Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
  • #विश्व दृष्टि दिवस
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • एनआरएनए अध्यक्षमा कुँवर, संस्थापनपक्षले मान्यता नदिने
एनआरएनए अध्यक्षमा कुँवर, संस्थापनपक्षले मान्यता नदिने
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, चैत ११, २०७८
nrna
Hardik health
काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा विनोद कुँवर चयन भएका छन् । काठमाडौंको याक एण्ड यती होटलमा पूर्वअध्यक्ष शेष घलेपक्षले आयोजना गरेको १०औँ विश्व सम्मेलनले कु“वरलाई अध्यक्ष चयन गरेको हो । एनआरएनएभित्र जारी विवादबीच घलेपक्षले ८ चैतदेखि छुट्टै विश्व सम्मेलन गरेको थियो । कुमार पन्त नेतृत्वको कार्यसमितिले समयमा निर्वाचन गर्न नसकेपछि पूर्वअध्यक्ष घलेले विधानको अधिकार प्रयोग गरी विश्व सम्मेलन गराएका हुन् । घलेले कार्यसमिति विघटन भएको घोषणा गर्दै उपाध्यक्ष सोनु लामाको संयोजकत्वमा महाधिवेशन आयोजक समिति गठन गरेका थिए । सोही समितिले आयोजना गरेको विश्व सम्मेलनबाट कु“वरको नेतृत्वमा नया“ कार्यसमिति चयन गरिएको हो । तर, संस्थापनपक्षले भने यसलाई मान्यता नदिने बताएको छ । पन्त पक्षले यसअघि असन्तुष्ट बनेका कुल आचार्यसहितलाई समेटेर यही २६–२७ मार्च (१२–१३ चैत)मा विश्व सम्मेलन आयोजना गर्ने मिति घोषणा गरेको छ । घले समूहबाट अध्यक्षमा चयन भएका कुँवर दक्षिण कोरियामा व्यवसायमा संलग्न छन् । सन् २००६ देखि एनआरएनएमा लागेका उनी संस्थापक सदस्य हु“दै सन् २००९–११ मा कोरियाको अध्यक्ष भए । त्यसपछि एनआरएनए कोरियाको सल्लाहकारको रूपमा रहेका उनी सन् २०१३–१५ सम्मको कार्यकालमा फेरि अध्यक्ष चयन भएका थिए । २०१५–१७ मा आइसिसी सदस्य बनेका उनी २०१७–१९ को कार्यकालमा एसिया प्यासिफिक क्षेत्रको उपसंयोजक भएर काम गरेका थिए । पछिल्लो कार्यकाल २०१९–२१ मा भने उनी सोही पदमा पराजित भएका थिए । अध्यक्षमा चयन भएपछि उनले एनआरएनए विशुद्ध गैरराजनीतिक र सामाजिक संस्था भएकाले आफूले सोहीअनुसार भूमिका खेल्ने बताए । उनले एनआरएनहरूबीच अझै एकताको विकल्प नभएको बताउँदै त्यसका लागि आफूले पहल गर्ने प्रतिबद्धता जनाए । नवाैँ सम्मेलनले डेलिगेट चयनलगायतका विषयमा सुझबुझपूर्ण निर्णय गर्न नसक्दा अहिलेको अवस्था निम्तिएको उनको भनाइ छ । यो समूहको विश्व सम्मेलनबाट उपाध्यक्षमा थर्कबहादुर सेन, सुरेन्द्र सिग्देल, उमेशकुमार पुडासैनी, बाबुराम लामा चयन भएका छन् । महिला उपाध्यक्षमा भूमा लिम्बू चयन भएकी छन् । यस्तै महासचिवमा जानकी गुरुङ र सचिवमा जुनु गुरुङ निर्वाचित भएका छन् । कोषाध्यक्षमा डिलाराम खरेल, अमेरिका संयोजकमा कृष्ण पोखरेल, ओसियानामा केशव कँडेल र युरोप क्षेत्रीय उपसंयोजकमा उल्काप्रसाद घिमिरे चयन भएको निर्वाचन समितिले जानकारी दिएको छ ।
प्रकाशित मिति: शुक्रबार, चैत ११, २०७८  १०:५३
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ मंगलबार, असोज ७, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP