Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
  • #विश्व दृष्टि दिवस
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • ‘फ्रि भिसा, फ्रि टिकट’को व्यवस्थामा श्रममन्त्री असन्तुष्ट
‘फ्रि भिसा, फ्रि टिकट’को व्यवस्थामा श्रममन्त्री असन्तुष्ट
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, चैत २३, २०७८
Hardik health
काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीमा लागू गरिएको ‘फ्रि भिसा, फ्रि टिकट’को व्यवस्था परिमार्जन गर्ने संकेत गरेका छन् । सरकारले करिब छ वर्षअघि लागू गरेको यो व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै उनले उक्त व्यवस्था परिवर्तन गर्ने संकेत गरेका हुन् । २०७२ सालमा तत्कालीन श्रम राज्यमन्त्री टेकबहादुर गुरुङले ‘फ्रि भिसा, फ्रि टिकट’को नियम कार्यान्वयनमा ल्याएका थिए । उक्त समयमा कुन दृष्टिकोणबाट यस्तो व्यवस्था लागू गरिएको हो भनी वर्तमान श्रममन्त्री श्रेष्ठले अनभिज्ञता प्रकट गरेका हुन् । अहिलेको अवस्थामा यो व्यवस्था लागू गर्न नसकिने उनले बताएका छन् । ‘फ्रि भिसा, फ्रि टिकट’को नियमाअनुसार वैदेशिक रोजगार व्यवसायीले श्रमिकलाई विदेश पठाउँदा सेवा शुल्कबापत १० हजार रूपैयाँ मात्रै लिन पाउँछ । यो व्यवस्थाप्रति मन्त्रालयका अधिकारी र आफू स्वयं पनि असन्तुष्ट रहेको मन्त्री श्रेष्ठले बताएका हुन् । उनले यो व्यवस्था परिमार्जन गर्नुपर्ने आवश्यकता रहेको बताए । मन्त्री श्रेष्ठले नेपालमा रोजगारीका लागि वातावरण नबनेको अवस्थामा नेपाली श्रमिकलाई विदेश पठाउने भनी स्थापना गरिएको संस्थाले सरकारलाई रकम तिरेर सञ्चालन गरेको हुँदा वैदेशिक रोजगारी निःशुल्क गर्न नसिकने बताएका हुन् । सरकारले व्यवसाय सञ्चालन गर्नका लागि दर्ता नवीकरणदेखि धरौटीसमेत लिने गरेकाले निःशुल्क श्रमिक पठाऊ भन्न नसकिने उनको भनाइ छ । मन्त्री श्रेष्ठले नै असन्तुष्टि जनाएपछि यो व्यवस्था हटाउनुपर्ने माग गर्दै आएका व्यवसायीले राहत महसुस गरेका छन् । व्यवसायीहरूले लामो समयदेखि यो व्यवस्थाले आफूहरू मारमा परेको भन्दै विरोध जनाउँदै आएका थिए । उनीहरूले कम्तीमा पनि एक महिनाको पारिश्रमिक सेवा शुल्कका रूपमा लिन पाउनुपर्ने माग गर्दै आएका छन् । व्यवसायीहरू हरेक पटक मन्त्रालयमा मन्त्री, सचिव परिवर्तन हुँदा यो माग लिएर जानेका गरेका छन् । साथै, वैदेशिक रोजगार विभागका महानिर्देशक परिवर्तन हुँदा पनि व्यवसायीहरूले सोही माग प्रस्तुत गर्ने गरेका छन् । प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालका अध्यक्ष राजेन्द्र भण्डारीले सकारात्मक देखिएको बताए । यसले व्यवसायीको हित हुने उनको भनाइ छ । ‘१० हजार सेवा शुल्क लिने कुरा कसैले नपत्याउने विषय हो । यति सो शुल्कमा कसैले पनि श्रमिक पठाउनसक्ने अवस्था छैन,’ अध्यक्ष भण्डारीले भने । आफूहरूले सुरुदेखि नै एक महिनाको सेवा शुल्क लिन पाउनुपर्ने माग उठाउँदै आएको उनले बताए । सोहीअनुसार व्यवस्था भए व्यवसाय सञ्चालन गर्न सहज हुनुका साथै राज्यकोषमा राजस्वसमेत जम्मा हुने उनको भनाइ छ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका निर्वतमान सचिव मेघनाथ भुर्तेलले पनि ‘फ्रि भिसा, फ्रि टिकट’ हटाउने विषय स्वागतयोग्य भएको बताए । वर्तमान मन्त्री आउनुअघि नै आफूले यो विषय संसदीय समितिमा उठाएको उनले बताए । ‘अहिलेको मन्त्रीको धारणाअनुसार समयसापेक्ष रूपमा सेवा शुल्क परिमार्जन गर्नुपर्ने आवश्यकता छ । छिमेकी मुलुकको नजिरअनुसार गर्दा पनि हामी व्यवसायीलाई सहज हुन्छ,’ भुर्तेलले भने । नेपाल वैदेशिक रोजगार व्यवसायी एसोसियसनका अध्यक्ष नरेन्द्र ढकालले लामो समयदेखि सेवा शुल्क परिमार्जनका विषयमा पहल गर्दै आएको बताए । यसमा विभागीय मन्त्री सकारात्मक हुँदा परिमार्जन हुने आशा बढेको उनले बताए ।
प्रकाशित मिति: बुधबार, चैत २३, २०७८  ०८:०२
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ मंगलबार, असोज ७, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP