
काठमाडौं– रुसको आक्रमणमा परेको युक्रेनबाट चार जना नेपाली स्वदेश आइपुगेका छन् । भारत सरकारको सहयोगमा युक्रेनमा रहेका चार जना नेपाली शनिबार काठमाडौं आइपुगेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।
भारत सरकारले युक्रेनमा रहेका आङ्खना नागरिकलाई ‘अपरेसन गंगा’ कार्यक्रमअन्तर्गत स्वदेश फर्काउने क्रममा चार जना नेपालीलाई पनि उद्धार गरेर ल्याएको बताइएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली नागरिकलाई फिर्ता ल्याउन सहयोग गरेकोमा ट्विटरमार्फत् भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र भारत सरकारलाई धन्यवादसमेत दिएका छन् ।
रुस र युक्रेनबीचको युद्धका कारण अहिले विभिन्न देशले युक्रेनमा रहेका आङ्खना नागरिकको उद्धार गरी स्वदेश फर्काइरहेका छन् । तर नेपाल सरकारले भने अहिलेसम्म नेपालीको उद्धारका लागि कुनै पहल गरेको छैन । युक्रेनबाट अहिलेसम्म पाँच सय ८४ जना नेपाली बाहिरिएको बताइएको छ । यसबाहेक युक्रेनमा नेपाली नागरिक भए÷नभएकोबारे तथ्यांक नभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । उद्धार गरिएका नेपालीहरू युक्रेनसँग जोडिएका विभिन्न देशमा पुगेको जानकारी दिइएको छ ।