Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
  • #विश्व दृष्टि दिवस
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने आधार तयार भयो : मन्त्री श्रेष्ठ
वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने आधार तयार भयो : मन्त्री श्रेष्ठ
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, माघ ४, २०७८
271665953_613354163099977_1677524117245874196_n
Hardik health
काठमाडौं– श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले १ सय दिनको अवसरमा वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउने आधार तयार भएको बताएका छन् । १ सय दिनमा गरेको कामका विवरण सार्वजनिक गर्दै मन्त्री श्रेष्ठले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न र आन्तरिक रोजगारीको अवसर सिर्जनाका लागि आधार तयार भएको बताएका हुन् । सोमबार जिम्मेवारी सम्हालेको सय दिन पूरा भएको अवसरमा मन्त्री श्रेष्ठले गरेका कामहरूको सूची सार्वजनिक गरिएको छ । त्यस्तै मन्त्री श्रेष्ठले सचूना प्रविधिको अधिकतम् उपयोग गरी श्रम स्विकृतीलाई पेपरलेस बनाई सहज रूपमा सेवा प्रदानको सुरुवात, आन्तरिक रोजगारीको प्रवद्र्धन, सेवा प्रवाहमा सहजीकरण, संगठन व्यवस्थापन र सुधार, सामाजिक सुरक्षालगायत क्षेत्रमा सुधारको काम भएको मन्त्रीले सार्वजनिक गरेको सूचीमा जनाइएको छ । मन्त्री श्रेष्ठले १ सय दिनको अवधिमा गरेको ३५ बुँदे सुधारको काम गरेको दाबीसहित सो विवरण पेस गरेका छन् । त्यस्तै वैदेशिक रोजगारीमा जाने श्रमिकलाई सहज सेवा प्रदानका लागि व्यवस्था मिलाइएको पनि मन्त्रीले सार्वजनिक गरेको विवरणमा उल्लेख गरिएकको छ । यसैबीच, श्रमीकले सेवा लिँदा बिचौलिया तथा दोस्रो पक्षको सहायता लिनु पर्ने समस्या समाधानका लागि पनि कार्य भएको मन्त्रीले सार्वजनिक गरेको प्रगति विवरणमा उल्लेख गरिएको छ । जिम्मेवारी सम्हालेको १ सय दिनको अवधिमा श्रम कार्यालयहरूमा बिचौलिया निषेध गरिएको र सहज बनाउनका लागि हाल कार्यान्वयनमा रहेको कार्यविधि तथा निर्देशिका संसोधनको गृहकार्यसमेत भएको बताइएको छ । वैदेशिक रोजगारीका क्षेत्रमा देखिएका समस्याहरू हेर्नका लागि छुट्टै प्रहरीको व्यवस्थापन गर्ने काम पनि अन्तिम चरणमा पुगेको मन्त्री श्रेष्ठले दाबी गरेका छन् । साथै वैदेशिक रोजगारीको सिलसिलामा समस्यामा परेकाहरको उद्धार गर्नका लागि ¥यापिड रेस्पोन्स टोली निर्माण गरिएको, लामो समयदेखि रोकिएको दक्षिण कोरिया र इजरायलमा श्रमिक पठाउने कार्य पनि सुरु गरिएको तथा इपिएस कोरियाको नवीकरण गर्ने कार्यलाई पनि उपलब्धिका रुरूमा प्रस्तुत गरिएको छ । साथै १ सय दिनको अवधिमा बेलायतसँग श्रमसम्झौता गरेर नेपाली नर्स पठाउने अन्तिम तयारी, नयाँ श्रम गन्तव्य मुलुक खोज्नेदेखि सम्झौता गर्ने तथा नवीकरणको कामलाई समेत उपलब्धिका रुरूमा प्रस्तुत गरिएको छ । यसका साथै वैदेशिक रोजगार नीति परिमार्जनका लागि विज्ञ टोली गठन गरी एक महिनाको समय दिएको तथा वैदेशिक रोजगारीका क्षेत्रमा देखिएका समस्या र चुनौतिलाई व्यवस्थापन गर्नका लागि कार्यदल निर्माण गर्ने र १ सय दिनको अवधिमा ३ हजार ८ सय २० जनालाई तालिम दिने गरी विभिन्न शैक्षिक संस्थासँग सम्झौता भएको गरिएको पनि मन्त्री श्रेष्ठले बताएका छन् । यता आन्तरिक रोजगारी सिर्जना गर्नका लागि प्रधानमन्त्री रोजगार कार्यक्रमको पारिश्रमिक वृद्धि, दुर्घटना बिमाको व्यवस्था गर्नु तथा यो कार्यक्रमले शिक्षा र स्वास्थय क्षेत्रलाई समेट्ने गरी संसोधन गरिएको उल्लेख गरिएको छ । साथै घरेलु श्रमिकका रुरूमा महिला श्रमिकलाई पठाउने कार्यलाई व्यवस्थित बनाउनका लागि अन्तर्राष्ट्रिय अभ्यासको अध्ययन गर्न कार्यदल बनाउनुको बनाइएकोलगायत कार्यक्रमहर प्रस्तुत गरिएको छ ।
प्रकाशित मिति: मंगलबार, माघ ४, २०७८  ०३:२१
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ मंगलबार, असोज ७, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP