Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • महाअभियोग प्रक्रियामा एमालेको रणनीति
महाअभियोग प्रक्रियामा एमालेको रणनीति
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, फागुन २४, २०७८
logo pravaw
Hardik health
सत्तारुढ दलका सांसदहरूले प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गर्दा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले चर्को विरोध जनाएको थियो । एमालेले उक्त प्रस्तावविरुद्ध ‘काउण्टर महाअभियोग’ ल्याउनेसमेत बताएको थियो । तर, एमाले त्यसतर्फ अगाडि बढेन । आइतबार प्रतिनिधिसभाले प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्तावलाई अगाडि बढाउँदा एमालेले साथ दियो । आइतबार बसेको प्रतिनिधिसभाको बैठकले प्रधानन्यायाधीश जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावमाथि छानबिन गर्न ११ सदस्यीय छानबिन तथा सिफारिस समिति गठन गरेको छ । समितिमा एमालेबाट विष्णु पौडेल, लालबाबु पण्डित, शिवमाया तुम्बाहाम्फे र कृष्णभक्त पोखरेल सदस्य छन् । यस्तै नेपाली कांग्रेसका मीनबहादुर विश्वकर्मा र रामबहादुर विष्ट, माओवादी केन्द्रबाट यशोदा सुवेदी र रेखा शर्मा, नेकपा एकीकृत समाजवादीकी कल्याणी खड्का, लोकतान्त्रिक समाजवादी पार्टीका एकवाल मियाँ तथा जनता समाजवादी पार्टी प्रमोद साहलाई समितिको सदस्यको जिम्मेवारी दिइएको छ । सर्वोच्च अदालतको आदेशबाट दोस्रोपटक संसद् पुनःस्थापित भएपछि निरन्तर संसद् बैठक अवरोध गर्दै आएको एमालेले पनि उक्त समितिका लागि आफ्नो तर्फबाट नाम दिएको हो । यही १ फागुनमा सत्ता गठबन्धनका ९८ जना सांसदले महाअभियोग प्रस्ताव दर्ता गराएका थिए । उनको कार्यक्षमता र आचारणसम्बन्धी प्रश्न उठाउँदै उक्त प्रस्ताव दर्ता गरिएको थियो । संसद्मा महाअभियोग प्रस्ताव दर्ता भएसँगै प्रधानन्यायाधीश जबरा पदबाट निलम्बित भएका छन् । प्रस्तावमा जबरामाथि २१ वटा आरोप लगाइएको छ । उक्त आरोपमाथिको छानबिन अब समितिले गर्नेछ । छानबिनपछि आएको प्रतिवेदनलाई समितिले छलफलका लागि संसद्मा पेस गर्नेछ । संविधानमा भएको व्यवस्था अनुसार प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग प्रस्ताव पारित हुन तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको दुईतिहाइ मत आवश्यक पर्छ । २७५ सदस्यीय प्रतिनिधिसभामा अहिले २७१ सांसद् मात्रै छन् । त्यसैले हाल कायम रहेको कूल संख्याको दुईतिहाइ अर्थात् १८१ सांसद उक्त प्रस्तावको पक्षमा उभिए महाअभियोग प्रस्ताव पारित हुनेछ । महाअभियोग प्रस्ताव पारित हुन नसकेको खण्डमा प्रधानन्यायाधीश जबरामाथिको निलम्बन स्वतः फुकुवा हुनेछ, र उनी पुनः सर्वोच्चमा फर्कने छन् । प्रतिनिधिसभामा एमालेका ९८, नेपाली कांग्रेसका ६३ (दुई जना निलम्बित), माओवादी केन्द्रका ४९ (एक जना सभामुख), एकीकृत समाजवादीका २३, जनता समाजवादीका २० (एक जना निलम्बित) र लोकतान्त्रिक समाजवादी पार्टीका १४ (एक जना निलम्बित) सांसद् रहेका छन् । यस्तै राष्ट्रिय जनमोर्चा, नेमकिपा र राप्रपाका एक/एक जना तथा एक जना स्वतन्त्र सांसद रहेका छन् । संसद्को यो अंकगणितअनुसार एमाले पक्षमा नउभिएसम्म महाअभियोग प्रस्ताव पारित हुन सक्दैन । महाअभियोग प्रस्तावको विरोध जनाउँदै आएको एमाले यसलाई अगाडि बढाउने प्रक्रियामा सहभागी हुनुलाई विभिन्न कोणबाट व्याख्या गरिएको छ । महाअभियोगलाई छिटो प्रक्रियामा लगेर असफल बनाउने पक्षमा एमाले लागेको हुनसक्ने आकलन गरिएको छ । अन्यथा, काउण्टर महाअभियोगको धम्की दिँदै आएको एमाले यो प्रक्रियामा सहभागी हुने थिएन । महाअभियोग पास/फेल गराउने निर्णायक भूमिकामा एमाले रहेको छ । सत्ता गठबन्धन वा प्रतिपक्षी एमाले, जो जुन पक्षमा लागे पनि न्यायालयको सुधार मुख्य केन्द्रमा हुन जरूरी छ । राजनीतिक हस्तक्षेपबाट विश्वास गुमाउँदै गएको न्यायालयलाई स्वतन्त्र रूपमा चल्न दिनुपर्छ । प्रधानन्यायाधीश जबरामाथि लागेको आरोपको यथार्थ छानबिन गरी संसद्ले चाँडो पार लगाउन आवश्यक छ । यसमा सत्तागठबन्धन र प्रतिपक्षी दुवै जिम्मेवार बन्न आवश्यक छ ।
प्रकाशित मिति: मंगलबार, फागुन २४, २०७८  १२:१९
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु शुक्रबार, कात्तिक २१, २०८२
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP