Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
  • #विश्व दृष्टि दिवस
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • कोरिया पुनः खुला हुँदैै
कोरिया पुनः खुला हुँदैै
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, फागुन १८, २०७८
download (1)
Hardik health
काठमाडौं– रोजगार अनुमति प्रणाली (इपिएस)मार्फत् दक्षिण कोरिया जानका लागि छनोट भएका युवाका लागि पुनः प्रवेश खुला हुने भएको छ । कोरोना संक्रमणको जोखिमका कारण माघको दोस्रो सातादेखि रोकिएको प्रवेश २३ फागुनदेखि पुनः खुला गरिने भएको हो । वैदेशिक रोजगार विभागका अनुसार २३ फागुुनका दिन इपिएसमार्फत् दक्षिण कोरियामा रोजगारीका लागि छनोट भएर पनि जान नपाएकामध्येबाट २३६ जना एकैपटक कोरिया प्रस्थान गर्ने भएका छन् । त्यस दिन यसअघि रोकिएकासहित ९८ नियमित र १३८ प्रतिबद्ध श्रमिक कोरिया जाने विभागले जनाएको छ । कोरोनाका कारण रोकिएको कोरिया रोजगारीमा कोरियाले इपिएसमार्फत् कोरिया गइ चार वर्ष १० महिना काम गरेर समयभित्रै फर्केका नेपालीहरूलाई पहिलो प्राथमिकतामा राखेर श्रमिक लगिरहेको छ । विभागका अनुसार अब उडान खुला भएसँगै नियमित र प्रतिबद्ध दुवै तरिकाबाट कोरिया जान छनोट भएका युवा कोरिया प्रवेश गर्न पाउने बताइएको छ । कात्तिकदेखि सुरू भएको दक्षिण कोरिया उडानमा अधिकांश प्रतिबद्ध श्रमिकहरू मात्रै कोरिया गइरहेको अवस्थामा अब दुवै समूहका श्रमिक जान पाउने जनाइएको छ । विभागअन्तर्गतको इपिएस कोरिया शाखाका अनुसार नियमिततर्फका करिब सात हजार र प्रतिबद्ध श्रमिकतर्फ तीन हजार गरी १० हजार श्रमिक कोरिया जान छनोट भएका छन् । यीमध्ये एक हजार ७१ श्रमिक कोरिया गइसकेको र बाँकी अझै जाने प्रतिक्षामा रहेको बताइएको छ । दक्षिण कोरिया जानका लागि सबै प्रक्रिया पूरा गरेका बाँकी युवालाई सक्दो छिटो दक्षिण कोरिया लैजाने विषयमा कोरियाको मानव संसाधन विभाग (एचआरडी) का अधिकारीहरूसँग कुराकानी भइरहेको बताइएको छ । यस विषयमा उनीहरू पनि सकारात्मक देखिएको बताइएको छ । नेपाली श्रमिकको कामप्रति कोरियाको सरकार सन्तुष्ट रहेकाले कोरियाका लागि छनोट भएका नेपाली श्रमिक अबको समयमै कोरियाको रोजगारीमा जान पाउने विश्वास गरिएको छ । कोरियन पक्षसँगको छलफका क्रममा नेपालमा कोरोनाको जोखिम कम भएकाले नेपालबाट कोभिड–१९ परीक्षण गरेर कोरिया प्रवेश गरेका युवालाई पुनः परीक्षण गरेर सीधै कम्पनीमा पठाउन पनि प्रस्ताव गरिएको जनाइएको छ । यस विषयमा पनि कोरिया सकारात्म रहेको बताइएको छ । कोरिया जाने श्रमिकले कोत्भिड–१९ विरुद्धको खोप कार्ड वा क्यूआर कोड प्रमाणपत्रको प्रतिलिपि र दक्षिण कोरिया पुगेपछि १० दिन आङ्खनै खर्चमा अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने नियम राखिएको छ । त्यसका लागि अवश्यक पर्ने आर्थिक खर्च श्रमिक आफैंले बेहोर्नुपर्ने जनाइएको छ । क्वारेन्टिनमा प्रतिदिन एक लाख २० हजार कोरियाली वनका दरले आवश्यक पर्ने १२ लाख वन अर्थात् एक लाख १९ हजार रूपैयाँ श्रमिक स्वयंले बेहोर्नुपर्ने जनाइएको छ ।
प्रकाशित मिति: बुधबार, फागुन १८, २०७८  ०८:४५
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ मंगलबार, असोज ७, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP