Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • संघको चुनाव स्थगित
संघको चुनाव स्थगित
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, पुस २९, २०७८
DSC_0042
Hardik health
काठमाडौं– नेपाल वैदेशिक रोजगार व्यवसायी संघको चुनाव स्थगित भएको छ । कोभिडलगायत विभिन्न समस्याका कारण यसपटक सर्वसम्मतिमा नेतृत्व चयन गर्ने गरी भएको सहमतिविपरीत उम्मेदवारी परेपछि चुनाव स्थगित भएको हो । सहमतिअनुसार नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको भागमा परेको अध्यक्षमा नेपाल गणतान्त्रिक वैदेशिक रोजगार व्यवसायी मञ्चका पूर्वअध्यक्ष रामप्रसाद भन्तनाले पनि अध्यक्षमा उम्मेदवारी दिएका थिए । उनले अन्तिमसम्म पनि नाम फर्ता नलिएपछि चुनाव नै गर्नुपर्ने अवस्था सिर्जना भएको थियो । तर, सिसिएमसीको निर्देशनअनुसार हाललाई २५ जनाभन्दा बढी जम्मा हुन नपाइने भएपछि चुनाव स्थगित गरिएको संघका सचिव मेघनाथ भुर्तेलले बताएका छन् । अधिकांश पदमा उम्मेदवारी दिएकाहरूले नाम फिर्ता लिएको र बाँकीले अध्यक्षमा चुनाव नहुने अवस्थामा फिर्ता लिने बताएको र अध्यक्षमा सर्वसम्मति हुन नसकेका कारण चुनाव स्थगित भएको सचिव भुर्तेलले बताए । अब चुनाव गर्ने उपयुक्त वातावरण नभएसम्मका लागि चुनाव स्थतिग भएको उनले बताएका छन् । कोभिड–१९ को बढ्दो संक्रमणका कारण नेपाल सरकारले २५ जनाभन्दा बढी सार्वजनिक स्थानमा भेला नहुन निर्देशन दिइसकेको छ । यसैबीच, संघका कार्यवाहक अध्यक्ष कमल तामाङले एक विज्ञप्ति जारी गर्दै चुनाव स्थतिग भएको जानकारी दिएका छन् । कार्यबाहक अध्यक्ष तामाङले जारी गरेको विज्ञप्तिमा नेपाल बैदेशिक रोजगार व्यवसायी संघको २५औँ साधारण सभा तथा नयाँ कार्यसमितिको निर्वाचन प्रक्रियालाई सहज बनाउने उद्देश्यले संघका कार्यवाहक अध्यक्षको संयोजकत्वमा पूर्वअध्यक्षज्यूहरू तथा विभिन्न राजनीतिक संघ/संगठनका प्रतिनिधिहरूको संयुक्त बैठकले सर्वसम्मत नेतृत्व चयन गर्ने भनी गरिएको निर्णयविपरीत उम्मेदवार मनोनयन गरी सहमतिलाई लत्याउने कार्य भएको र सो सहमति कार्यान्वयन गर्न पटक–पटक समय थप गरी गरिएको प्रयास असफल भएको साथै मिति २६ पुस ०७४ मा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट जारी आदेशमा सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी जम्मा भई भेला, गोष्ठी, सभा गर्न रोक लगाएको हुँदा अर्काे सूचना नआउँदासम्मका लागि संघको साधारण सभा तथा निर्वाचनको सम्पूर्ण प्रक्रिया स्थगित भएको उल्लेख छ । पूर्वसहमतिअनुसार नेपाली कांग्रेसनिकट एसोसिएसनले अध्यक्ष, सचिव, कोषाध्यक्ष र ५ जना सदस्य पाउने तय थियो । त्यसैगरी एमालेनिकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चले प्रथम उपाध्यक्ष, ३ जना सदस्य र १ जना सल्लाहकार तथा एकीकृत समाजवादीनिकट एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठनले महासचिव, ३ जना सदस्य र १ जना सल्लाहकार पाउने सहमति भएको थियो । माओवादीनिकटको नेपाल गणतन्त्रान्त्रिक वैदेशिक रोजगार व्यवसायी मञ्चले द्वितीय उपाध्यक्ष, ३ जना सदस्य, १ जना सल्लाहकार तथा समाजवादी फोरमनिकट संघले तृतीय उपाध्यक्ष, १ जना सदस्य र १ जना सल्लाहकार लिने गरी भागबन्डा गरिएको थियो ।
प्रकाशित मिति: बिहीबार, पुस २९, २०७८  ०३:११
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ मंगलबार, असोज ७, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP