Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
  • #विश्व दृष्टि दिवस
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • युक्रेनबाट नेपालीको उद्धार गर्न संयन्त्र गठन
युक्रेनबाट नेपालीको उद्धार गर्न संयन्त्र गठन
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, फागुन १६, २०७८
logo pravaw
Hardik health
काठमाडौं– रुसले युक्रेनमाथि आक्रमण गरेपछि चर्किएको द्वन्द्वमा फसेका नेपालीहरूको उद्धार गर्न उच्चस्तरीय संयन्त्र गठन गरिएको छ । शनिबार गैरआवासीय नेपाली संघ (एनआरएनए)को आयोजनामा भएको अन्तक्र्रियामार्फत् जर्मनीका लागि नेपाल राजदूत रामकाजी खड्काको अध्यक्षतामा संयन्त्र गठन गरिएको जानकारी दिइएको छ । एनआरएनएका युरोपस्थित राष्ट्रिय समितिहरू समेत रहेको उक्त संयन्त्रको संयोजकमा एनआरएनएका उपाध्यक्ष डा. बद्री केसी (रुस) रहेका छन् । संयन्त्रको सदस्य सचिवमा डा. चिरञ्जीवी खड्का (चेक रिपब्लिक) तथा सदस्यहरूमा जीवन केसी (पोल्याण्ड), हरिबहादुर मल्ल (युक्रेन), शिवकुमार भुर्तेल (रुस), जयप्रसाद शिवाकोटी (स्लोभाकिया), नवराज पोखरेल (रोमानिया), सुरेन्द्र श्रेष्ठ (हंगेरी), यदुराम पन्थी (चेक रिपब्लिक), मिलन पन्त (जर्मनी) र प्रेस संयोजकमा चिरन शर्मा (यूके) रहेका छन् । द्वन्द्वग्रस्त क्षेत्रमा रहेका नेपालीहरूका लागि आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउन डा. बोधराज सुवेदीको संयोजकत्वमा एक उपसमिति गठन गरिएको छ । अन्तक्र्रियामा राजदूत खड्काले युक्रेन र रुसको द्वन्द्वबाट प्रभावित दुई सय २० जना नेपाली दूतावासको सम्पर्कमा आएको बताएका छन् । उनले ती नेपालीहरूको सहयोगका लागि दूतावासले नेपाल सरकार, स्थानीय संघसंस्थाहरूसँग समन्वय गरिरहेको बताए । एनआरएनएका अध्यक्ष कुमार पन्तले द्वन्द्वग्रस्त मुलुक युक्रेनमा रहेका नेपालीलाई नआत्तिन आग्रह गरे । कार्यक्रममा एनआरएनएका उपाध्यक्ष डा. केसीले द्वन्द्वग्रस्त युक्रेनबाट नेपालीको उद्धार प्रक्रिया सुरु भइसकेको बताए । उनले सीमा क्षेत्रमा एक दर्जनभन्दा बढी एनआरएनएका स्वयंसेवक परिचालन गरिसकिएको जानकारी दिए । संघअन्तर्गतको वैदेशिक रोजगार तथा कल्याणकारी विभागका संयोजकसमेत रहेका डा. केसीलाई एनआरएनएले युक्रेनमा समन्वयको जिम्मेवारी दिइएको छ । कार्यक्रममा एनआरएनए युक्रेनका अध्यक्ष हरि मल्लले युक्रेनमा रहेका नेपालीहरूको अवस्थाबारे जानकारी दिएका थिए । अन्तक्र्रियामा सीमा क्षेत्रमा थप स्वयंसेवक परिचालन गर्ने, नेपाल फर्किन चाहनेहरूका लागि हवाई टिकटको लागि समन्वय गर्ने, सीमा क्षेत्रमा आएका नेपालीलाई खाना बस्नको व्यवस्था गर्ने, कानुनी परामर्शको लागि एनआरएनए राष्ट्रिय समिति परिचालन, उद्धारका लागि स्थानीय रूपमा संयन्त्र गठन गर्ने, स्वयंसेवकहरूका लागि आवश्यक परिचयपत्र प्रदान गर्ने, आर्थिक संकलन गर्ने जस्ता गतिविधि तत्काल अघि बढाउन उच्चस्तरीय समितिलाई आग्रह गरेको छ । युक्रेनको द्वन्द्व प्रभावित नेपालीहरूलाई पोल्याण्ड, हंगेरी, रोमानिया, माल्डावा र स्लोभाकियाको सीमामार्फत् उद्धार थालिएको छ । हालसम्म नेपाली दूतावास जर्मनी र एनआरएनएसँग चार सय जना नेपाली सम्पर्कमा आएको जानकारी दिइएको छ ।
प्रकाशित मिति: सोमबार, फागुन १६, २०७८  ०८:२४
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ मंगलबार, असोज ७, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP