Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
  • #विश्व दृष्टि दिवस
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • ‘थ्री आर’ परियोजनाबाट २८ हजार श्रमिक लाभान्वित
‘थ्री आर’ परियोजनाबाट २८ हजार श्रमिक लाभान्वित
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, फागुन २४, २०७८
logo pravaw
Hardik health
काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सञ्चालन गरेको ‘थ्री आर’ (‘सहायता, स्वदेश फिर्ता र पुनःस्थापना’) प्रोजेक्ट (परियोजना)मार्फत् करिब २८ हजार श्रमिक लाभान्वित भएका छन् । संघअन्तर्गतको वैदेशिक रोजगार तथा कल्याणकारी विभागले अन्तर्राष्ट्रिय दातृ निकायसँगको सहकार्यमा विदेशमा अलपत्र नेपालीका लागि सञ्चालन गरेको उक्त परियोजनाबाट २७ हजार ९५६ जना श्रमिक लाभान्वित भएका हुन् । संघले अन्तर्राष्ट्रिय श्रम संगठन आइएलओको १० करोड आर्थिक सहयोगमा उक्त परियोजना सञ्चालन गरेको थियो । सन् २०२० को अगस्टदेखि सुरू भएको परियोजना २०२२ को फेब्रुअरीसम्म चलेको संघले जानकारी दिएको छ । उक्त अवधिमा ती श्रमिकहरूले लाभ लिएका हुन् । यस परियोजना अवधिभर २८ हजार ५५७ नेपाली सूचीकृत भएको कार्यक्रमका संयोजकसमेत रहेका संघका उपाध्यक्ष डा.बद्री केसीले बताए । सूचीकृत भएकामध्ये २७ हजार ९५६ जनालाई सहयोग उपलब्ध गराइएको उनले बताए । यस परियोजनामार्फत् खाना तथा बासको व्यवस्था, घर फिर्तीका लागि आंशिक हवाई टिकट, कानुनी सहायता, पिसिआर परीक्षण, मानसिक स्वास्थ्य परामर्शमा सहयोग पुर्‍याइएको एनआरएनएले जनाएको छ । परियोजनामार्फत् १२ हजार ५१७ जनालाई मानसिक परामर्श सेवा उपलब्ध गराइएको बताइएको छ । यस्तै विभिन्न कारणले कागजातविहीन भएका पाँच हजार २५० श्रमिकलाई डकुमेन्टेसनमा सहयोग पुर्‍याइएको तथा तीन हजार ६९४ जनालाई खाना र बस्नको व्यवस्था गरिएको एनआरएनएले जानकारी दिएको छ । यस्तै, ५३१ जनालाई कानुनी सहायता उपलब्ध गराइएको संघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । समस्यामा परेका नेपाली श्रमिकमध्ये घर फिर्तीका लागि ७४९ जनालाई पिसिआर तथा ९८७ जनालाई आंशिक हवाई टिकटको व्यवस्था गरिएको संघले जनाएको छ । त्यस्तै यो अवधिमा संघले विभिन्न देशमा कैदी जीवन बिताइरहेका २३४ जना नेपालीलाई जेलमुक्त गराएर स्वदेश फिर्ता ल्याउन सफल भएको दाबी छ । दूतावासको समन्वयमा जरिवानाबापतको रकम तिरेर उनीहरूलाई जेलमुक्त गरिएको संघले जनाएको छ । त्यस्तै देशअनुसार यस परियोजनामार्फत् साउदी अरबबाट सात हजार ६५६, कतारमा छ हजार ९८५, मलेसियामा चार हजार १७०, युएईमा तीन हजार ४६५, कुवेतमा ९०, ओमनमा ३४, बहराइनमा ३३, कम्बोडियामा २२, र रसियामा दुई जनाले सहयोग पाएको जनाइएको छ । यसै परियोजना अन्तर्गत रसियाबाट नेपाली श्रमिक महिला र उनको दुधे बालिका तथा युएईबाट जुम्ल्याहा दुधे बालिका र उनकी आमालाई उद्धार गरिएको संघले जानकारी दिएको छ ।  
प्रकाशित मिति: मंगलबार, फागुन २४, २०७८  ०९:०१
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ मंगलबार, असोज ७, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP