Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • उपभोक्ताको स्वास्थ्यमा संवेदनशील बन
उपभोक्ताको स्वास्थ्यमा संवेदनशील बन
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, फागुन २७, २०७८
logo pravaw
Hardik health
उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गर्दै अखाद्यवस्तुको बिक्रीवितरण गर्ने प्रतिष्ठित व्यापारिक घरानाहरूको संलग्नता पुष्टि हुँदासमेत कारबाही नहुनु दुःखद् कुरा हो । उपभोक्ताको हित संरक्षणको जिम्मेवारी पाएको सरकारी निकायले बेलाबेला औपचारिकताका लागि मात्र अनुगमन गर्ने गरेको आरोप लाग्दै आएको छ । त्यो आरोप मात्र होइन, व्यवहारमा पनि त्यही वास्तवकिता देखिन्छ । उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर गर्ने अखाद्य, म्याद गुज्रिएका तथा विभिन्न केमिकल मिसाइएका खाद्यवस्तु बिक्री गर्ने व्यवसायीमाथि कारबाही गर्न नसक्नु सरकारको कमजोरी हो । अनुगमनबाट दोषी पुष्टि भइसकेका व्यवसायीलाई यसरी छुट दिनु साँच्चिकै उदेकलाग्दो कुरा हो । यसले सरकार जनस्वास्थ्यप्रति कति जिम्मेवार छ भन्ने देखाउ“छ । सरकारी निकायबाट हुने अनुगमन र कारबाही प्रभावकारी नहु“दा यस्ता व्यवसायमा संलग्न व्यवसायीहरूले ठूलो लाभ लिइरहेका छन् । तर, सरकारलाई बुझाउनुपर्ने करमा छली गर्ने त्यही व्यवसायीका कारण राज्यले राजस्व गुमाउनुपरिरहेको छ ।सरकार जनस्वास्थ्यप्रति जिम्मेवार बन्ने हो भने अखाद्य वस्तु बिक्री गरिरहेका व्यवसायीहरूलाई तत्काल कारबाही गर्नुपर्छ । अनुगमन र कारबाही गर्ने निकायलाई चुस्त र प्रभावकारी बनाउनुपर्छ । तर, ती सरकारी निकायकै कर्मचारी ठूला व्यवसायीहरूको प्रभावमा पर्ने गरेको आरोप लाग्दै आएको छ । कारबाही गर्नुको सट्टा उल्टै तिनै व्यवसायीसँग मिलेमतो गरी छुट प्रदान गर्ने आरोप केही हदसम्म सत्य हो कि भन्ने कुराको पुष्टि उनीहरूमाथि कारबाही नहुनुले गर्छ । व्यवसायीहरूले सरकारी कर्मचारीलाई आफ्नो प्रभावमा पारेर अखाद्यवस्तुको निर्वाध बिक्री वितरण गर्न पाएसँगै यस्तो विकृतिले थप विस्तार हुने अवसर पाएका छन् । जसको प्रत्यक्ष मार उपभोक्ताले भोग्नुपरेको छ ।पभोक्तावादी संघसंस्थाहरूले अखाद्य वस्तु कारोबारमा संलग्न व्यवसायीहरूलाई कारबाही गर्न माग गर्दै आएका छन् । तर, उनीहरूले पनि यो अभियानलाई सशक्त बनाउन सकेका छैनन् । जसकारण सरकारी निकायबाट कालाबजारीमा संलग्न व्यवसायीमाथि कारबाही भएको देखिँदैन । स्वच्छ खाना र स्वस्थ भइ बाँच्ने जनताको अधिकार हो । संविधानले नै किटान गरिदिएको अधिकारबाट सर्वसाधारण वञ्चित हुनुपरेको छ । उल्टो गैरकानुनी रूपमा अखाद्यवस्तुको व्यापार मौलाउँदै गएको छ । यसप्रति सरकार गम्भीर बन्नैपर्छ । उपभोक्ताको स्वास्थ्यमा खेलवाड गर्ने व्यवसायीमाथि कारबाही हुनुपर्छ । उनीहरूको यस्तो व्यवसाय बन्द गराउन सरकारले प्रभावकारी कदम चाल्न आवश्यक छ । स्वास्थ्य जस्तो संवेदनशील विषयमा खेलवाड गर्ने व्यवसायीको अमानवीय कार्य खेद्जनक छ । यो व्यावसायिक आचारसंहिता, सिद्धान्त, मूल्यमान्यताविपरीत कार्य हो भन्ने ती व्यवसायीले पनि बुझेका छन् । तर, पैसाकै लागि यी सबै कुराको बेवास्ता गरिरहेका छन् । यसले उनीहरूको अमानवीयता र असंवेदनशीलतालाई प्रस्ट पारेको छ । व्यवसायको नाममा जनस्वास्थ्यमाथि खेलवाड गर्ने जोसुकैलाई छुट दिनु उचित हुँदैन । त्यसैले यस्ता क्रियाकलाप तत्काल नियन्त्रणमा लिनु राज्यको कर्तव्य हो । यसमा सरकार र सरोकारवाला निकायको ध्यानाकर्षण होस् ।
प्रकाशित मिति: शुक्रबार, फागुन २७, २०७८  ११:३०
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु शुक्रबार, कात्तिक २१, २०८२
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP