Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
  • #विश्व दृष्टि दिवस
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • ‘मौसमी श्रमिक’ लैजाने कोरियाको तयारी : स्थानीय तहको समन्वयमा लगिने
‘मौसमी श्रमिक’ लैजाने कोरियाको तयारी : स्थानीय तहको समन्वयमा लगिने
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, चैत २१, २०७८
Buildings In City Against Cloudy Sky
Hardik health
काठमाडौं– दक्षिण कोरियाले नेपालबाट मौसमी कामदार (श्रमिक) लैजाने प्रक्रिया अगाडि बढाएको छ । दुई देशका स्थानीय तहहरूको समन्वयमा मौसमी कामदार लैजाने तयारी गरिएको छ । रोजगारीका लागि आकर्षक गन्तव्य कोरियामा यसअघि इपिएस भाषा परीक्षा उत्तीर्ण गरेका श्रमिक मात्रै लगिँदै आएको थियो । तर, कामदार अभाव बढेपछि कोरियाले मौसमी कामदार लैजाने भएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेका अनुसार कोरियाले नेपालबाट चार हजार मौसमी श्रमिक लैजाने भएको छ । त्यहाँको कानुन तथा न्याय मन्त्रालयले तग जनावरीमै यसको लागि स्वीकृति दिइसकेको छ । मौसमी श्रमिक सीधै स्थानीय तहबाट लैजाने कोरियाको तयारी छ । कोरियाको न्याय मन्त्रालयले मौसमी श्रमिक लैजानेबारे नेपालसहित चार देशका प्रतिनिधिसँग छलफल गरी कानुन नै परिवर्तन गरेको जानकारी नेपालको श्रम मन्त्रालयलाई गराइसकेको छ । मौसमी श्रमिक पहिलो चरणमा कृषि र माछापालन तथा दोस्रो चरणमा निर्माण क्षेत्रमा लगिने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता घिमिरेले बताए । नेपाल कल्चर सेन्टर कोरियाको पहलमा नेपाललाई मौसमी श्रमिक लैजानेबारे कोरियाका ३० भन्दा बढी स्थानीय निकायबाट अनुरोध आएकोे जानकारी दिइएको छ । कल्चर सेन्टरका प्रतिनिधिले नेपालबाट मौसमी श्रमिक लैजानेबारे श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठलगायत सम्बन्धित अधिकारीसँग समेत यसअघि नै छलफल गरिसकेको जनाइएको छ । कोरियामा मौसमी कामदार पठाउने विषयमा श्रम मन्त्रालयले समेत प्रक्रिया अगाडि बढाएको छ । दुवै देशका स्थानीय तहबीच समझदारी भएपछि मात्र श्रमिक लैजाने/पठाउने निश्चित हुने बताइएको छ । कोरियाले मौसमी श्रमिक लैजान कहिलेबाट सुरु हुन्छ भन्ने अझै निश्चित भइसकेको छैन । मौसमी श्रमिकको रूपमा कोरिया जाने व्यक्तिले न्यूनतम साढे दुई लाखभन्दा माथि पारिश्रमिक पाउने बताइएको छ । उनीहरूको करार अवधि छ र नौ महिनाको हुनेछ । मौसमी श्रमिकले करारअवधिको रोजगार बिमा, स्वास्थ्यलगायत सुविधा इपिएसमार्फत जाने श्रमिकले जस्तै पाउने गरी कोरियाको सम्बन्धित निकायसँग छलफल भएको श्रम मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार कोरिया जाने मौसमी श्रमिकले आधारभूत कोरियाली भाषाको ज्ञान भने हासिल गरेको हुनुपर्छ । मौसमी रूपमा कोरियामा रोजगारी गर्न जाने श्रमिकको खर्च रोजगारदाताले नै बेहोर्नुपर्ने प्रस्ताव गरिएको मन्त्रालयले जनाएको छ । कोरियाले सन् २०२२ मा नेपालसहित थाइल्यान्ड, कम्बोडिया, भियतनामबाट मौसमी श्रमिक लैजाने बताइएको छ ।
प्रकाशित मिति: सोमबार, चैत २१, २०७८  ०७:५५
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ मंगलबार, असोज ७, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP