Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • निर्वाचनमा सत्ता गठबन्धनको अलमल
निर्वाचनमा सत्ता गठबन्धनको अलमल
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, फागुन २३, २०७८
logo pravaw
Hardik health
सत्तारुढ दलका नेताहरूको पछिल्लो अभिव्यक्तिले स्थानीय तहको निर्वाचन घोषित मितिमा नहुने हो कि भन्ने आशंका पैदा गरेको छ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले शुक्रबार पार्टीको केन्द्रीय समिति बैठकमा एमालेले संसद् अवरोध जारी राखेकोले ‘अर्ली इलेक्सन’ हुनसक्ने ब्रिफिङ गरे । यस्तै अर्को सत्तारुढ दल नेकपा एकीकृतसमाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले पनि तीनै तहको निर्वाचन एकैपटक गर्ने गरी सत्ता गठबन्धनमा छलफल भइरहेको बताएका छन् । उनीहरूको यो भनाइले स्थानीय तहको निर्वाचन घोषित मितिमा नहुने आशंका पैदा भएको हो । सरकारले ३० वैशाखमा एकै चरणमा गर्ने गरी स्थानीय तह निर्वाचनको मिति घोषणा गरेको छ । स्थानीय तहको निर्वाचन मिति घोषणास“गै निर्वाचन आयोगले तयारीलाई तीव्रता दिएको छ । आयोगले दल दर्तादेखि निर्वाचन सामग्री खरिदको प्रक्रियासमेत अगाडि बढाएको छ । आयोगको तयारी हेर्दा स्थानीय तहको निर्वाचन सरकारद्वारा घोषित मिति (३० वैशाख २०७९)मा नै हुने आश गर्न सकिन्छ । तर राजनीतिक दलहरूको तयारी त्यतातर्फ देखिँदैन । यता, सर्वोच्च अदालतमा निर्वाचन रोक्न माग गर्दै रिट दर्ता भएको छ । यसले पनि घोषित मितिमा निर्वाचन हुनेमा आशंका उत्पन्न गराएको छ । ०७४ सालमा निर्वाचन हुँदा मधेश प्रदेशमा तेस्रो चरणमा (२ असोज ०७४)मा निर्वाचन भएको थियो । निर्वाचनको मिति घोषणा भएपछि महोत्तरीको भँगाहा नगरपालिकाका प्रमुख सञ्जीवकुमार साहले आफूहरूले पा“च वर्षको पूर्ण कार्यकाल काम गर्न पाउनुपर्ने मागसहित सर्वोच्चमा रिट दर्ता गराएका छन् । सुरूमा सर्वोच्च अदालत प्रशासनले रिट निवेदन दरपीठ (दर्ता गर्न नमिल्ने आदेश) गरेको थियो । पछि, न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले रिट दर्ता गर्न आदेश दिएको थियो । यदि, सर्वोच्च अदालतले उक्त रिटको पक्षमा फैसला सुनायो भने स्थानीय तह निर्वाचन स्वतः ६ महिना पछाडि धकेलिने देखिन्छ । यता प्रमुख राजनीतिक दलहरू पनि वैशाखमै निर्वाचन गराउने पक्षमा देखिँदैनन् । यसअघि सत्ता गठबन्धनमा आबद्ध दलहरूले संविधान र निर्वाचन कानुन बाझिएको भन्दै मिति पछि धकेल्न खोजेका थिए । तर, विपक्षी दललगायतको दबाबपछि सत्ता गठबन्धनका दलहरूबीच जेठभित्रै निर्वाचन गर्न सहमति जुटेको थियो । त्यही सहमतिका आधारमा सरकारले वैशाखमा निर्वाचन गर्ने मिति तय गरेको थियो । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने चाँडो निर्वाचन होस् भन्ने पक्षमा छ । हाल अधिकांश स्थानीय तहका जनप्रतिनिधि आफ्नो पार्टीका भएकाले एमाले निर्वाचनमा जान हतारिएको हो । वर्तमान सत्ताको नेतृत्वकर्ता नेपाली कांग्रेस मध्यमार्गमा देखिन्छ । बाहिरी रूपमा कांग्रेस वैशाखमै निर्वाचन सम्पन्न गर्नुपर्ने पक्षमा लागेको देखिन्छ । तर, भित्री चाहना निर्वाचन पछाडि धकेल्ने रहेको बुझिन्छ । एमालेले नेतृत्व गरेका स्थानीय तहहरू खाली गराएर निर्वाचन गर्दा अनुकूल हुने कांग्रेसको बुझाइ छ । यता नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले निर्वाचन सकेसम्म ढिला होस् भन्ने चाहेका छन् । आफ्नो पक्षमा माहोल बनाउन यी दुई दल चाँडो निर्वाचन गराउने पक्षमा छैनन् । निर्वाचन घोषणापछि पनि दलहरूको तयारी सुस्त देखिन्छ । संसद् विघटन गरेर एकैपटक निर्वाचन गर्ने सत्ता गठबन्धनको संकेत राम्रो होइन । त्यसैले स्थानीय तह निर्वाचन घोषित मितिमै गर्नुपर्छ । यसका लागि दलहरूमाथि दबाब सिर्जना गर्न आवश्यक छ ।
प्रकाशित मिति: सोमबार, फागुन २३, २०७८  १२:४०
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु शुक्रबार, कात्तिक २१, २०८२
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP