
काठमाडौं– नेपालीहरको प्रमुख श्रम गन्तव्य मुलुक युएईको राजधानी अबुधावी प्रवेशका लागि बुस्टर जोड अनिवार्य गरिएको छ । अबुधावी प्रवेशका लागि त्यहाँको सरकारले कोभिड–१९ विरुद्धको बुस्टर डोज अनिवार्य गरेको हो ।
युएई सरकारको स्वास्थ्य विभागले मंगलबार अबुधावी प्रवेश गर्न चाहने जुनसुकै व्यक्तिले बुस्टर डोज अनिवार्य लगाउनुपर्ने नियम लागू गरेको स्थानीय सञ्चार माध्यमले लेखेका छन् । यसअघि त्यहाँको सरकारले सो सहर प्रवेश गर्न खोप कार्ड अर्थात् ‘ग्रिन पास’ अनिवार्य गराएको थियो ।
पछिल्लो समय ओमिक्रोन संक्रमितको संख्या बढेको भन्दै त्यहाँको सरकारले बुस्टर डोज अनिवार्य गराएको समाचारमा जनाइएको छ । समाचारमा जनाइएअनुसार अबुधावी प्रवेश गर्ने व्यक्तिले कोरोना रिपोर्ट नेगेटिभ भएको प्रमाण पनि पेस गर्नु पर्ने छ ।