Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • औपचारिकता मात्र नबनोस् आचारसंहिता
औपचारिकता मात्र नबनोस् आचारसंहिता
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, चैत ६, २०७८
Hardik health
सरकारले आउँदो वैशाख ३० गतेका लागि स्थानीय तह निर्वाचन तोकेको छ । जसअनुसार ६ वटा महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका, ४६० गाउँपालिका र ६ हजार ७४३ वडामा निर्वाचन गर्नका लागि निर्वाचन आयोगले तयारी तीब्र बनाएको छ । राजनीतिक दलहरू पनि निर्वाचनकेन्द्रित अभियानमा जुटेका छन् । गाउँ गाउँ पुगेका छन् । सभा र भेलाहरू भइरहेका छन् । २०७२ सालमा संविधान जारी भएपछि दोस्रोपटक स्थानीय तहको निर्वाचन हुँदैछ । स्थानीय तहलाई स्थानीय सरकार÷गाउँका सिंहदरबार पनि भन्ने गरिन्छ । अधिकारका हिसाबले समेत स्थानीय तहलाई धेरै अधिकार सम्पन्न बनाइएको छ । त्यहीखालको संयन्त्रको विकास भएको छ । संघीयतालाई तल्लो तहसम्म अनुभूत गराउने काम वास्तवमा स्थानीय तहको नै हो । बितेका पाँच वर्षमा जनताले स्थानीय तहलाई आफ्नो सरकार रूपमा महसुस गरे वा गरेनन् त्यो अर्को बहसको विषय हो । तर, प्रजातान्त्रिक मुलुकका लागि आवधिक निर्वाचन लोकतन्त्रको सौन्दर्य हो । र, तोकिएकै मितिमा निर्वाचन गराउनु लोकतन्त्रप्रतिको प्रतिवद्धता पनि हो । यसबाट सरकार र आयोग विचलित नबनोस् । स्थनीय निर्वाचनका लागि निर्वाचन आयोगले हालै आचारसंहिता पनि स्वीकृत गरेको छ । र, आयोगले निर्वाचन कार्यतालिका पनि स्वीकृत गरेको छ । जसअनुसार आउँदो वैशाख ११ र १२ गते मनोनयन दर्ताको समय निर्धारण गरिएको छ । वैशाख १७ गते उम्मेदवारले चुनाव चिह्न पाउनेछन् । आयोगले बिहीबार राजपत्रमा प्रकाशित गरेको आचारसंहितामा वहालवाला जनप्रतिनिधिले फेरि उम्मेदवार बन्नुपरे राजीनामा दिनुपर्नेदेखि, चुनाव चिह्न अंकित टोपी, टिसर्ट प्रयोगलाई प्रतिबन्ध लगाउनेसम्मको व्यवस्था गरेको छ । त्यतिमात्र होइन सामाजिक सञ्जालमार्फत गरिने प्रचारप्रसारमा पनि आयोगले कडाइ गरेको छ । आचारसंहिताको दफा ३६ मा वहालवाला जनप्रतिनिधि र स्थानीय तह वा स्थानीय तहको स्वामित्व, नियन्त्रणमा रहेको वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा सुविधा/पारिश्रमिक लिने व्यक्तिको राजीनामा सम्बन्धी व्यवस्था गरिएको छ । आयोगले स्वीकृत गरेको आचारसंहिता अनुसार अहिले स्थानीय तहको नेतृत्वमा रहेका जनप्रतिनिधिले फेरि उम्मेदवार बन्ने भए त्यसअघि नै राजीनामा दिइसक्नुपर्नेछ । निर्वाचनमा सरकारी स्रोत साधनको दुरूपयोग हुनबाट रोक्न यस्तो व्यवस्था गरिएको आयोग बताउँछ । यति मात्र होइन आयोगले निर्वाचनमा उम्मेदवार बन्ने स्थानीय तहका पदाधिकारीका नाममा पेस्की बेरुजु भए अनिवार्य फछ्र्योट हुनुपर्ने समेत भनेको छ । आयोगले भनेजस्तै यी कुरा कार्यान्वयन भए साँच्चै सरकारी स्रोतको दुरूपयोग रोकिनेछ । निर्वाचनलाई निष्पक्ष र स्वतन्त्र बनाउन यस्ता कुराले सहयोगै पुग्छ । तर, इतिहासलाई स्मरण गर्दा सन्देह व्यक्त गर्नुपर्ने ठाउँ प्रशस्त छन् । आशा गरौं आयोगले इतिहासका नमीठा कुरालाई दोहो¥याउने छैन । विगतका निर्वाचनमा आचारसंहिता विपरीतका थुप्रै गतिविधि भए । त्यसमा आयोगले कारबाही गर्न नसकेको भनेर आलोचना पनि भए । त्यसकारण यसपटक आचारसंहिताको पूर्ण पालनामा आयोगले कडाइ गर्नेछ । र, राजनीतिक दल र उम्मेदवारले पनि यसको परिपालना गर्नेछन् भन्ने आमअपेक्षा छ । किनकी, आचारसंहिता पालना गर्ने÷गराउने दायित्व आयोगको मात्र होइन, राजनीतिक दल, उम्मेदवार, नागरिक समाज, सञ्चार जगत र आमनागरिक सबैको दायित्व हो । निर्वाचनलाई पादर्शी, स्वच्छ, निष्पक्ष बनाउनका लागि आचारसंहिताको जरुरी छ । त्यसकारण आयोगले जारी गर्ने आचारसंहिता औपचारिकतामा सीमित नरहोस् ।
प्रकाशित मिति: आइतबार, चैत ६, २०७८  ११:१५
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु शुक्रबार, कात्तिक २१, २०८२
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP