
काठमाडौं– गृह मन्त्रालयले भिजिट भिसामा विदेश गएर अलपत्र हुने अवस्था रोक्न भिसामा कडाइ गरिएको जानकारी दिएको । खाडीका देशहरूमा भिजिट भिसामा गएर अलपत्र पर्ने समस्या समाधानका लागि पर्यटक भिसामा कडाइ गरिएको मन्त्रालयले जनाएको छ ।
‘पर्यटक भिसा लिएर वैदेशिक रोजगारीमा जानेको संख्या बढ्दै जाँदा उता पुगेर अलपत्र पर्ने क्रम पनि बढेकोले भिसामा कडाइ गर्नुपरेको हो,’ मन्त्रालयको भनाइ छ । विदेशमा काम पाउने आशमा भिजिट भिसामा गएर अलपत्र परेको गुनासो आउन थालेपछि मन्त्रालयले भिजिट भिसामा कडा सर्त पालना गर्नुपर्ने व्यवस्था गरेको हो ।
गृहको यो कदमको आलोचनासमेत भइरहेको छ । तर, गृह मन्त्रालयले भने यी सर्तहरू नेपाली नागरिकको सुरक्षाका लागि भएको स्पष्ट पारेको छ । मन्त्रालयका अनुसार विदेश जाने नेपाली नागरिकलाई अलपत्र नपार्न सीमित प्रावधान बनाउनुपरेको हो ।