काठमाडौं– कोरियाले नेपालबाट चार हजार श्रमिक लैजाने भएको छ ।
कोरियाका स्थानीय निकायले त्यहाँको कृषि तथा माछापालन क्षेत्रमा देखिएको श्रमिक अभावलाई पूर्ति गर्नका लागि नेपालबाट चार हजार मौसमी कामदार लैजाने भएको हो ।
कोरियाले २०२२ को जनवरीदेखि लागू हुने गरी नयाँ नियम बनाएर नेपालबाट श्रमिक लैजान लागेको बताइएको छ । नेपालबाट मौसमी कामदार लैजाने विषयमा सहजीकरण गर्दै आएको नेपाल कल्चर सेन्टर कोरियाले त्यहाँको कानुन तथा न्याय मन्त्रालयले आयोजना गरेको सर्वपक्षीय बैठकमा सहभागी भइ नेपालको बारेमा जानकारी गराएको छ ।
कोरियाले यो वर्ष नेपालसहित थाइल्याण्ड, कम्बोडिया, भियतनामबाट यस्ता श्रमिक लैजाने भएको जनाएको छ । नेपाल कल्चर सेन्टर कोरियका निर्देशक ह्याङ्क्युले कोरियास्थित कानुन तथा मन्त्रालयले सन् २०२१ डिसेम्बर १४ गते प्रकाशित गरेको थियाे ।
साेहि सूचनाअनुसार कोरियामा कृषि तथा माछापालन क्षेत्रमा खेप्दै आएको श्रमिक अभावलाई कम गर्न मौसमी प्रणालीमा आधारित मौसमी कामदार माग गर्न यो वर्षको जनवरीदेखि नयाँ नियम लागू गरेको बताए ।