १०औं गुणा बढी आवेदन पर्ने गरेको भए पनि यो वर्ष घटेको हो । यस वर्षका लागि ४४ हजार ८८९ जनाको आवेदन परेको इपिएस कोरिया शाखाले जानकारी दिएको छ । कोरोनाका कारण सन् २०१९ पछि दुई वर्ष रोकिएको भाषा परीक्षामार्फत कोरियाले नेपालबाट नौ हजार ६५४ जना छनोट गरेर रोजगारीका लागि कोरिया लैजाने शाखाका निर्देशक पुष्पराज कटुवालले बताए । विगतका वर्षमा एक जनाको कोटाका लागि १५ जनासम्मको आवेदन पर्ने गरेको भए पनि यो वर्ष केही कम मात्रै आवेदन परेको उनले बताए । यो वर्षका लागि आवेदन परेको तथ्यांक हेर्दा एक जनाको कोटामा चार जनाले प्रतिस्पर्धा गर्नेगरी आवेदन परेको उनको भनाइ छ । शाखाको तथ्यांकअनुसार सन् २०१६ मा १० हजार दुई जनाको कोटामा ७२ हजार जनाले आवेदन दिएका थिए । २०१७ मा सात हजार ८०० जनाको कोटामा ७५ हजार ५५३ जनाले आवेदन दिएको तथ्यांक छ । यस्तै, सन् २०१८ मा आठ हजार ५१९ जनाको कोटामा ८२ हजार २८६ जना र २०१९ मा सात हजार १३६ जनाको कोटामा ९२ हजार ३५६ जनाले आवेदन दिएका थिए । कोरोनाका कारण २०२० र २०२१ मा कोरियन भाषा परीक्षा रोकिएको थियो । यो वर्षका लागि आवेदन दिनेमध्ये उत्पादन क्षेत्रमा ३३ हजार ९९४ जना र कृषि तथा पशुपालन क्षेत्रमा १० हजार ८९५ जनाको आवेदन परेको निर्देशक कटुवालले बताएका छन् । उनले यस पटकदेखि कृषि तथा पशुपालन र उत्पादन क्षेत्रका लागि छुट्टाछुट्टै समयमा परीक्षा सञ्चालन हुने बताए । परीक्षा तालिका यसअघि नै सार्वजनिक भइसकेको छ । यसपटक एक व्यक्तिले एक क्षेत्रमा मात्रै आवेदन दिन पाउने व्यवस्था गरिएको थियो । कृषि तथा पशुपालन क्षेत्रका लागि आउँदो वैशाख २६ देखि जेठ १३ गतेसम्म पहिलो चरणको र जेठ २४ देखि असार १६ गतेसम्म दोस्रो चरणमा भाषा परीक्षा सञ्चालन हुनेछ । यस्तै, उत्पादन क्षेत्रका लागि पहिलो चरणमा असार २० देखि भदौ १० गतेसम्म र दोस्रो चरणमा भदौ १६ देखि असोज २० गतेसम्म भाषा परीक्षा सञ्चालन हुने निर्देशक कटुवालले बताए । कोरोनाका कारण नाम निकालेकाहरू समेत जान नपाएको अवस्थाले यो वर्ष आवेदन घटेको हुनसक्ने उनको भनाइ छ ।
प्रकाशित मिति: मंगलबार, चैत २९, २०७८  ०८:३१
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ मंगलबार, असोज ७, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP