Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
  • #विश्व दृष्टि दिवस
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • एमआरपी नवीकरण स्थगित
एमआरपी नवीकरण स्थगित
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, माघ १८, २०७८
download
Hardik health
काठमाडौं– नेपालीहरूको श्रम गन्तव्य मुलुकहरूले यन्त्रवाचक राहदानी अर्थात् मेसिन रिडेबल पासपोर्ट (एमआरपी) नवीकरण कार्य स्थगित गरिएको छ । केहीपछि नै विद्युतीय राहदानी (ई–पासपोर्ट) जारी गर्ने तयारी भइरहेको भन्दै ती देशहरूमा रहेका नेपाली दूतावासहरूले एमआरपी राहदानी नवीकरणको कार्य स्थगित गरेका हुन् । नेपालीहरूको प्रमुख गन्तव्य मुलुक कतार, साउदी अरब, कुवेत, मलेसियालगायतमा एमआरपी राहदानी नवीकरण कार्य स्थगित गरिएको हो । दूतावासहरूले सूचना निकालेर एमआरपी राहदानी नवीकरणको कार्य स्थगित गरिएको जानकारी गराएका छन् । तत्काल अत्यावश्यक नभएको खण्डमा राहदानी नवीकरण नगर्न र केही समयपछि विद्युतीय राहदानी वितरण गरिने दूतावासहरूले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । नेपालीहरूको प्रमुख श्रम गन्तव्यका रूपमा रहेको साउदी अबरले ३० जनवरीदेखि १७ फेब्रुअरीसम्मका लागि एमआरपी नवीकरण कार्य स्थगित गरिएको जनाएको छ । दूतावासले सूचना जारी गर्दै तत्काल अत्यावश्यक नभएमा राहदानी नवीकरणका लागि आवेदन नदिन पनि अनुरोध गरेको छ । साथै अत्यावश्यक परेको खण्डमा भने दूतावासमा अग्रिम सम्पर्क गरेर आउनका लागि अनुरोध गरेको छ । अग्रिम समय नलिई आउनेहरूको आवेदन नलिइने दूतावासले जनाएको छ । यता अर्को श्रम गन्तव्य मुलुक कतारले पनि एमआरपी राहदानी नवीकरण कार्य स्थगित गरेको छ । दूतावासले सूचना जारी गरेर नेपाल सरकारले विद्युतीय राहदानी जारी गर्ने निर्णय गरेको भन्दै त्यसको व्यवस्थापनका लागि एमआरपी राहदानी नवीकरण स्थगित गर्नु परेको जनाएको छ । दूतावासले १६ माघ अर्थात् ३० जनवरीदेखि अर्को सूचना जारी नगरेसम्मका लागि एमआरपी राहदानी नवीकरण स्थगित गरिएको सूचनामा भनिएको छ । दूतावासले अत्यावश्यक अवस्था अर्थात् कतार बसाइँ अवैधानिक हुने अवस्थामा पुगेकाहरूबाहेक अन्यको राहदानी नवीकरण आवेदन नलिइने बताइएको छ । राहदानी हराएका वा म्याद सकिएर जरुरी अवस्थामा नेपाल जानेहरूको हकमा यात्रा अनुमति पत्र जारी गरिने र अन्यको हकमा राहदानी नवीकरण नहुने जनाइएको छ । त्यस्तै, मलेसियामा रहेको नेपाली दूतावासले पनि एमआरपी राहदानी नवीकरण स्थगित गरेको छ । क्वालालाम्पुरमा रहेको नेपाली दूतावासले केही दिनमा ई–पासपोर्ट जारी गर्ने तयारी भएको भन्दै एमआरपी राहदानी नवीकरणको कार्य स्थगित गरिएको दूतावासले जनाएको छ । ई–पासपोर्टका लागि विशेष प्रणाली जडान गर्नु पर्ने र राहदानी बनाउने तथा नवीकरण गर्ने कार्य रोकिएको जनाइएको छ । यता कुवेतले पनि हाललाई राहदानी नवीकरण स्थगित भएको जनाएको छ । कुवेतले पनि विद्युतीय राहदानीको तयारी गर्न भन्दै एमआरपी राहदानी नवीकरणको कार्य स्थगित गरिएको जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, माघ १८, २०७८  ०३:०७
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ मंगलबार, असोज ७, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP