Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
  • #विश्व दृष्टि दिवस
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • महिला घरेलु श्रमिकले पुनः फर्कन पाउने
महिला घरेलु श्रमिकले पुनः फर्कन पाउने
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, फागुन ११, २०७८
Hardik health
  काठमाडौं– सरकारले विभिन्न मुलुकमा घरेलु कामदारका रूपमा रहेका नेपाली महिला श्रमिकलाई स्वदेश आएर पुनः फर्कन पाउने सुविधा दिने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले घरेलु कामदारको परूमा मलेसिया तथा खाडी मुलुकमा रहेका महिला श्रमिकलाई स्वदेश आएर पुनः सोही काममा फर्कन स्वीकृत दिने भएको हो । यसअघि घरेलु कामदारका परूमा रहेका महिलालाई नेपाल आएपछि पुनः विदेश फर्कन पाउने अनुमति थिएन । नेपाल आएपछि रोजगारी गुम्ने डरले कतिपय महिला श्रमिक परिवार भेट्न नेपाल आउन सकेका थिएनन् । मन्त्रीस्तरीय निर्णयमार्फत् घरेलु कामदारलाई पुनः श्रम स्वीकृति प्रदान गर्ने व्यवस्था मिलाएको मन्त्रालयले जानकारी दिएको छ । खाडीलगायत मुलुकमा नेपाली महिलालाई घरेलु कामदारका रूपमा जान प्रतिबन्धलगायतका कारण वर्षौंदेखि ती देशमा काम गरिरहेका महिलाले पुनः रोजगारीमा जान नपाउने डरका कारण बिदामा घर आउन सकेका थिएनन् । वैदेशिक रोजगारीमा घरेलु कामदार पठाउने निर्देशिका, ०७२ को दफा २३ बमोजिम बाधा अड्काउ फुकाउने अधिकार प्रयोग गरी श्रममन्त्री कृष्णकुमार श्रेष्ठले अप्ठ्यारोमा परेका महिलालाई पुनः श्रम स्वीकृति प्रदान गर्ने निर्णय गराएका हुन् । वैदेशिक रोजगारीमा घरेलु कामदार पठाउने निर्देशिकाअनुसार बनेको समन्वय समिति र मन्त्रालयले गठन गरेको अध्ययन समितिले पनि प्रतिबन्ध लाग्नुभन्दा पहिल्यैदेखि नै ती मुलुकमा घरेलु कामदारका रूपमा काम गरिरहेका र पछि अवैधपरूमा गएका महिलाहरू परिवार भेट्न नेपाल आउन नसकेको भन्दै उनीहरूको पक्षमा निर्णय गर्न सिफारिस गरेको थियो । प्रतिबन्ध नलाग्दै खाडी पुगेका तथा पछि अवैध बाटोबाट गएका घरेलु कामदार रोजगारदाताको व्यवहार र कमाइ राम्रो भए पनि नेपाल फर्केपछि श्रम स्वीकृति नपाउने भएकाले आउन सकेका थिएनन् । पहिलेकै रोजगारदातास“ग सम्झौता नवीकरण गरी बिदामा स्वदेश आइ फर्कने वा पहिलेकै रोजगारदातासँग सम्झौता नवीकरण गरी रोजगारीमा जाने महिलालाई कानुनी सर्त पूरा गरेर पुनः श्रम स्वीकृति दिने र सम्बन्धित देशको नियोग र वैदेशिक रोजगार कार्यालयले उनीहरूको छुट्टै अभिलेख राख्ने व्यवस्था गरिएको छ । खाडीलगायत देशमा महिला कामदार पठाउन प्रतिबन्ध लगाएयता महिला अनौपचारिक मार्ग प्रयोग गरी विदेशिने गरेका छन् । जसले गर्दा उनीहरूलाई जबरजस्ती श्रम र बेचविखनजस्ता जोखिममा पारेको छ । प्रतिबन्धका कारण महिलाहरू सुरक्षित हुनेभन्दा थप जोखिममा परेको मन्त्री श्रेष्ठको भनाइ छ । अवैधरूपमा गएका महिलाको कुनै अभिलेख नहुनु, शोषण, बेचविखन तथा ठूलो संख्यामा श्रम गन्तव्य मुलुकमा अलपत्र परेका छन् । २० चैत ०७३ मा व्यवस्थापिका–संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले खाडी र अन्य मुलुकमा घरेलु कामदार पठाउन पूर्णरूपमा प्रतिबन्ध लगाउन निर्देशन दिएको थियो । सोही निर्देशनका आधारमा सरकारले घरेलु कामदार पठाउन प्रतिबन्ध लगाएको थियो ।
प्रकाशित मिति: बुधबार, फागुन ११, २०७८  ११:३८
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ मंगलबार, असोज ७, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP