Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • दीर्घकालीन व्यवस्थापनमा विलम्ब
दीर्घकालीन व्यवस्थापनमा विलम्ब
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, फागुन ११, २०७८
Hardik health
काठमाडौं उपत्यकाबाट निस्कने फोहर व्यवस्थापन विगतदेखि नै समस्या बन्दै आएको छ । उपत्यकाको फोहर नुवाकोटको सिसडोलमा व्यवस्थापन गरिँदै आएकोमा बेलाबेला स्थानीयबासीको अवरोधले हप्तौंसम्म फोहर नउठ्ने समस्या दोहोरिरहन्छ । अहिले पुनः त्यही समस्या आएको छ । एक साताभन्दा बढी समययतादेखि काठमाडौं उपत्यका र आसपासका स्थानीय तहको फोहर उठ्न सकेको छैन । फोहर उठ्न नसक्दा यहाँ दुर्गन्ध फैलिएको छ ।यसपटकपनि स्थानीयबासीको अवरोधले फोहर उठ्न नसकेको हो । स्थानीयबासीले पासाङल्हामु राजमार्ग निर्माणमा ढिलाइ भएको भन्दै सडक आवागमन अवरुद्ध गरेका छन् । जसकारण सिसडोलसम्म फोहर बोेकेका गाडीहरू जान नसक्ने भएपछि फोहर उठाउने कार्य बन्द भएको हो । फोहर बोकेका गाडीहरू १ फागुनदेखि सिसडोलसम्म पुग्न सकेका छैनन् । काठमाडौं उपत्यकासहित आसपासका १८ स्थानीय तहको फोहर उठ्न सकेको छैन । जसको परिणाम यहाँका बासिन्दाले फोहरको दुर्गन्ध बेहोर्नुपरेको छ ।काठमाडौं महानगरपालिकाले स्थानीयबासीको अवरोध हटाउनका लागि संघीय सरकारसँग अनुरोध गरेको बताएको छ । महानगरपालिकाले उक्त सडक निर्माणको जिम्मा संघीय सरकारको भएकाले त्यसमा सहजीकरण गरेर फोहर व्यवस्थापन गर्ने वातावरण निर्माण गर्न सरकारको ध्यानाकर्षण गराइसकेको जनाएको छ । महानगरपालिकाले सडक विभागलाई सडकको काम तत्काल पूरा गरी स्थानीयवासीको अवरोध हटाइदिन माग गरेको छ । तर, स्थानीयबासीले सडक अवरुद्ध पारेको १० दिनसम्म संघीय सरकारले खुलाउनका लागि प्रभावकारी पहल गर्न सकेको छैन ।मुलुकको राजधानीसमेत रहेको उपत्यकामा फोहर व्यवस्थापनको समस्या समाधान गर्न नसक्नु सरोकारवाला निकायको कमजोरी हो । अहिले स्थानीयबासीले अवरोध गर्नुका कारण् बनेको पासाङल्हामु राजमार्गकोनिर्माण कार्य ०७० सालदेखि सुरू गरिएको थियो । उक्त राजमार्ग अहिलेसम्म बन्न नसक्दा यो समस्या उत्पन्न भएको हो । त्यहाँ पटकपटक स्थानीयवासीले आन्दोलन गरेकाले फोहर विसर्जनमा अवरोध हुँदै आएको छ । सडक बनाउने जिम्मेवारी संघीय सरकारको भन्दै महानगरपालिकाले हारगुहार गरिरहेको छ । सडक बनाउने जिम्मा पाएको निकायबाट तत्काल यसको सुनुवाइ नगर्नु पूर्णतः गैरजिम्मेवारीपूर्ण देखिन्छ । समयमा राजमार्गको काम नगर्ने ठेकेदारलाई कारबाहीको दायरामा ल्याउन नसक्नु सरोकारवाला निकायको कमजोरी हो । सिसडोलमा फोहर व्यवस्थापन गर्ने ठाउँ भरिँदै गएपछि बञ्चरेडाँडामा दीर्घकालीन फोहर व्यवस्थापनस्थल निर्माण सुरू गरेको पनि वषौं भइसक्यो । तर निर्धारित समयमा काम सम्पन्न नहुँदायो समस्या दोहोरिने गरेको छ । समयमा नै बञ्चरेडाँडा तयार भएको अवस्थामा सिसडोलको अवरोधले उपत्यकाको फोहर व्यवस्थापनमा समस्या हुने थिएन । सरोकारवाला निकाय यसबारे जानकार भए पनि निर्माण कार्यलाई गति दिन सकेको छैन । राजमार्ग र बञ्चरेडाँडाको फोहर व्यवस्थापन केन्द्र निर्माणमा भएको ढिलाइले राजधानीवासीको स्वास्थ्यमा गम्भीर जोखिममा पारेको छ । भर्खरै कोरोना भाइरसको महामारी कम भएको अवस्थामा उपत्यकामा थुप्रिएको फोहरका कारण थप संक्रामक रोग फैलने खतरा बढेको स्वास्थ्यविज्ञहरूले चेतावनी दिएका छन् । जाडो मौसम सकिन लागेको र गर्मीको सिजन सुरु हुन लागेकाले विभिन्न सरुवा रोको प्रकोप फैलने जोखिम रहिरहेकै बेला काठमाडौं उपत्यकामा फोहर थुप्रिदा स्वास्थ्यसम्बन्धी समस्या थपिनसक्ने जोखिम बढ्न उनीहरूको भनाइ छ । त्यसैले उपत्यकाबासीको स्वास्थ्यमा जोखिम निम्त्याउने फोहर व्यवस्थापनमा सरोकारवाला निकायको ध्यान जानुपर्छ । पटक–पटक दोहोरिने यो समस्याको दीर्घकालीन समाधानका लागि सरकारले तत्काल प्रभावकारी कदम चालोस् ।
प्रकाशित मिति: बुधबार, फागुन ११, २०७८  ११:४१
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु शुक्रबार, कात्तिक २१, २०८२
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP