Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • खोप अभियानमा लापारबाही गर्नेलाई छुट नदेऊ
खोप अभियानमा लापारबाही गर्नेलाई छुट नदेऊ
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, फागुन ६, २०७८
Hardik health
कोभिड–१९ को महामारी नियन्त्रणका लागि सरकारले निःशुल्क खोप अभियान सञ्चालन गर्दै आएको छ । १४ माघ २०७७ बाट लक्षित वर्ग निर्धारण गरी खोप वितरण सुरू गरिएको थियो । विभिन्न दातृ राष्ट्र र निकायबाट अनुदानस्वरूप प्राप्त तथा आफैं खरिद गरेर सरकारले निःशुल्क खोप वितरण गरिरहेको छ । यसरी खोप वितरण गर्ने क्रममा करिब २४ लाख डोज खोप हराएको भन्दै प्रश्न उठेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गएको १६ माघमा एक छानबिन समिति गठन ग¥यो । मन्त्रालयका प्रमुख विशेषज्ञ डा. गुणराज लोहनीको संयोजकत्वमा गठित छानबिन समितिले मंगलबार स्वास्थ्यमन्त्री विरोध खतिवडालाईप्रतिवेदन बुझाएको छ । समितिले खोप अभियानमा गम्भीर लापरबाही भएको निष्कर्षसहितको प्रतिवेदन बुझाएको हो । समितिले हराएको भनिएको २४ लाख डोजभन्दा बढी खोप रहेको निष्कर्ष निकालेको छ । प्रतिवेदनमा चार लाख ५५ हजार तीन सय ५५ डोज खोप बढी भेटिएको उल्लेख छ ।यसमा खेर गएको भनिएको ५६ हजार नौ सय आठ डोज खोप जोड्दा पाँच लाख १२ हजार दुई सय ६३ डोज खोप बढी देखिएको छ । प्रतिवेदनअनुसार नेपालले अहिलेसम्म चार करोड ५७ लाख आठ हजार ६४० मात्रा खोप प्राप्त गरेकोमा तीन करोड ३८ लाख २६ हजार ३३० मात्रा खोप लगाएको छ । त्यस्तै सरकारसँग एक करोड २३ लाख ३७ हजार ६६५ मात्रा खोप मौज्दात रहेको प्रतिवेदनमा उल्लेख छ । समान्यतया १० जनाका लागि पुग्ने भाइलको खोप ११ जनासम्मलाई दिँदासमस्या आएको प्रतिवेदनको निष्कर्ष छ ।‘प्राप्त सबै विवरणलाई विश्लेषण गर्दाचार लाख ५५ हजार तीन सय ५५ मात्रा खोप बढी देखिन्छ । विभिन्न स्थानहरूमा गरिएको स्थलगत अवलोकन, अन्तरक्रिया, सन्दर्भ सामग्रीको अध्ययन गर्दा १० मात्राको भाइलमा ११ जनालाई लगाएको समेत देखिन्छ,’ प्रतिवेदनमा भनिएको छ । समितिले सार्वजनिक सूचना जारी गरी सातवटै प्रदेश, ७७ जिल्ला र ७५३ वटै स्थानीय तहलाई खोपको मौज्दात विवरण पठाउन निर्देशन दिएको थियो । तोकिएको समयमा विवरण नपठाएपछि पुनः म्याद गर्दै सार्वजनिक सूचना प्रकाशित गरेको थियो । तर, प्रतिवेदन तयार हुँदासम्म पनि कतिपय स्थानीय तहले खोपको विवरण उपलब्ध नगराएको समितिले उल्लेख गरेको छ । प्रतिवेदनमा खोप वितरणमा देखिएका समस्याहरू औंल्याइएको छ । जसमा सरकारले निःशुल्क वितरण गरेको खोप केही व्यक्तिहरूले पैसामा खरिद गरेर लगाएको, लक्षित वर्गबाहेककाले पनि खोप लगाएको, केही स्थानीय तहले खोप लगाएको विवरणको अभिलेख अद्यावधिक नगरेको, बुस्टर डोज लगाउनेबारे आधिकारिक निर्णय नहुँदै खोप लगाइसकेका केही व्यक्तिले पहिलो मात्रा भन्दै खोप लगाएको, खोप अभियान पूर्ण व्यवस्थित गर्न नसकिएकोलगायत समस्या औंल्याइएको छ । छानबिन समितिको प्रतिवेदनअनुसार सरकारले खोप वितरणलाई व्यवस्थित गर्न नसकेको प्रस्ट हुन्छ । महामारी नियन्त्रण गर्ने कार्यमासमेत यस्तो लापरबाही हुनु अत्यन्त दुःखद् हो ।यसमा स्वास्थ्य मन्त्रालयदेखि खोप वितरणको जिम्मेवारी पाएका निकायहरू सचेत बन्नुपर्छ ।लक्षित वर्गका अधिकांशले सहजरूपमा खोप नपाइरहेको अवस्थामा पहुँचका आधारमा लक्षित वर्गबाहेकका व्यक्तिलाई खोप वितरण गर्ने, निःशुल्क खोपकोसमेत पैसा असुल्ने अधिकारीहरूलाई कारबाहीको दायरामा ल्याउनुपर्छ । स्वास्थ्य संकटका बेलापनि जनस्वास्थ्यप्रति संवेदनशील बन्न नसक्ने ती अधिकारीहरूलाई कुनै पनि बहानामा छुट दिनु उचित हुँदैन । अझ, खोप वितरणमा रहेका कतिपय लापारबाहीका घटनाहरू समितिले प्रतिवेदनमा समेट्न नसकेको देखिन्छ । त्यस विषयमा थप छानबिन हुन आवश्यक छ । समितिले दिएका सुझावहरू यथाशीघ्र कार्यान्वयनमा सरकार गम्भीर बनोस् । अन्यथा, समिति गठन गरी छानबिन गराउनु केवल जनताको आँखामा छारो हाल्ने काम मात्र ठहरिनेछ ।
प्रकाशित मिति: शुक्रबार, फागुन ६, २०७८  ०५:३१
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु शुक्रबार, कात्तिक २१, २०८२
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP