Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बर्ड फ्लु
  • #प्रतिनिधिसभा बैठक
  • #टेरामक्स प्रकरण
  • #प्रतिनिधि सभा
  • #कञ्चनजङ्घा
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • वैदेशिक रोजगार व्यवसाय स्कुसजस्तोः अध्यक्ष तामाङ
वैदेशिक रोजगार व्यवसाय स्कुसजस्तोः अध्यक्ष तामाङ
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, पुस २७, २०७८
Kamal Tamang
RBB RBB
काठमाडौं– नेपाल वैदेशिक रोजगार व्यवसायी संघका कार्यवाहक अध्यक्ष कमल तामाङले वैदेशिक रोजगार व्यवसायी स्कुसजस्तो भएको बताएका छन् । आइतबार पत्रकार भेटघाट कार्यक्रममा कार्यबाहक अध्यक्ष तामाङले वैदेशिक रोजगार सबैलाई काम लाग्ने तर राम्रो कसैले नभन्ने स्कुसजस्तै भएको बताए । कार्यबाहक अध्यक्ष तामाङले भने, ‘जरा, फल र मुन्टासमेत काम लाग्ने स्कुसलाई सबैले ‘ह्या स्कुस’ भनेजस्तै देशको आर्थिक मेरुदण्डको काम गर्नेदेखि लिएर व्यक्तिको घरको छाना फेर्ने व्यवसायलाई बद्नाम गर्ने काम मात्रै गरियो ।’ राम्रो भएको भए पनि वैदेशिक रोजगारीका कारण भएको हो भन्न कोही पनि तयार नभएको उनको गुनासो थियो । ‘सबैले दल, ठगको उपनाम मात्रै दिने गरेका छन् । तर त्यहिँबाट छोराछोरीलाई राम्रो विद्यालयमा पढाउनेदेखि श्रीमतीको चोलो फेर्ने कार्य गरिरहेको अवस्था छ,’ उनले भने । ‘सरकारले पनि व्यवस्थित बनाउनेभन्दा पनि व्यवसायीलाई दुःख दिने कार्य मात्रै गरेको उनले गुनासो गरेका छन् । कुनै मःमः पसलेलाई दिनमा यतिको व्यापार गर्नै पर्छ भनेजस्तो वर्षमा १ सय जना पठाउनै पर्छ भन्ने कुरा कसरी व्यवहारिक हुन्छ ?’ तामाङले प्रश्न गरे । सरकारले जिटुजीमार्फत पठाउने देशमा लाखौँ रकम लिने र व्यवसायीलाई १० हजार सेवा शुल्क मात्रै लिन भन्ने कुरा पनि व्यवहारिक नभएको उनले बताएका छन् । आफू नेतृत्वमा आएपछि व्यवसायीका पक्षमा थोरै भए पनि काम गरेको उनले दाबी गरे । जिट्को खुला गर्नेदेखि लिएर म्याद सकिएको भिसाको समय थप्नेसम्मका कार्य गर्नका लागि सफल भएको उनले बताएका छन् । साथै संघको नेतृत्वसमेत सर्वसम्मत रूपमा चयन गर्नका लागि पहल गरिएको र सोहीअनुसार सफल भएको उनको बताए । पार्टीगत रूपमा चुनावबाट नेतृत्वमा जाँदा काम गर्न समस्या भइरहेकाले अहिले सर्वसम्मतिका लागि प्रयास गरिएको उनको दावी छ । साथै सरकारले व्यवसायीसँग धरौटी लिएको रकम फिर्ता पाउनु पर्ने माग भइरहेको उनले बताएका छन् । इराक घटनापछि व्यवसायीले रकम फिर्ता पाएको भन्दै यसपटक पनि धरौटी रकम एक वर्षका लागि चलाउन पाउने व्यवस्था गर्नु पर्ने उनले बताएका छन् । एक वर्षपछि संस्था नवीकरण गर्दा सरकारलाई सो रकम फिर्ता नगरेमा दर्ता खारेजी गर्नेसम्मको काम गर्दा हुने उनको भनाइ थियो । अहिले व्यवसायीहरू घरभाडासमेत तिर्न नसक्ने अवस्थामा पुगेको भन्दै धरौटी रकम प्रयोग गर्न पाएको खण्डमा व्यवसायीलाई राहत मिल्ने उनले बताए । तामाङले विदेशमा दक्ष श्रमिक पठाउनका लागि तालिमको आवश्यकता रहेकोसमेत बताएका छन् । त्यसका लागि प्रशिक्षण केन्द्र निर्माण गरेर दक्ष बनाउनु पर्ने उनले बताए । उनका अनुसार यस विषयमा सरकारसँग समन्वय भइरहेको भन्दै यस्तो कार्य गर्न सकेको खण्डमा सबै पक्षलाई फाइदा हुन्छ । भिजिट भिसाको विषयमा पनि व्यवसायीलाई नै दोष दिने गरिएको भन्दै कुनै व्यवसायीले भिजिट भिसामा पठाएको भए कारबाही गर्न संघले सहयोग गर्ने उनले बताएका छन् । यदि कुनै व्यवसायीले ठगेको प्रमाण दिएमा कारबाहीका लागि आपूmहरू तयार रहेकोसमेत उनले बताए । व्यवसायलाई मर्यादित बनाउन श्रमिक र व्यवसायी दुवै मर्यादित हुनु पर्ने उनले बताए । यसैबीच, वैदेशिक रोजगार बोर्डले उद्देश्यअनुसार काम गर्न नसकेको उनको आरोप लगाएका छन् । ‘व्यवसायको प्रवद्र्धन गर्ने भनेर खोलिएको बोर्डले खाली गोष्ठी गर्ने र भत्ता बाँड्ने काम मात्रै गरेको छ,’ कार्यबाहक अध्यक्ष तामाङले भने । व्यवसायलाई प्रवद्र्धन गर्नका लागि कुनै पनि कार्य नभएको र यस विषयमा आफूले बारम्बार आवाज उठाउको पनि उनले सुनाए । ‘म पनि बोर्डको सदस्य हुँ, होटलमा गरिने गोष्ठीले न त व्यवसायको प्रवद्र्धन हुन्छ न त श्रमिकको पक्षमा काम नै हुन्छ, मात्रै भत्ता खाने काम हुन्छ र भइरहेको छ,’ उनले भने । नेतृत्वको दाबीका विषयमा पत्रकारले सोधेको प्रश्नमा उनले घुमाउरो तरिकाले आफूले ९ महिनाको अवधिमा सकारात्मक काम गरेको भन्दै दुई वर्षको कार्यकाल चलाउन पाए व्यवसायलाई मर्यादित बनाउनेतर्फ आफ्नो जोड रहने उनले बताए ।
प्रकाशित मिति: मंगलबार, पुस २७, २०७८  ०४:०६
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप वैदेशिक रोजगार
वैदेशिक रोजागारीमा ठगी गर्ने दुई जना पक्राउ
वैदेशिक रोजागारीमा ठगी गर्ने दुई जना पक्राउ आइतबार, जेठ ४, २०८२
हङकङमा ‘वर्किङ र घरेलु भिसा’ खुलाउन कूटनीतिक पहल गर्ने श्रममन्त्रीको प्रतिबद्धता
हङकङमा ‘वर्किङ र घरेलु भिसा’ खुलाउन कूटनीतिक पहल गर्ने श्रममन्त्रीको प्रतिबद्धता आइतबार, जेठ ४, २०८२
युएई र दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
युएई र दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ शुक्रबार, जेठ २, २०८२
साउदीमा कामविहीन भएका नेपाली कामदारलाई स्वदेश फर्काउने पहल सुरू
साउदीमा कामविहीन भएका नेपाली कामदारलाई स्वदेश फर्काउने पहल सुरू शुक्रबार, जेठ २, २०८२
श्रमिकको कल्याणकारी कोषदेखि व्यवसायीको धरौटी दूरुपयोग
श्रमिकको कल्याणकारी कोषदेखि व्यवसायीको धरौटी दूरुपयोग शुक्रबार, जेठ २, २०८२
सिण्डिकेटविरुद्ध संघको खबरदारी
सिण्डिकेटविरुद्ध संघको खबरदारी बिहीबार, जेठ १, २०८२
दक्षिण कोरियामा रोजगारी वृद्धि
दक्षिण कोरियामा रोजगारी वृद्धि बुधबार, वैशाख ३१, २०८२
लोकप्रिय
  • Week
  • Month
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
छ महिनाभित्र नयाँ रोजगारदाता छान्न पाउने
छ महिनाभित्र नयाँ रोजगारदाता छान्न पाउने
ग्यास चुहिएर मखनटोलमा आगलागी, एक जनाको मृत्यु
ग्यास चुहिएर मखनटोलमा आगलागी, एक जनाको मृत्यु
पहिचानपक्षधरको जनमत तान्ने दाउ
पहिचानपक्षधरको जनमत तान्ने दाउ
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - आशुतोष कार्की
- श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- गंगा फुयाल
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter Prabhab Online
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP