Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
  • #विश्व दृष्टि दिवस
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • सिण्डिकेट कायम गरिँदैछ : पाण्डे
सिण्डिकेट कायम गरिँदैछ : पाण्डे
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, माघ २३, २०७८
mobile_house
Hardik health
काठमाडौं– प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालका पूर्वअध्यक्ष हरिबहादुर पाण्डे क्षेत्रीले केही व्यवसायीहरू सिण्डिकेट कायम गर्न लागि परेको बताएका छन् । उनले समग्र व्यवसायीको हितविपरीत सिन्डिकेट कायम गर्न लागिपरेका भन्दै त्यस्ता व्यवसायीहरूलाई गाडीभित्र पनि हेलमेट लगाउन चेतावनी दिएका छन् । शुक्रबार मञ्चले काठमाडौंमा आयोजना गरेको व्यवसायीहरूको भेलालाई सम्बोधन गर्दै पाण्डेले व्यवसायीभित्र पनि बिचौलियाहरू हाबी हुन थालेको आरोप लगाए । पछिल्लो समय मलेसिया श्रमिक पठाउने र म्यानपावर व्यवसायीको वर्गीकरण गर्ने छलफलमा व्यवसायीको नै संलग्नता रहेको उनको दाबी छन् । उनले यस्तो कार्यमा संलग्न व्यवसायीहरूको पहिचान गरेर कारबाही गर्ने चेतावनी दिँदै भने, ‘यस्ता व्यवसायीको पेटमा लात हान्नेहरूले खाना खाँदासमेत हेलमेट लगाउने पर्ने अवस्था आउन सक्छ ।’ केही समयपछिले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले म्यानपावरहरूको वर्गिकरण गर्ने समाचार सार्वजनिक भएको थियो । उनले सरकारले त्यस्तो निर्णय गरेमा नमान्ने चेतावनी दिएका छन् । मलेसियामा निश्चित व्यवसायीलाई जिम्मा दिन पहिले नै वर्गिकरण भइसकेको अवस्थामा करोडौँको चलखेल गरेर केही निश्चित व्यवसायीलाई मात्रै लाभ हुने गरी काम भइरहेको उनको आरोप छ । ‘पहिले नै २ करोड, ४ करोड र ६ करोड गरी वर्गिकरण भइसकेको छ । सोहीअनुसार व्यवसायीले करसमेत तिर्दै आएका छन् । अनि फेरि के को वर्गिकरण हो ?’ पाण्डेले प्रश्न गरे । व्यवसायीस“ग पैसा संकलन गरेर काम भइरहेको भन्दै यस्ता कार्यमा संलग्नहरूविरुद्ध व्यवसायीहरू एकजुट भएर लड्नु पर्ने उनको भनाइ छ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघ लथालिंग अवस्थामा रहेको र व्यवसायीहरू बीच एकता नभएका कारण केही सीमित व्यक्तिले फाइदा लिएको भन्दै धमिलो पानीमा माछा मार्ने काम भइरहेको उनले बताएका छन् । दुबई भिसा सेन्टरको उद्घाटन हु“दा विरोध नभएपछि सिन्डिकेटधारीहरू उत्साहित भएर विस्तारै सबै क्षेत्रमा सिन्डिकेट कायम गर्न लागेको उनको आरोप छ । यस्ता गतिविधिमा संलग्नहरूलाई पहिचान गरेर ‘भाटे कारबाही’ गर्नु पर्ने उनले चेतावनी दिए । यसका लागि सबै व्यवसायीहरू एक भएर अघि बढ्नु पर्ने उनको भनाइ छ । सोही कार्यक्रममा बोल्दै प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालका कार्यवाहक अध्यक्ष राजेन्द्र भण्डारीले व्यवसायमाथि नियोजित रूपमा आक्रमण भइरहेको भन्दै यसविरुद्ध एकताबद्ध भएर जानु पर्ने बताएका छन् । अहिले आएको वर्गिकण सिन्डिकेट कायम गर्ने नियतले आएको भन्दै त्यसविरुद्ध सबैले आवाज उठाउनु पर्नेमा उनले जोड दिए । अनुमति लिएर व्यवसाय गरेका व्यवसायीलाई अपमानित गर्ने कार्य रोक्नु पर्ने उनको भनाइ छ । यता, वैदेशिक रोजगार व्यवसायी महिला संघका अध्यक्ष सीता देवकोटाले व्यवसायीका कार्यालयहरू तोडफोड हुँदा कोही नबोलेको, तर व्यवसायीले प्रतिकार गर्दा ठूलो विषय बनेको भन्दै यसमा डलरवादीहरूको ठूलो तप्का सहभागी रहेको बताइन् । पछिल्लोपटक युट्युबरहरूमाथि कुटपिट गरिएको भन्दै गरिएको प्रचारबाजीतर्फ इंगित गर्दै उनले कुनै श्रमिक ठगिएको खण्डमा वैदेशिक रोजगार विभाग जाने सक्ने भन्दै व्यवसायीका कार्यालयमा क्यामेरा बोकेर नआउन पनि चेतावनी दिइन् । देशलाई आर्थिक रूपमा कमजोर बनाउन व्यवसायीमाथि प्रहार भइरहेको उनले भनाइ छ । कार्यक्रममा सहभागी व्यवसायीहरूले सबै व्यवसायी संघ, संगठन एक भएर यस्ता गलत कार्यका विरुद्धमा लड्नु पर्ने धारणा व्यक्त गरेका थिए । भेलाले यो क्षेत्रमा देखिएका समस्या समाधानका लागि चरणबद्ध रूपमा सबैलाई ध्यानाकर्षण गराउने त्यसो हुन नसके कडा आन्दोलन गर्ने निष्कर्ष निकालेको बताइएको छ ।
प्रकाशित मिति: आइतबार, माघ २३, २०७८  ०५:२३
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ मंगलबार, असोज ७, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP