Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
  • #विश्व दृष्टि दिवस
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • आत्मरक्षा टोली गठन
आत्मरक्षा टोली गठन
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, माघ २०, २०७८
DSC_0372
Hardik health
काठमाडौं– वैदेशिक रोजगार व्यवसायीहरूले आत्मरक्षा टोली निर्माण गरेका छन् । विभिन्न बहानामा व्यवसायीलाई दुःख दिने गरेको भन्दै बुधबार नेपाल वैदेशिक रोजगार व्यवसायी एकता समिती सामाखुसीले आयोजना गरेको व्यवसायी भेलाबाट आत्मरक्षा टोली निर्माण गरिएको हो । व्यवसायीको हक हितका लागि काम गर्ने जिम्मेवारीका साथ भेलाले तीन वटा टोली गठन गरेको हो । जसअनुसार सामखुसी प्रहरी विटदेखि बालाजुसम्मको एउटा, प्रहरी चौकी सामाखुसीदेखि महाराजगन्जसम्मको अर्को र चक्रपथदेखि चावहिलसम्मको अर्को टोली निर्माण गरिएको एकता समाजका अध्यक्ष हरिबहादुर पाण्डे क्षेत्रीले बताएका छन् । जसअनुसार सामाखुसी बालाजुको ५१ सदस्यीय टोलीको संयोजकको जिम्मेवारी तारानाथ अर्याललाई दिइएको छ । त्यस्तै, सामाखुसी प्रहरी चौकीदेखि चक्रपथसम्मको ३५ सदस्यीय टोलीको संयोजकको जिम्मेवारी मिलन कट्टेल र चक्रपथ चावहिलको २१ सदस्यीय टोलीको संयोजकमा गोविन्द कटुवाल रहेको पाण्डे क्षेत्रीले बताए । बुधबार गठन गरिएको आत्मरक्षा टोलीले व्यवसायीलाई दुःख दिनेहरूविरुद्ध रक्षा कवजको काम गर्ने बताइएको छ । सो भेलामा बोल्ने अधिकांश व्यवसायीहरूले वैदेशिक रोजगार व्यवसायीलाई दुःख दिने काम रोक्नु पर्ने र त्यसो हुन नसकेको खण्डमा आफूहरू प्रतिकारमा उत्रनेसमेत बताएका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्व अध्यक्ष रोहण गुरुङले सरकारले संघलाई चिन्ने भएकाले संघ बलियो बनाउनु पर्ने धारणा व्यक्त गरे । संघले नीति निर्माणमा कुनै भूमिका नखेल्ने बरु व्यवसायीको हितविपरीतको नीति बन्न लागेको भए त्यसलाई रोक्नका लागि सक्दो प्रयास गर्ने उनले बताएका छन् । आत्मरक्षा टोली कसैका विरुद्धमा लड्नका लागि नभएर व्यवसायीलाई समस्या पर्दा सहयोग गर्ने हिसाबले निर्मँण गरिएको उनले बताए । यता, नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनका अध्यक्ष नरेन्द्र ढकालले व्यवसायीमाथि अनधिकृत व्यक्तिले दुःख दिइरहेको भन्दै त्यसतर्फ सुरक्षा निकायको ध्यान जान जरुरी रहेको बताएका छन् । एकता विरोधी गतिविधिले संघले नेतृत्व नपाएको बताएका उनले अहिलेको अवस्थामा सबै व्यवसायी मिल्नुको विकल्प नरहेको उनले बताए । साथै उनले धरौटी राखेर व्यवसाय गरिरहेका व्यवसायीलाई आतंकित बनाउने गरी सरकारले मार्सल टोली बनाएको भन्दै आपत्तिसमेत जनाए । प्रगतिशिल वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालका कार्यवाहक अध्यक्ष राजेन्द्र भण्डारीले अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको यो क्षेत्रलाई अस्थिर बनाउनेतर्फ सबै लागिरहेको आरोप लगाएका छन् । मन्त्री तथा सचिवहरू जति आए पनि व्यवसायीहरू सबै गलत नै छन् कारबाही गरेर ठीक पार्नुपर्छ भन्ने भावनाका आउने गरेकाले पनि समस्या भएको उनले बताए । कार्यक्रममा बोल्दै एकता समितिका सचिव तारानाथ अर्यालले पछिल्लो समय युट्युवरहरूले व्यवसायीलाई दुःख दिने गरेको भन्दै यस्ता कार्यहरू रोक्नु पर्ने बताएका छन् । व्यवसायीको सुरक्षाको प्रतिभूतिका लागि भेलाको आयोजना गरेको भन्दै व्यवसायीलाई नियमन गर्ने निकायहरू रहेको भन्दै सम्बन्धित ठाउँमा गएर उजुरी गर्नुपर्ने उनले बताए । सो अवसरमा उनले व्यवसायीलाई पनि कानुनको अधिनभन्दा बाहिर गएर कार्य नगर्नका लागि आग्रह गरे । त्यस्तै, कार्यक्रमलाई सम्बोधन गर्दै एकता समितिका अध्यक्ष पाण्डेले व्यवसायीको हक हित र संरक्षणका लागि टोली गठन गर्नु पर्ने अवस्था आएको बताएका छन् । गैर व्यवसायीमार्फत भिजिट भिसामा विदेश जाने गरेको, तर पछि दोष व्यवसायीलाई दिने कार्य भइरहेको भन्दै त्यस्ता गतिविधि रोक्न उनले मागसमेत गरे । व्यवसायीहरूले पनि सच्चिनु पर्ने भन्दै गलत नगर्न र गलत नगर्दा नडाउन उनले सबै व्यवसायीलाई आग्रह गरे । पछिल्लो समय व्यवसायीको छाता संगठन नेपाल वैदेशिक रोजगार व्यवसायी संघ कमजोर बनेको अवस्थामा सबैले व्यवसायीलाई प्रहार गरेको पनि उनको धारण थियो । व्यवसायीको हक हितका लागि आवाज उठाउनका लागि सबै व्यवसायी एक भएर अगाडि बढ्नुपर्ने आजको आवश्यकता रहेको पाण्डे क्षेत्रीको भनाइ थियो । यता, अधिवक्ता देवराज कटुवालले भने पेसा र व्यवसाय गर्न पाउने हक रहेकाले कानुनको परिधिमा रहेर व्यवसाय गर्न पाइने बताए । मंगलबार भएको घटना दुःखद् भएको भन्दै त्यस्तो अवस्था आउन नहुने उनको भनाइ थियो । कार्यक्रममा तराई मधेस लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायीका अध्यक्ष अख्तर हुसेनले देश र जनताको पेट पाल्ने व्यवसायीले हिनताबोध गर्नुपर्ने अवस्था आएको बताएका छन् । सबै क्षेत्रलाई चलायमान बनाउने क्षेत्र पहिले आफैँ सम्मानित हुनु पर्ने उनले बताए ।
प्रकाशित मिति: बिहीबार, माघ २०, २०७८  ०३:५३
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ मंगलबार, असोज ७, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP