Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
  • #विश्व दृष्टि दिवस
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • वैदेशिक रोजगार व्यवसायी संघमा ताला
वैदेशिक रोजगार व्यवसायी संघमा ताला
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, माघ ३, २०७८
271763455_4768728129885662_6039463780217699100_n
Hardik health
काठमाडौं– वैदेशिक रोजगार व्यवसायीहरूको छाता संगठन नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा ताला लगाइएको छ । निर्वाचन कमिटीलाई जिम्मा दिएको अवस्थामा संघका कार्यवाहक अध्यक्ष कमल तामाङले नियमविपरीत संघको चुनाव स्थगित गरेकोलगायत माग राखेर प्रगतिशित वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालले ताला लगाएको हो । मञ्चले निविरोध भएकाहरूलाई निर्वाचित भएको घोषणा गर्नुपर्ने, डबल उम्मेदवारी रहेकाको हकमा सम्बन्धित संगठनले कारबाही गरे पनि स्वतः उम्मेदवार हुन नपाउने र त्यसपछि बाँकी रहेको उम्मेदवारलाई निर्विरोध विजयी घोषणा गर्नुपर्नेलगायत माग राखेको छ । सहमतिका नाममा व्यवसायीलाई बलिको बोको बनाउने कार्य भएकाले ताला लगाउनु पर्ने अवस्था सिर्जना भएको प्रथम उपाध्यक्षमा निविरोध भएका हरिबहादुर पाण्डे क्षत्रीले जानकारी दिए । ‘संघ पार्टीगत संगठन होइन, यो व्यवसायिक संगठन हो, व्यवसायीको हक हितका लागि काम गर्नुपर्ने बेलामा सहमतिका नाममा केही व्यवसायीहरूलाई बलिको बोको बनाउने कार्य भयो,’ पाण्डेले भने । सर्वसम्मतिका लागि गठन गरेको समितिले छलफलमा बलाएको खण्डमा छलफल हुने र अन्यथा ताला नखुल्ने पाण्डेले बताए । अन्तिम उम्मेदवारी घोषणासमेत गरिसकेको निर्वाचन समितिलाई सिसिएमसीको वाहनामा यथास्थितिमा अगाडि बढाउने नभई बद्नीयतपूर्वक भंग गरेकाविरुद्ध, विधि र विधानसम्मत नेतृत्व स्थापित गर्न, व्यवसायिक एकता जोगाउन, संकटग्रस्थ अवस्थामा रहेको व्यवसायलाई सामूहिक नेतृत्व प्रदान गर्दा बहुपक्षीय हित हुने र संघको शक्ति सन्तुलन हुने यथार्थलाई मध्यनजर गरेर ताला लगाइएको बताइएको छ । प्रगतिशिल मञ्चका साथै केही नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनका साथीहरूको पनि सहभागिता रहेको पाण्डेले बताए । सर्वसम्मत रूपमा नेतृत्व चयन हुन नसक्दा ३० पुसमा हुने भनिएको संघको चुनाव स्थगित गरिएको थियो । कोभिडका कारण सरकारले २५ जनाभन्दा बढी उपस्थित हुन नपाउने निर्णय गरेको तथा सर्वसम्मतिका लागि भएको पहल सफल नभएकाले चुनावसहितको कार्यक्रम स्थगित गरिएको संघका कार्यवाहक अध्यक्ष तामाङले विज्ञप्ति जारी गरेर जानकारी गराएका थिए ।
प्रकाशित मिति: सोमबार, माघ ३, २०७८  ०३:१५
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ मंगलबार, असोज ७, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP