Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • संसद् अवरोध कहिलेसम्म ?
संसद् अवरोध कहिलेसम्म ?
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, फागुन ३०, २०७८
logo pravaw
Hardik health
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संघीय संसद्को दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभामा अवरोध गर्न थालेको छ महिनाभन्दा धेरै भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले विभेद्पूर्ण व्यवहार गरेको भन्दै एमालेले संसद् अवरोध सुरू गरेको थियो ।मुख्यतः पार्टीले कारबाही गरेका तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपालसहितका १४ सांसदलाई गरिएको कारबाही सभामुखले मान्यता नदिएकाले पार्टी फुटेको एमालेको आरोप छ । यसअघि नेकपा माओवादी केन्द्रले कारबाही गरेको सांसदको सूचना १४ घण्टा नबित्दै टाँस गरेका सभामुख सापकोटाले एमालेले कारबाही गरेका सांसदहरूको सूचना टा“स नगरेको र सोही कारण पार्टी फुटेको एमालेको आरोप छ । गत २३ भदौदेखि एमालेले लगातार संसद् बैठक अवरुद्ध गरिरहँदा पछिल्लो दुई बैठकमा सोही पार्टीका सांसद भीमबहादुर रावलले भने सहभागिता जनाएका छन् । उनले यसअघि १६ फागुनमा बसेको प्रतिनिधिसभाको बैठकमा अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) सँगको सम्झौता प्रस्तुत हु“दा छलफलमा भाग लिएका थिए । आइतबारको बैठकमा पनि सांसद रावलले सभामुखसँग समय लिएर संसदीय प्रक्रियामा भाग लिएका छन् । एमालेले संसद् बैठकमा अवरोध गरिरहँदा रावलले भने पार्टीको निर्णयविपरीत भाग लिन थालेका हुन् । संसद् सार्वभौमसत्ता सम्पन्न जनताका प्रतिनिधिहरूको छलफल गर्ने थलो हो । संसद् बैठकमा जनताका प्रतिनिधि(सांसद)हरूले जनताको विभिन्न पीरमर्काका विषयमा छलफलमात्र गर्दैनन्, सरकारलाई विभिन्न विषयमा सुझाव दिन्छन् । नेपालजस्तो संसदीय शासन प्रणाली भएको मुलुकमा संसद् एउटा महत्वपूर्ण अंग हो । संसद्ले विभिन्न कानुनहरूको निर्माण गर्ने गर्दछ । शक्ति पृथकीकरणको सिद्धान्तअनुसार संसद्ले कानुनको निर्माण गर्ने, न्यायपालिकाले त्यसको व्याख्या गर्ने र कार्यपालिकाले त्यसको कार्यान्वयन गर्ने गर्दछ । ती राज्यका तीन महत्वपूर्ण अंगहरूबीच समन्वयमात्र होइन, एक–अर्कालाई सन्तुलनमा राख्ने (चेक एण्ड ब्यालेन्स)को सम्बन्ध हुन्छ । तर, पछिल्लो समय संसद् बैठक लगातार अवरुद्ध भइरहँदा कानुन निर्माण गर्ने थलो मात्र नभइ जनताको विभिन्न समस्याका विषयमा छलफल गर्ने थलो बन्धक बनेको छ । लगातार संसद् बैठक अवरुद्ध भइरहँदा संसद् सचिवालयमा दर्ता भएको विभिन्न ४२ वटा विधेयक अघि बढ्न सकेको छैन । विभिन्न विधेयकहरू अघि बढ्न नसक्दा कतिपय नयाँ कानुन निर्माण हुन सकेका छैनन् भने, विद्यमान कानुन संशोधन हुननसक्दा कार्यसञ्चालनमा असहज भइरहेको छ । नेपाल नागरिकता ऐन संशोधन गर्न बनेको विधेयकलगायतका महत्वपूर्ण विधेयकहरू अघि बढ्न नसक्दा नागरिकता वितरणमै समस्या भइरहेको गुनासो आइरहेको छ । एमालेले तत्कालै संसद्मा जारी अवरोध खुलाउने सम्भावना देखिएको छैन । एमालेले सभामुख सापकोटाको राजीनामालाई प्रमुख सर्त बनाएको छ । तर, एमालेको मागअनुसार सभामुखले मार्गप्रशस्त गर्ने सम्भावना पनि देखिँदैन । यस्तो अवस्थामा संसद् निस्प्रभावी बन्ने देखिएको छ । एमालेले आफ्नो माग पूरा नभएसम्म वा अर्को निर्वाचनसम्म नै संसद् अवरुद्ध गर्ने स्थिति देखिएको छ । लामो समयसम्म लगातार नेपाली जनताको प्रतिनिधिमूलक संस्थालाई बन्धक बनाइराख्नु सही होइन । एमाले अहिले प्रतिपक्षमा भए पनि संसद्मा सबैभन्दा ठूलो दल हो । त्यसैले एमालेले अब जिम्मेवारीपूर्वक सोच्न जरूरी भएको छ । प्रतिपक्षी दलले सदन अवरूद्ध गरे पनि जवाफसरकारपक्षले नै दिनुपर्छ । यस अर्थमा सरकारपक्ष पनि यसमा जवाफदेही बन्नुपर्छ ।
प्रकाशित मिति: सोमबार, फागुन ३०, २०७८  ११:०८
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु शुक्रबार, कात्तिक २१, २०८२
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP