Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
  • #विश्व दृष्टि दिवस
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • अवैध कामदारलाई कोरिया छाड्ने अवसर
अवैध कामदारलाई कोरिया छाड्ने अवसर
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, माघ २६, २०७८
615e4cfda50e3_5e9547dd12a2a_korea
Hardik health
काठमाडौं– नेपालीहरूको आकर्षक गन्तव्य मुलुक दक्षिण कोरियाले अवैध कामदारलाई आङ्खनो मुलुक छाड्ने अवसर दिएको छ । कोरोना भाइरसविरुद्धको खोप बुस्टर डोज समेतलगाएका अवैधानिक आप्रवासीलाई बिना जरिबाना कोरिया छाड्ने अवसर दिएको हो । विदेशी नागरिकलाई कोरोनाको बुस्टर डोज खोप लगाउन प्रोत्साहन गर्नका लागि कोरियाले यो योजना ल्याएको कोरियाको न्याय मन्त्रालयलाई उदृत गर्दै त्यहाँ रहेको नेपाली दूतावासले जनाएको छ । ३० अप्रिल २०२२ सम्म कोरियामा कोरोना खोपको तेस्रो (बुस्टर) डोज लगाएका र ३१ अक्टोबर २०२२ सम्म स्वेच्छाले कोरिया छाड्ने अवैधानिक विदेशी नागरिकलाई जरिबाना छुट र प्रवेश प्रतिबन्धमा पनि फुकुवा गरिने त्यहाँ सरकारले जनाएको छ । कोरियास्थित नेपाली दूतावासका अनुसार २८ फेब्रुअरी २०२२ सम्ममा पूर्ण रूपमा खोप लगाएका र ३० अप्रिल २०२२ सम्ममा स्वेच्छाले कोरिया छाड्ने अवैध कामदारलाई जरिबाना छुट र प्रवेश प्रतिबन्ध भने निलम्बन हुने छ । आपराधिक कार्यमा संलग्न, खोप नलगाएका व्यक्तिहरू, कोभिड प्रतिबन्धको उल्लंघन गर्नेहरू र अध्यागमन अधिकारीहरूले पक्राउ गरेका अवैध विदेशी नागरिकको हकमा भने यो योजना लागू नहुने त्यहाँको अध्यागमनले जनाएको छ । यो सुविधा पप्त गर्नका लागि खोप लगाएको इ प्रमाणीकरण वा प्रिन्ट कपी पेस गर्नुपर्ने कोरिया सरकारले जनाएको छ । स्वैच्छिक रूपमा स्वदेश फर्कनका लागि कोरियाको अध्यागमन कार्यालयमा गएर वा अनलाइन आवेदन भरेर बन्दरगाह वा एयरपोर्टमार्फत त्यसै दिन कोरिया छाड्न सकिन्छ । यसरी फर्कँदा लाग्ने जरिबाना सबै छुट हुनेछ भने प्रवेश प्रतिबन्ध निलम्बनबाट समेत छुट पाउन सकिन्छ । आवेदन प्रस्थानको मितिभन्दा कम्तीमा तीन दिन अघि पेस गर्नुपर्ने बताइएको छ । कोरियामा पछिल्लो समय ओमिक्रोन भेरियन्ट संक्रमण बढिरहेको छ । तर, खोप लगाउने विदेशी नागरिकको संख्या कम छ । विदेशी नागरिकमा संक्रमण बढ्दै गएकाले समुदायस्तरमा कोरोना फैलनबाट रोक्न कोरियाको न्याय मन्त्रालयले अपनाएका विभिन्न उपाय मध्ये यो योजना पनि रहेको दूतावासले विज्ञप्तिमार्फत उल्लेख गरेको छ । दक्षिण कोरिया नेपाली श्रमिका लागि पनि आकर्षक गन्तव्य मुलुक हो । सरकारले इपिएस प्रणालीमार्फत कोरिया कामदार पठाउने गरेको छ । त्यसबाहेक अन्य उपाय लगाएर पनि धेरै नेपाली कोरिया पुगेको बताइन्छ । त्यहाँ गएर अवैध बसोबास गरिरहेका नेपाली श्रमिकहरूले पनि यसको लाभ उठाउन सक्ने कोरियास्थित नेपाली दूतावासले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, माघ २६, २०७८  ०५:०३
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ मंगलबार, असोज ७, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP