Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
  • #विश्व दृष्टि दिवस
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • भिजिटमा पठाउनेलाई कारबाही
भिजिटमा पठाउनेलाई कारबाही
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, माघ १९, २०७८
Hardik health
काठमाडौं– सरकारले आकर्षक रोजगारीको लोभ देखाएर पर्यटक (भिजिट) भिसामा विदेश पठाउनेहरूलाई कारबाही थालेको छ । भिजिट भिसामा विदेशमा गएर नेपालीहरू अलपत्र परेको समाचार सार्वजनिक भएपछि सरकारले त्यस्ता व्यक्ति तथा संस्थाहरूलाई कारबाही गर्न थालेको हो । पछिल्लो समय भिजिट भिसामा पठाउनेहरूविरुद्ध सरकार कडा रूपमा प्रस्तुत भएको जनाएको छ । सरकार कडा रूपमा प्रस्तुत भएपछि त्यसरी विदेश पठाउने कन्सल्टेन्सी तथा ट्राभल एजेन्सीहरूले विदेश पठाएकाहरूलाई स्वदेश फिर्ता पठाउन थालेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । पछिल्लो समय युएई तथा अन्य खाडी मुलुकहरूमा नेपालीहरू भिजिट भिसामा गएर अलपत्र पर्ने गरेको बताइएको छ । अहिले विदेश पठाएका कन्सल्टेन्सी तथा ट्राभल एजेन्सीहरूले अलपत्र परेकाहरूलाई फर्काउन थालेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहायक प्रवक्ता डा. थानेश्वर भुसालले बताएका छन् । सरकार कडा रूपमा प्रस्तुत भएसँगै अलपत्र परेका व्यक्तिहरू फर्काउन थालेको जानकारी भए पनि कति व्यक्ति फर्किए भन्ने जानकारी नभएको सहायक प्रवक्ता भुसालले बताए । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले केही दिनअघि मात्रै यस्तो अलपत्र पार्नेविरुद्ध सरकार कडा रूपमा प्रस्तुत हुने बताएका थिए । नेपाली नागरिक अलपत्र पार्ने जो भए पनि नछाड्ने मन्त्री श्रेष्ठले बताएका थिए । यदि यस्तोगरी कसैले अलपत्र पारेको खण्डमा मन्त्रालयमा स्थापना गरिएको कल सेन्टरमा सम्पर्क गरेर जानकारी दिन पनि मन्त्री श्रेष्ठले आग्रह गरेका छन् । अहिले मन्त्रालयमा नै कल सेन्टर स्थापना गरिएको छ । यो कल सेन्टर २४सै घन्टा खुला रहने बताइएको छ । पछिल्लो समय श्रम गन्तव्य मुलुकमध्ये युएईमा मात्रै ५५ प्रतिशतले गैर श्रमिक भिसालाई वैधानिकीकरण गरेको वैदेशिक रोजगार विभागले जनाएको छ । गत वर्ष युएईमा २ हजार ८९१ जनाको भिसा परिवर्तन भएको देखिएको विभागले जनाएको छ । त्यस्तै कतारमा पनि ६८६ जनाले भिसा परिवर्तन गरेको देखिएको छ । सरकारले पछिल्लो समय विदेशमा अलपत्र परेकाहरूको उद्धार गर्नका लागि मार्सल टोली नै गठन गरेको छ । मन्त्रालयका उपसचिव विष्णु लामिछानेको नेतृत्वमा मार्सल टोली गठन गरिएको छ । सो टोलीले भिजिट भिसामा विदेश पठाउनेहरूलाई कारबाही गर्ने जिम्मेवारी पाएको छ । सो टोलीले शुक्रबारबाट नै काम थालेको बताइएको छ । सो टोलीमा श्रम, गृह र परराष्ट्र मन्त्रालयका प्रतिनिधि रहने बताइएको छ ।
प्रकाशित मिति: बुधबार, माघ १९, २०७८  ०२:४५
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ मंगलबार, असोज ७, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP