Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • विवाद र अलमलमा माओवादी केन्द्र
विवाद र अलमलमा माओवादी केन्द्र
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, फागुन २२, २०७८
logo pravaw
Hardik health
प्रायः आन्तरिक विवाद भइरहने सत्तारूढ दल नेकपा माओवादी केन्द्रभित्र फेरि विवाद उठेको छ । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी)सँगको सम्झौता संसद्बाट अनुमोदनसँगै आन्तरिक माओवादी विवादमा फसेको हो । पार्टी निर्णयविपरीत एमसिसी अनुमोदनको पक्षमा उभिएको भन्दै पार्टीभित्र माओवादी नेतृत्वको चर्को आलोचना भइरहेको छ । यही विवादका बीच शुक्रबारबाट सुरू भएको केन्द्रीय समिति बैठकमा पनि यसले निरन्तरता पायो । वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले एमसिसी पास गराउन सहयोग गरेकोमा विरोध जनाए । पार्टीका प्रमुख सचेतक देव गुरुङ, प्रवक्ता कृष्णबहादुर महरा, नेताहरू गिरिराजमणि पोखरेल र लिलामणि पोखरेलले एमसिसी सम्झौता राष्ट्रघाती भएको भन्दै बैठकमा लिखित असहमति पेस गरे । बैठक आइतबार पुनः बस्दै छ । एमसिसी सम्झौताको विपक्षमा उभिने निर्णय गरेर त्यसको विरोध गर्दै आएको उक्त पार्टी पछि एमसिसी अनुमोदनको पक्षमा उभिएको थियो । सरकारले एमसिसी सम्झौता अनुमोदनको प्रस्ताव संसद्मा टेबुल गर्दा माओवादी केन्द्रले विरोध जनाएको थियो । माओवादी संसदीय दलले संसद्मा एमसिसीको विपक्षमा मतदान गर्ने निर्णय गरेको थियो । माओवादी अध्यक्ष दाहालले सरकारले जबरजस्ती एमसिसीको प्रस्ताव अगाडि बढाएको भन्दै विरोध जनाएका थिए । तर, पछि सत्ता गठबन्धन जोगाउन भन्दै ‘व्याख्यात्मक घोषणा’सहित एमसिसी पारित गराउने पक्षमा माओवादी नेतृत्व उभिएको थियो । त्यसपछि अध्यक्ष दाहालले एमसिसीमाथि उठेका प्रश्नहरू निवारण भएको दाबी गर्दै आएका छन् । एमसिसी सम्झौता राष्ट्रको हितमा नरहेको दाबी गर्दै आएका वरिष्ठ नेता श्रेष्ठ लगायतले ‘व्याख्यात्मक विश्लेषण’को अर्थ नरहने बताउँदै आएका छन्, उनले शुक्रबारको बैठकमा पनि सोही कुरा दोहो¥याए । अध्यक्ष दाहालले भने सत्ता गठबन्धन जोगाउनका लागि ‘व्याख्यात्मक घोषणा’सहित एमसिसी पारित गराउन सहमत हुन बाध्य भएको प्रस्टीकरण दिए । अध्यक्ष दाहालले माओवादी परिमार्जनविना एमसिसी पास गर्ने पक्षमा नभए पनि गठबन्धनलाई जोगाउनका लागि व्याख्यात्मक घोषणा गर्न सहमत भएको स्पष्ट पारे । साथै, नेकपा एमाले र उक्त पार्टीका अध्यक्ष केपी शर्मा ओलीको चाहना गठबन्धन भत्काउनेतर्फ केन्द्रित भएकाले त्यसलाई रोकिएको उनको दाबी थियो । माओवादी बैठकको कार्यसूचीमा पार्टीका नेताहरूको पद विभाजन लगायतका विषय पनि अटाएको छ । पुस ११–१८ मा महाधिवेशन सम्पन्न गरेको माओवादीले अध्यक्षबाहेकको पदमा पदाधिकारी टुंग्याउन सकेको छैन । उपचारका लागि विदेशमा रहेका वर्षमान पुन स्वदेश फर्किएपछि पदाधिकारी छनोट गर्ने बताइएको थियो । तर, एमसिसीकै कारण मुलुकको राजनीति तातिएपछि माओवादी केन्द्रले उक्त प्रक्रिया स्थगित गरेको थियो । यसरी आन्तरिक विवादमा फसेको माओवादी केन्द्र आगामी ३० वैशाखका लागि घोषित स्थानीय तह निर्वाचनको तयारीमासमेत गर्न सकेको छैन । त्यसो त माओवादी निर्वाचन पछाडि धकेल्न लागिपरेको बताइन्छ । उसको व्यवहारले पनि यस्तै देखाइरहेको छ । पटक–पटक आन्तरिक विवादमा फसिरहने, पार्टी विभाजन हुनेलगायत प्रवृत्तिका कारण माओवादीको जनमत कमजोर बन्दै गएको छ । जसकारण पनि ऊ तत्काल निर्वाचन चाह“दैन भन्ने बुझिन्छ । सत्ता गठबन्धनको एक प्रमुख दलको हैसियतमा रहेको पार्टीले अब पनि स्थानीय निर्वाचनको विषयमा अलमल गरेर मुलुकको राजनीतिलाई अस्थिर बनाउनु हुन्न । यसतर्फ माओवादी नेतृत्वको ध्यान जान आवश्यक छ ।
प्रकाशित मिति: आइतबार, फागुन २२, २०७८  ११:०५
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु शुक्रबार, कात्तिक २१, २०८२
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP