
काठमाडौं– युएईमा महिलामाथि दुव्र्यवहार गरेको पाइए आर्थिक जारिवानासँगै कैद सजाय हुने भएको छ । युएईको सार्वजनिक अभियोजन कार्यालयले बोली वा कुनै पनि क्रियाकलापबाट सार्वजनिक स्थल वा सडकमा महिलालाई दुव्र्यवहार गर्नेमाथि एक वर्षभन्दा बढी कैद र १० हजार दिह्राम जरिवाना सजाय हुने जनाएको हो ।
युएईको संघीय कानुन २०२१ को ३१ नम्बरअन्तर्गत धारा ४१२ ले यस्तो कार्य गर्नेलाई एक वर्षभन्दा बढी कैद वा १० हजार दिह्राम जरिवाना वा दुवै सजाय तोकेको त्यहाँका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । यस्तै महिलाको नक्कली भेष धारण गरेर महिलाको लागि आरक्षित स्थानमा जाने व्यक्तिलाई पनि सोही धाराअनुसारको सजाय हुने बताइएको छ ।
महिलाको भेषमा महिला आरक्षित ठाउँमा पुरुषलाई निषेध गरिएको र त्यस्तो क्षेत्रमा गएको पाइएमा पनि कैद र आर्थिक जरिवाना हुने समाचारमा उल्लेख गरिएको छ । युएई मलिाको सुरक्षाका लागि बलियो कानुन भएको राष्ट्रका रूपमा मानिन्छ । त्यहाँ महिलामाथि हुने दुव्र्यवहारविरुद्ध थप कडाइ गरेको समाचारमा जनाइएको छ ।