
काठमाडौं– नेपालीहरूको श्रम गन्तव्य सबैजसो मुलुकमा पछिल्लो समय कोरोना भाइरसको महामारी सामान्य बन्दै गएको छ । केही महिनाअघि दैनिक हजारौँको संख्यामा संक्रमित थपिने ती मुलुकमा अहिले दैनिक संक्रमणदर न्यून बनेको छ ।
नेपाली श्रमिक रहेका मुलुकमध्ये मलेसियामा सबैभन्दा बढी संक्रमणदर रहेको पाइएको छ । मलेसियामा अहिले पनि दैनिक १० हजारभन्दा धेरैमा कोरोना संक्रमण हुने गरेको वल्र्डोीमटर्सको तथ्यांकमा देखिन्छ । त्यहाँ गत ५ मार्चमा एकै दिन ३३ हजार ४०६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । यो संख्या ५ अप्रिलसम्म आइपुग्दा १२ हजार १७ मा झरेको तथ्यांक छ । त्यहाँ अहिले सक्रिय संक्रमितको संख्या एक लाखभन्दा बढी रहेको छ ।
युएईमा पछिल्लो समय दैनिक ३०० को हाराहारीमा संक्रमित भेटिने गरेको तथ्यांक । युएईमा हाल सक्रिय संक्रमितको संख्या १९ हजार ३५७ जना रहेको छ । साउदी अरबमा अहिले दैनिक थपिने संक्रमितको संख्या १०० को हाराहारीमा रहेको देखिन्छ । त्यहाँ सक्रिय संक्रमितको संख्या छ हजार ५४७ रहेको छ ।
यसैगरी कतारमा दैनिक करिब डेढ सयको संख्यामा संक्रमित थपिरहेको तथ्यांक छ । त्यहाँ एक हजार २९६ सक्रिय संक्रमित रहेका छन् । कुवेत, बहराइन, ओमानलगायत मुलुकमा पनि संक्रमणदर सामान्य बन्दै गएको वल्र्डोीमटर्सको तथ्यांकमा देखिन्छ ।