
काठमाडौं– नेपालबाट वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या बढ्दा पनि नेपालमा भित्रिने रेमिट्यान्स घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको सात महिनाको तथ्यांकअनुसार विदेशमा रहेका नेपालीले पठाउने रेमिट्यास ४.५ प्रतिशतले घटेको हो ।
समीक्षा अवधिमा पाँच खर्ब ४० अर्ब १२ करोड रूपैयाँ रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकको प्रतिदेवनमा उल्लेख छ । अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स १०.९ प्रतिशतले बढेको थियो । चालु आर्थिक वर्षको सात महिनामा श्रम स्वीकृति लिएर विदेश जाने नेपाली श्रमिकको संख्या दुई लाख १०२ जना रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ८५.४ प्रतिशतले घटेको थियो ।
अघिल्लो वर्ष कोरोना महामारीका कारण रोजगारदाता मुलुकले श्रमिक लैजान रोक लगाउँदा श्रमिकको संख्या घटेको बताइएको छ । तर चालु आर्थिक वर्षको सुरूदेखि नै अवस्था सामान्य हुँदै गएका कारण नेपालबाट रोजगारीका लागि जाने नेपाली श्रमिकको संख्यामा वृद्धि भइरहेको तथ्यांक छ ।