Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
  • #विश्व दृष्टि दिवस
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • ‘वैदेशिक रोजगार क्षेत्रलाई व्यवस्थित बनाऔँ’
‘वैदेशिक रोजगार क्षेत्रलाई व्यवस्थित बनाऔँ’
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, चैत १, २०७८
DSC_0398
Hardik health
काठमाडौं– वैदेशिक रोजगार क्षेत्रलाई मर्यादित बनाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । मुलुकको आर्थिक मेरूदण्डको रूपमा रहेको यो क्षेत्रलाई सम्मानित पेसा बनाउनुपर्ने उनीहरूको भनाइ छ । सोमबार नेकपा एमालेनिकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालको पाँचौं अधिवेशनको उद्घाटनसत्रमा बोल्ने वक्ताहरूले यस्तो बताएका हुन् । एमालेका केन्द्रीय सदस्य तथा जनसंगठन समन्वय संयन्त्रका सहसंयोजक रचना खड्काले मुलुकको अर्थतन्त्रमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको बताइन् । ‘वैदेशिक रोजगारको क्षेत्र पुरानो हो, पहिलो विश्वयुद्धको समयमा लडाइँमा गएका लाहुरेबाट आएको पैसाले राणा शासन अन्त्य गर्नमा मदत पुर्‍याएको थियो । अहिले गाउँघरमा खरका छाना परिवर्तन गर्न रेमिट्यान्सले सहयोग पुर्‍याएको छ,’ उनले भनिन् । वैदेशिक रोजगारीमा भएका एक/दुई वटा नकारात्मक कुराको चर्चा धेरै हुँदा सकारात्मक पक्ष ओझेलमा परेको उनले बताइन् । विदेश गएको व्यक्तिले पुँजीसँगै सीप र श्रम गर्ने बानीसमेत साथमा लिएर आउने उनको भनाइ थियो । नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघका अध्यक्ष एलपी साँवाले वैदेशिक रोजगारीको क्षेत्रमा विगतदेखि रहेको समस्या आजसम्म पनि उस्तै रहेको बताए । ‘१६ वर्ष पहिले म वैदेशिक रोजगार व्यवसायी संघको नेतृत्वमा हुँदा देखिएका समस्या अहिले पनि रहेको छ, यसमा अझै सुधार आउन नसकेको अवस्था छ,’ उनले भने । व्यवसायीले हरेक पल गलत गर्दिनँ र धेरै तलब पाइने ठाउँमा श्रमिक पठाउँछु भन्ने भावना राखेर काम गर्नुपर्ने उनको सुझाव थियो । उद्योग व्यवसाय विशेष जिल्ला कमिटीका अध्यक्ष चन्द्र रिजालले राज्य समृद्ध बनाउनका लागि सबै क्षेत्रमा सुधारको आवश्यकता रहेको बताए । श्रमलाई सम्मान नगरी समृद्धि हासिल गर्न सम्भव नहुने उनको भनाइ छ । मञ्चका संस्थापक अध्यक्ष सरोजकुमार पोखरेलले राजनीतिक आस्थाभन्दा माथि उठेर व्यवसायीका लागि काम गर्नुपर्ने धारणा राखे । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका संयोजक विमलप्रसाद ढकालले व्यवसायीको समस्या समाधानका लागि पहल भइरहेको बताए । ‘मलाई निर्वाचन गर्ने जिम्मेवारी दिइएको हो, यो विषयमा म जानकार छु, र समयमै निर्वाचन हुन्छ,’ ढकालले भने । संघका पूर्वअध्यक्ष रोहण गुरुङले राज्यबाट व्यवसायीलाई दुःख दिने कार्य भएको भन्दै विरोध जनाए । आपूmहरूले सुरूदेखि नै १० हजारमा श्रमिक पठाउन नसक्ने बताएको उल्लेख गर्दै उनले प्रहरी लगाएर हत्कडी लगाउने सरकारको काम गलत भएको टिप्पणी गरे । अर्का पूर्वअध्यक्ष प्रेम कटुवालले व्यवसायीले एक महिनाको सेवा शुल्क लिन पाउनुपर्ने बताए । नेपाल वैदेशिक रोजगार महिला संघकी अध्यक्ष सीता देवकोटाले देशको आर्थिक मेरूदण्डका रूपमा रहेको व्यवसायलाई मर्यादित बनाउन सरकारले ध्यान दिनुपर्ने बताइन् । अहिले कठिन अवस्थामा व्यवसाय सञ्चालन गर्नुपर्ने अवस्था रहेको भन्दै राज्यले सहजीकरण गरिदिनुपर्ने उनको धारणा थियो । नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसियसनका अध्यक्ष नरेन्द्र ढकालले समयसापेक्ष रूपमा सेवा शुल्क परिर्वतन गर्नुपर्ने बताए ।
प्रकाशित मिति: मंगलबार, चैत १, २०७८  ०८:११
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ मंगलबार, असोज ७, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP