
काठमाडौं -सरकारले वैदेशिक रोजगारीमा जाने कामदारहरुको पिसीआर परीक्षण नि:शुल्क गर्ने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार स्तरीय निर्णय गर्दै निःशुल्क पिसीआर परीक्षणको व्यवस्था गरेको हो ।
संविधानको धार ५१ अन्तर्गत नागरिकलाई स्वास्थ्य परिक्षण सेवा सर्वसुलभ पार्ने र मौलिक हक प्रत्याभूति दिने अभिप्रायले यस्तो निर्णय गरेको मन्त्रालयले गरेकाे जनाएकाे छ ।
मन्त्रालयका अनुसार शुक्रराज ट्रपिकल अस्पताल टेकु, वीर अस्पताल र केन्द्रीय जनस्वास्थ्य प्रयोगशालाबाट मात्रै श्रमिकहरुका लागि नि:शुल्क पिसीआर परीक्षण हुनेछ ।
तर, त्यसका लागि वैदेशिक रोजगारीमा जाने निश्चित भएको कागजात भने पेश गर्नुपर्ने मन्त्रालयले बताएकाे छ । यसभन्दा अगाडी सरकारी अस्पताल तथा प्रयोगशालामा पीसीआर परीक्षण गर्दा ८ सय रुपैंया लाग्ने गर्दथ्यो ।