
काठमाडौं– कतारमा रहेको नेपाली दूतावासले विद्युतीय राहदानी लिन आउनका लागि अनुरोध गरेको छ । दूतावासमा निवेदन दिएका २५२ जनाको राहदानी तयार भएकाले लिन आउन आग्रह गरिएको हो ।
दूतावासमा १६ देखि २३ फ्रेबुअरीमा आवेदन दिएका व्यक्तिहरूको राहदानी तयार भएकाले विवरण भइरहेको दूतावासले जारी गरेको सूचनामा उल्लेख छ । राहदानी लिन आउँदा राजस्व तिरेको रसिद र पुरानो राहदानी लिएर दूतावासमा सम्पर्क गर्न सूचनामा भनिएको छ । अहिले फ्रेबुअरी २३ सम्मको राहदानी तयार भएको दूतावासले जनाएको छ । अरू राहदानीसमेत तयार हुने अवस्थामा रहेकाले पछि सूचना जारी गरिने दूतावासले जानकारी दिएको छ ।
यसअघि वितरण गर्ने भनिएका ४२५ राहदानी लिनका लागि सूचना जारी गरिएको र अझै पनि राहदानी दूतावासमा रहेकाले उनीहरूलाई पनि राहदानी लिन आउन अनुरोध गरिएको छ । दूतावासमा ६ देखि १५ फ्रेबुअरीसम्म आवेदन दिएका ४२५ जनाको राहदानी वितरण १६ फ्रेबुअरी २०२२ मा सूचना जारी गरी वितरण भइरहेकोले हालसम्म पनि राहदानी नलिएका व्यक्तिहरूले सम्पर्कमा आउन दूतावासले अनुरोध गरेको हो ।