Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • क्युभिसीको झन्झट हटाऊ
क्युभिसीको झन्झट हटाऊ
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, फागुन १, २०७८
Hardik health
  कतार भिसा सेन्टर (क्युभिसी)ले भनिएजसरी सेवा दिनु नसक्दा नेपाली श्रमिहरू मारमा परेका छन् । क्युभिसीले रोजगारीमा कतार जानेहरूका लागि प्रवेशाज्ञा र श्रमपत्र जारी गर्ने तथा स्वास्थ्य परीक्षण, सुरक्षा जाँच (फिंगर प्रिन्ट) लगायत सेवा दिँदै आएको छ । क्युभिसी स्थापनाको केही महिनासम्म राम्रै सेवा दिए पनि अहिले भने सिन्डिकेट लागू गरेर श्रमिकहरूलाई मारमा पारेको छ । क्युभिसीको काम सन्तोषजनक नभएपछि यसको खारेजीको माग आउन थालेको छ । त्यसो त राज्य संघीयतामा गइसकेको अवस्थामा काठमाडौंमा मात्र क्युभिसी खडा गरी झन्झटिलो व्यवस्था लाद्नु दुःखद नै हो । कतार जान विभिन्न जिल्लाबाट काठमाडौं आएकाले सेन्टरबाट सेवा लिन महिना दिनसम्म पनि कुर्नुपर्दा श्रमिकहरू झन् मर्कामा पर्दै आएका छन् । सरकारले सिन्डिकेटको विरोध गरेर सिन्डिकेट हटाएको रटान लगाएर जनताको अघि खोक्रो गफ दिएर झुक्याउने काम स्वीकार्य छैन । क्युभिसीको ढिलाइपनले श्रमिकहरू आर्थिक भारमा परेका छन् । कतिपयको त सेवा नपाउँदै भिसा अवधिसमेत सकिएपछि उनीहरू इन्तु र चिन्तु भएका छन् । यस्तो अवस्थामा पनि राज्य रमिते हुनु भनेको दुर्भाग्य नै भन्नुपर्छ । राज्यले सबै सेवा स्थानीय तहबाटै दिने व्यवस्था मिलाइरहेको सन्दर्भमा कतार जाने श्रमिक देशभरबाटै काठमाडौं धाउनुपर्ने गरी कानुन बनाइनु अत्यन्तै दुःखद कुरा हो । कतारले वार्षिक डेढ लाखभन्दा बढी नेपाली श्रमिक लैजाने भए पनि क्युभिसीले वार्षिक पचासदेखि साठी हजारलाई मात्रै सेवा दिँदै आएको छ । यस कारण आधाभन्दा बढी श्रमिकको रोजगारी अवसर गुम्ने देखिएको पनि यतातिर सरकारले नजर लगाउन नसक्दा नेपालीहरू रोजगारबाट विमुख भएका छन् । कतारमा सन् २०२२ को विश्वकपका लागि ठूल्ठूला परियोजना छन् । कामदारको माग एकदमै राम्रो छ । तर सेन्टरको सेवा प्रभावकारी नहुँदा धेरै युवा जानबाट वञ्चित हुने देखिएको छ । म्यानपावर व्यावसायीहरूले क्युभिसीबाट सिन्डिकेट खडा गरी अप्ठ्यारोस्थिति सिर्जना गरेको बताइसकेका छन् । उनीहरूको भनाइलाई बेवास्ता गर्नु सरकारको कमजोरी हो । यसअघि नेपाल सरकारबाट मान्यताप्राप्त जुनसुकै स्वास्थ्य मापदण्डभित्र परेका मेडिकलमा स्वास्थ्य जाँच गर्न पाइने भए पनि अहिले क्युभिसीबाट परीक्षण गराएर मात्रै जान पाइने भनिएपछि श्रमिकहरू अलमलमा परेका छन् । यो पनि ठिकै होला तर समयमा सेवा नपाइएपछि श्रमिकहरू छट्पटाइरहेका छन् । यो सरासर सिन्डिकेट हो, त्यसैले यसको विकल्प सरकारले खोज्नै पर्छ । भिसा अवधि सकिन लागेकाको सम्बन्धमा क्युभिसीले छुट्टै व्यवस्था गरेर सेवा दिनुपर्छ । पुनः स्वास्थ्य परीक्षण गर्दा लामो समय लाग्ने भएकाले एक हप्ताभित्र हुने व्यवस्था मिलाएर सेवालाई सहज र सुलभ बनाउनु आवश्यक छ । अन्य देशमा क्युभिसीले चौबिसै घन्टा सेवा खुला गरेकाले नेपालमा पनि यहि व्यवस्था मिलाइनुपर्छ अन्यथा यसले श्रमिकहरूलाई क्षतिपूर्ति दिने व्यवस्था गर्नुपर्ने हुन्छ ।
प्रकाशित मिति: आइतबार, फागुन १, २०७८  ०८:०३
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु शुक्रबार, कात्तिक २१, २०८२
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP