
काठमाडौं– मलेसियाले आङ्खना सबै अन्तर्राष्ट्रिय सीमा खुला गरेको छ । कोभिड–१९ का कारण झण्डै दुई वर्षदेखि बन्द रहेका सीमाहरू त्यहाँको सरकारले सोमबार अर्थात् १ अप्रिलदेखि खुला गरेको हो ।
बन्द रहेका सीमानाका खुला भएसँगै रोजगारीका लागि मलेसिया जान चाहनेहरूलाई पनि अब सहज हुने त्यहाँका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । सीमानाकाहरू खुला गरिएको भए पनि मलेसिया आउने व्यक्तिले ‘माइसेजातारा एप’मा आङ्खनो व्यक्तिगत विवरण भर्नुपर्ने बताइएको छ ।
मलेसियास्थित नेपाली दूतावासले पनि मलेसिया आउन चाहनेहरूलाई अनिवार्य रूपमा उक्त एपमा आङ्खनो विवरण भर्न, मलेसिया आइपुग्नु दुई दिनभित्रको पिसिआर परीक्षणको नेगेटिभ रिपोर्ट साथमा बोक्न अनुरोध गरेको छ । यसैगरी कोभिड–१९ विरुद्धको तीन मात्रा खोप लगाएकाहरूले मलेसिया पुगेपछि क्वारेन्टिनमा बस्नु नपर्ने भएको छ । तर, दुई मात्रा वा सोभन्दा कम खोप लगाएका व्यक्तिले भने पाँच दिन क्वारेन्टिन बस्नुपर्ने दूतावासले प्रस्ट पारेको छ ।