Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • खाडी मुलुकमा बढ्दै कोरोना
खाडी मुलुकमा बढ्दै कोरोना
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, माघ ५, २०७८
Hardik health
काठमाडौं– नेपालीहरूको प्रमुख श्रम गन्तव्य खाडी मुलुकहरूमा पछिल्लो समय कोरोना संक्रमण बढ्दै गएको देखिएको छ । डिसेम्बरको सुरुसम्म घट्दै गएको कोरोना संक्रमण दर डिसेम्बरको अन्तिमदेखि फेरि बढ्न थालेको हो । खाडी मुलुकहरूमा डिसेम्बरको सुरुमा दैनिक १ सयभन्दा कममा संक्रमण पष्टि हुने गरेकोमा जनवरीको सुरुदेखि बढेर दैनिक १ हजार देखि ५ हजारसम्म पुगेको तथ्यांकले देखाएको छ । कोरोना संक्रमणदर बढ्न थालेपछि सम्बन्धित मुलुकले स्वास्थ्य मापदण्डमा थप कडाइसमेत गर्न थालेका छन् । त्यसका साथै खोपको दुई मात्रा पूरा गरेकाहरूलाई बुस्टर जोड लगाउन पनि ती देशहरूले आग्रह गरिरहेका छन् । कोरोनापछि नेपालबाट सबैभन्दा धेरै श्रमिक गएको देश साउदी र कतारमा पछिल्लो समय दैनिक रूपमा कोरोना संक्रण पुष्टि हुनेको संख्या बढ्दै गएको देखिएको छ । कोरोनाको तथ्यांक सार्वजनिक गर्ने वल्ड्रोमिटरका अनुसार साउदीमा पछिल्लो समय दैनिक ५ हजारभन्दा बढीमा कोरोना संक्रणम पुष्टि भइरहेको छ । त्यहाँ सोमबार मात्रै ५ हजार ५ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको तथ्यांकले देखाएको छ । यो संख्या डिसेम्बर ३१ म ८ सय १९ रहेको थियो । जनवरीको सुरुदेखि संक्रमितो संख्या बढ्न थालेको देखिएको हो । साउदीमा हालसम्म ६ लाख २० हजार ९ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसमध्ये ५ लाख ६९ हजार २ सय ९६ जना निको भएको तथ्यांकले देखाएको छ । कोरोनाका कारण मृत्यु हुनेको संख्या ८ हजार ९ सय ८ जना पुगेको साउदीमा अहिले सक्रिय संक्रमितको संख्या ४२ हजार ७ सय ३१ जना रहेको छ । यता अर्को प्रमुख श्रम गन्तव्य मुलुक कतारमा पनि पछिल्लो समय दैनिक ३ हजारभन्दा बढी संक्रमित थपिँदै गएका छन् । डिसेम्बरको सुरुदेखि त्यहाँ संक्रमितको संख्या उकालो लागेको देखिएको छ । नोभेम्बरमा १ सयभन्दा कम संक्रमित देखिएको कतारमा डिसेम्बर लाग्दा ५ सयभन्दा बढी पुगेको देखिन्छ । डिसेम्बर अन्तिममा ५ सय २४ जनामा संक्रमण पुष्टि भएको त्यहाँ जनवरी १७ अर्थात् सोमबार ३ हजार ९ सय ९८ जनामा संक्रमण पुष्टि भएको तथ्यांकले देखाएको छ । त्यस्तै आइतबार ४ हजार २१ र शनिबार ४ हजार ७ जनामा संक्रमण पुष्टि भएको देखिएको छ । कतारमा हालसम्म संक्रमित हुनेको संख्या ३ लाख ३ हजार २ सय ४० जना पुगेको छ । जसमध्ये २ लाख ६० हजार ८ सय ९६ जना निको भएका छन् । खाडीका मुलुकमध्ये कोरोनाबाट मृत्यु हुनेको संख्या कतारमा थोरै रहेको छ । जहाँ हालसम्म ६ सय २७ जनाको मृत्यु भएको छ । कतारले पछिल्लो समय स्वास्थ्य मापदण्डमा कडाइ गर्नुका साथै कतार प्रवेशमा समेत कडाइ गर्दै लगेको स्थानीय सञ्चार माध्यमले जनाएका छन् । त्यस्तै युएई अहिले दैनिक २ हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भइरहेको छ । यो संख्या डिसेम्बर महिनाको सुरुमा १ सय भन्दा कम थियो । डिसेम्बर २ तारिखमा ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको देखिएको त्यहाँ डिसेम्बर १४ मा आइपुग्दा दैनिक १ सय १० को हाराहारीमा पुगेको देखिन्छ । यो संख्या जनवरी पछि अझ बढेको देखिन्छ । दैनिक बढ्दै गएको संख्या सोमबार २ हजार ९ सय ८९ जना पुगेको छ । यो संख्या आइतबार ३ हजार ६७ जना हरेको थियो । युएइमा कोरोनाबाट हालसम्म ८ लाख ८ हजार २ सय ३७ जना संक्रमित भएका छन् भने ७ लाख ६१ हजार २ सय १३ जना निको भएको तथ्यांकले देखाएको छ । त्यहाँ कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार १ सय ९५ जना जना पुगेको छ भने हाल सक्रिय संक्रमितको संख्या ४४ हजार ८ सय २९ जना रहेको छ । यता ३ लाख १४ हजार ८ सय ५३ जना संक्रमित रहेको ओमानमा पनि डिसेम्बर देखि संक्रमितको संख्या बढ्दै गएको देखिएको छ । अक्टोबर डिसेम्बरमा दैनिक १० जना भन्दा कम संक्रमित देखिने ओमानमा अहिले दैनिक १ हजारभन्दा माथि संक्रमित थपिने गरेका छन् । डिसेम्बर २ तारीखमा ९ जनामा संक्रमण पष्टि भएको ओमानमा डिसेम्बर अन्तिममा १ सय ३२ जना पुगेको देखिएको छ । यो संख्या बढ्दै गएर जनवरी १८ अर्थात मंगलबार १ हजार ३ सय १५ पुगेको छ । सोमबार यो संख्या १ हजार १ सय १३ रहेको थियो । ओमानमा हालसम्म ३ लाख १४ हजार ८ सय ५३ जनामा संक्रमण पुष्टि भएको छ भने ३ लाख २ हजार ७ सय ६२ जना निको भएका छन् । त्यहाँ मृत्यु हुनेको संख्या ४ हजार १ सय २२ जना रहेको तथ्यांकले देखाएको छ । अहिले सक्रिय संक्रमितको संख्या ७ हजार ९ सय ६९ जना रहेको देखिएको छ । मे देखि डिसेम्बरसम्म १ सय भन्दा कम सक्रमित थपिएको बहराइनमा पनि पछिल्लो समय २ हजारभन्दा बढीमा संक्रमण पुष्टि भइरहेको छ । मे देखि डिसेम्बरसम्मको बीचमा सबैभन्दा बढी ३० डिसेम्बरमा १ हजार ५ सय १५ जनामा संक्रमण पुष्टि भएको थियो । यो संख्या १७ जनवरीमा आइपुग्दा २ हजार ८ सय ९८ पुगेको वल्ड्रोमिटरले देखाएको छ । बहराइमा हालसम्म ३ लाख १० हजार ९ सय ६ जनामा संक्रमण पुष्टि भएको छ । त्यसमध्ये २ लाख ८८ हजार ३ सय २३ जना निको भएको देखिएको छ । त्यहाँ कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ३ सय ९८ जना रहेको छ । सक्रिय संक्रमितको संख्या २१ हजार १ सय ८५ जना रहेको छ । यता कोरोना महामारी पछि नेपाली श्रमिकका लागि खुला नभएको मलेसियामा भने संक्रमितको दर एकनासकै देखिएको छ । मलेसियामा अहिले पनि दैनिक २–३ हजारको हाराहारीमा संक्रण पुष्टि भइरहेको देखिएको छ । त्यहाँ सोमबार मात्रै २ हजार ३ सय ४२ जनामा संक्रमण पुष्टि भएको थियो भने आइतबार ३ हजार १० जनामा संक्रमण पुष्टि भएको थियो । मलेसियामा हालसम्म कोरोना संक्रमणबाट २८ लाख १० हजार ६ सय ८९ जना संक्रमित भएको तथ्यांकले देखाएको छ । जसमध्ये २७ लाख ३८ हजार २ सय ६२ जना निको भएका छन् । त्यहाँ सक्रिय संक्रमितको संख्या ४० हजार ६ सय १९ जना रहेको छ भने ३१ हजार ८ सय ८ जनाको मृत्यु भएको वल्ड्रो मिटरको तथ्यांकले देखाएको छ ।
प्रकाशित मिति: बुधबार, माघ ५, २०७८  ०३:२५
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ मंगलबार, असोज ७, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP