Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • एमसिसीको फैसला अब संसदबाट
एमसिसीको फैसला अब संसदबाट
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, फागुन ९, २०७८
Hardik health
लामो रस्साकस्सीपछि सरकारले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) स“गको अनुदान सम्झौता अनुमोदनका लागि संसद्मा टेबुल गरेको छ । सांसद्हरूको विरोधका बीच आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा सरकारले एमसिसी अनुमोदनको प्रस्ताव टेबुल गरेको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसिसी टेबुल गर्दा नेकपा एमालेलगायत विपक्षी दल र सत्ता गठबन्धनकै सांसदहरूले विरोध गरेका थिए । उनीहरूले एमसिसीको विरोधमा नारावाजीसमेत गरे ।आइतबार बिहान बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकमा एमसिसी टेबुल गर्ने सहमति भएको थियो । तर, सत्तारुढ दलहरूबीच एमसिसी अनुमोदन गर्ने विषयमा अझै एकमत बन्न सकेको छैन । एमसिसी टेबुल भएसँगै अब पास हुनेमा सत्तारूढ गठबन्धनको नेतृत्वकर्ता नेपाली कांग्रेस ढुक्क देखिन्छ । कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले संसद् भवनबाट बाहिरिने क्रममा एमसिसी पास हुने बताए । तर, सत्ता गठबन्धनका अन्य दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले आफूहरू एमसिसी अनुमोदनको पक्षमा नरहेको अडान पुनः दोहो¥याएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले समाजिक सञ्जालमा लेख्दै आफ्नो पार्टी एमसिसीको विपक्षमा उभिने प्रस्ट पारेका छन् । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमसिसी पास गर्न आफ्नो पार्टीको समर्थन नरहने बताएका छन् । संशोधन नगरी पास गर्न नहुने अडान राख्दै आएको एकीकृत समाजवादीले शनिबार संसद्मा टेबुल गर्न भने सहमति दिने निर्णय गरेको थियो । यता, संसद् अवरोधलाई जारी राखेको प्रमुख पतिपक्षी दल नेकपा एमालेले एमसिसीमा आफ्नो कुनै भूमिका नरहने बताएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार एमाले सांसदहरूसँगको छलफलमा सभामुखका कारण आफूहरू संसदीय प्रक्रियामा नरहेकोले यसमा आफूहरूको भूमिका नरहने बताएका हुन् । एमसिसी सम्झौता अनुमोदनको प्रस्ताव संसद्मा दर्ता भएको ३२ महिनापछि बल्ल प्रतिनिधिसभामा टेबुल भएको छ । तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले ३० असार २०७६ मा उक्त प्रस्ताव संसद सचिवालयमा दर्ता गराएका थिए । त्यसपछि सत्तारूढ दल नेकपाभित्रै विवाद भएपछि एमसिसी अनुमोदनको प्रस्ताव अगाडि बढ्न सकेन । एमसिसीको विषयले राष्ट्रिय राजनीति गिजोलिरह्यो । एमसिसीविरुद्धको आवाज बढ्दै गयो । सर्वोच्च अदालतले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रोपटक विघटन गरेको संसद् पुनःस्थापना गर्दै शेरबहादुर देउवा नेतृत्वमा सरकार गठन गर्न परमादेश दियो । पाँच दलीय गठबन्धनसहित देउवा नेतृत्वको सरकार बनेपछि एमसिसी अनुमोदनको प्रस्ताव पुनः अघि बढाइयो । नेपाली कांग्रेस जसरी पनि एमसिसीलाई अगाडि बढाउन लागिप¥यो । माओवादी केन्द्र दोहोरो भूमिकामा देखिए । एकीकृत समाजवादीले विपक्षमा अडान राखिरह्यो । जनता समाजवादीले प्रस्ट धारणा दिन सकेन । तर, डा. बाबुराम भट्टराईले एमसिसी पास हुनुपर्ने पक्षमा आफ्नो धारणा राखिरहे । सत्ता गठबन्धनको अर्को दल राष्ट्रिय जनमोर्चाले भने एमसिसी अस्वीकार गर्नुपर्ने अडान छाडेन । यसबीच प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष दाहालले एमसिसीलाई पत्र लेखेर संसद्बाट अनुमोदन गर्ने प्रतिबद्धता जनाएको समाचार बाहिर आयो । अमेरिकी सहायक विदेशमन्त्रीले तीन दलका शीर्ष नेतालाई टेलिफोन गरेर एमसिसी पास गर्न दबाबसमेत दिए । त्यसपछि झन् यो विषयले राष्ट्रिय राजनीति तातियो । सरकार जसरी पनि संसद्मा टेबुल गर्ने पक्षमा लाग्यो ।अन्ततः एमसिसी संसद्मा टेबुल भएको छ । सडक र सदनमै विरोध भइरहँदा टेबुल भएको यो विषय टुंगो लगाउने जिम्मेवारी अब सार्वभौम संसद्को हातमा पुगेको छ । विद्युत् प्रसारणलाइन र सडक पूर्वाधार विकासका लागि अमेरिकाले दिने करिब ५५ अर्ब रूपैयाँको अनुदान लिने या नलिने भन्ने विषय अब चाँडै संसद्बाट निर्णय हुनेछ । तर निर्णय जे भए पनि मुलुक पक्षमा होस्, र हुनुपर्छ ।
प्रकाशित मिति: सोमबार, फागुन ९, २०७८  ११:२६
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु शुक्रबार, कात्तिक २१, २०८२
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP