Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
  • #विश्व दृष्टि दिवस
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • वैदेशिक रोजगारीमा जाने घट्दै
वैदेशिक रोजगारीमा जाने घट्दै
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, चैत ७, २०७८
Hardik health
काठमाडौं– नेपालबाट वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या लगातार दोस्रो महिनामा पनि कमी आएको छ । चालू आर्थिक वर्षको सुरुवातदेखि नै लगातार घट्दै गएको विदेश जाने श्रमिकको संख्या माघ महिनाजस्तै फागुन महिनामा पनि कमी आएको हो । फागुन महिनामा नेपालबाट ५३ हजार ४५७ जनाले श्रम स्वीकृति लिएर विदेश गएको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाएको छ । यो संख्या अघिल्लो महिनाको तुलनामा एक हजार १३ जनाले कम हो । नेपालबाट माघ महिनामा भने ५४ हजार ४७० जनाले श्रम स्वीकृति लिएर विदेश गएको विभागको तथ्यांकले देखाएको छ । फागुन महिनामा नेपालबाट विभिन्न ८२ देशमा रोजगारीका लागि नेपाली श्रमिक गएको विभागको तथ्यांकले देखाएको छ । फागुन महिनामा रोजगारीका लागि सबैभन्दा धेरै साउदी अरब गएको तथ्यांकमा उल्लेख छ । विभागले जारी गरेको मासिक प्रगति प्रतिवेदनअनुसार श्रम स्वीकृति लिएर विदेश जाने नेपालीमा साउदीपछि कतार रहेको छ । फागुन महिनामा नेपालबाट १५ हजार ६३ जना नेपाली श्रम स्वीकृति लिएर रोजगारीका लागि कतार गएको विभागले जनाएको छ । त्यस्तै रोजगारीको अर्को प्रमुख गन्तव्य मुलुक युएईमा रोजगारीका लागि जाने नेपालीको संख्या ११ हजार ४९८ जना रहेको विभागको तथ्यांकले देखाएको छ । त्यस्तै कुवेत जनेको संख्या चार हजार ७५१ जना र बहराइन जाने नेपालीको संख्या एक हजार २६४ रहेको विभागले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ । यता, प्रमुख श्रम गन्तव्यका रूपमा रहे पनि केही समयअघि मात्रै खुला भएको मलेसिया जाने नेपालीको संख्या ९९१ जना रहेका छन् । यता ओमान जाने नेपालीको संख्या ७५८ जना रहेको विभागले जनाएको छ । त्यस्तै, रोजगारीका लागि युरोपमा भने सबैभन्दा बढी श्रमिक क्रोएसिया गएका छन् । फागुन महिनामा नेपालबाट क्रोएसिया जाने नेपालीको संख्या ६२२ जना रहेको विभागले जनाएको छ । पछिल्लो समय क्रोएसिया र रोमानिया जाने नेपालीको संख्या बढ्दै गएको देखिएको छ । फागुन महिनामा रोमानिय जाने नेपालीको संख्या ४३६ जना रहेको छ । चालू आर्थिक वर्षको सुरुदेखि बढेको संख्या पछिल्लो महिनादेखि लगातार घट्दा देशको आर्थिक क्षेत्रमा समेत नकारात्मक प्रभाव देखिने सम्भावना बढेको सरोकारवालाहरूले बताएका छन् । सबैभन्दा धेरै धनुषा र कम मनाङबाट फागुन महिनामा नेपालबाट रोजगारीमा जानेमध्ये सबैभन्दा बढी धनुषा जिल्लाका रहेका छन् भने सबैभन्दा कम मनाङ जिल्लाका रहेका छन् । एक महिनाको अवधिमा धनुषाबाट तीन हजार २५३ जना रहेको छन् भने मनाङबाट एक महिनामा चार जनाले रोजगारीका लागि विदेश जान श्रम स्वीकृति लिएको विभागले जारी गरेको प्रगति विवरणमा देखाएको छ । फागुन महिनामा धेरै श्रमिक विदेश जानेमा सिराहा दोस्रो स्थानमा रहेको छ । एक महिनाको अवधिमा सिराहाबाट दुई हजार ६२३ जना रोजगारीका लागि विदेशिएको विभागले जनाएको छ । त्यस्तै झापाबाट पनि एक महिनामा दुई हजारभन्दा बढी विदेश गएको देखिएको छ । त्यहा“बाट फागुन महिनामा दुई हजार ४७२ जनाले श्रम स्वीकृति लिएर विदेश गएका छन् । त्यस्तै महोत्तरीबाट दुई हजार ३१६ जना रोजगारीका लागि विदेश गएको विभागले जनाएको छ । यता मोरङबाट दुई हजार १२६ जना विदेश गएका छन् । एक महिनाको अवधिमा नवलपरासीबाट एक हजार ८६८, रूपन्देहीबाट एक हजार ६४१, सुनसरीबाट एक हजार ६३५, सर्लाहीबाट एक हजार ५८१ जना रोजगारीका लागि विदेश गएका छन् । त्यस्तै तनहु“बाट एक हजार ४२१, स्याङ्जाबाट एक हजार ३९४, सप्तरीबाट एक हजार ३७७, चितवनबाट एक हजार २५९, रौतहडबाट एक हजार ३२ र दाङबाट एक हजार १३ जना रोजगारीका लागि विदेश गएको तथ्यांकले देखाएको छ ।
प्रकाशित मिति: सोमबार, चैत ७, २०७८  ११:००
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ मंगलबार, असोज ७, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP