Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • अध्यक्षमा दुई जनाको उम्मेदवारी
अध्यक्षमा दुई जनाको उम्मेदवारी
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, पुस २७, २०७८
DSC_0042
Hardik health
काठमाडौं– नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षका लागि दुई जनाको उम्मेदवारी परेको छ । सोमबार उम्मेदवारी दर्ता गर्ने अन्तिम समयसम्म नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी संघका तर्फबाट भुवनसिहं गुरुङ र वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चका पूर्वसंयोजक रामप्रसाद भन्तनाको उम्मेदवारी परेको हो । सर्वसम्मतिका लागि नेतृत्व चयन गर्ने सहमति भए पनि अध्यक्षमा दुई जानको उम्मेदवारी परेसँगै चुनाव हुने सम्भावना बढेको बताइएको छ । केही पदमा भने सर्वसम्मति भएको छ । अध्यक्षमा दुई जनाको उम्मेदावरी परे पनि प्रथम उपाध्यक्षमा भने सर्वसम्मत रूपमा हरिबहादुर पाण्डे क्षत्री चयन भएको संघका सचिव मेघनाथ भुर्तेले बताएका छन् । प्रथम उपाध्यक्ष प्रगतिशिल वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालको भागमा परेको थियो र एक जानको मात्रै उम्मेदवारी परेकाले सर्वसम्मत भएको सचिव भुर्तेले बताए । त्यस्तै पदाधिकारीमा द्वितीय उपाध्यक्ष र महासचिब पनि एक÷एक जनाको मात्रै उम्मेदावरी परेको र उनीहरू सर्वसम्मत भएको भुर्तेलले बताएका छन् । पदाधिकारीमध्ये तृतीय उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा भने दुई–दुई जनाको उम्मेदावरी परेको बताइएको छ । त्यसका अलावा १९ जनाले सदस्यमा उम्मेदवारी दिएको बताइएको छ । तृतीय उपाध्यक्षमा अख्तर हुसैन र कर्णराज कटुवालको उम्मेदवारी परेको छ । त्यस्तै सचिवमा प्रज्ञान न्यौपाने र केशवराज न्यौपानेको उम्मेदवारी परेको छ भने कोषाध्यक्षमा इन्दिरा गुरुङ र नरेन्द्रप्रसाद ढकालको उम्मेदवारी परेको छ । संघको सदस्यहरूमा अनिल बोगटी, गणेश कुँवर, कामेश्वर साह (राहुल), केदारनाथ अधिकारी, चन्द्रबहादुर लिम्बू र मिलन कट्टेलको उम्मेदवारी परेको छ । त्यस्तै सोमबहादुर तामाङ, मोहम्द जुनैद, जंगबहादुर इजम, राजेन्द्र अधिकारी, हर्कबहादुर लिम्बू, कैलाश पाठक, प्रेमराज लावती, प्रकाश बोहोरा, नरेन्द्रप्रसाद पोखरेल (नवीन), विक्रम श्रेष्ठ, लक्ष्मण पौडेल, विजयकुमार कार्की र ऋषिराम कँडेलको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । उम्मेदवारी मनोनयन गर्ने समयमा केही पदमा धेरैको उम्मेदवारी परे पनि दाबी विरोधको समयमा नाम फिर्ता हुने र सर्वसम्मतिमा नै नेतृत्व चयन हुने संघका सचिव भुर्तेले बताएका छन् । उम्मेदवारी परेपछि नै सर्वसम्मतिको कुरा हुने सहमतिमै नेतृत्व चयन हुने उनले बताए । यस्तै नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनका अध्यक्ष नरेन्द्रप्रसाद ढकालले धेरैको उम्मेदवारी परे पनि सहमति हुने बताएका छन् । उम्मेदावर बन्नका लागि पाइने भए पनि सर्वसम्मतिका लागि भएको प्रयासविपरीतको उम्मेदवारलाई सम्बन्धित संगठनले नै कारबाही गर्ने बताए । यता, अध्यक्षका उम्मेदवार रामप्रसाद भन्तनाले भने चुनाव हुने ठोकुवा गरेका छन् । अध्यक्षमा मनोनयन दर्ता पछि प्रभाव दैनिकसँग कुरा गर्दै उनले भने, ‘राजनीतिक रूपमा भागबन्डा गर्दा बास्तविक व्यवसायीहरू असन्तुष्ट भएको अवस्था छ, सर्वसम्मतिका लागि प्रयास हुने तर सहमति हुने सम्भावना न्यून छ ।’ उम्मेदवारी दिइसकेको अवस्थामा छलफल हुने भए पनि सहमतिको सम्भावना नरहेको र चुनाव नै हुने उनले बताए । व्यवसायमा पार्टीलाई जोड्न नहुने भन्दै पार्टीगत रूपमा भन्दा पनि व्यवसायिक रूपमा मिलेर जानु पर्ने आङ्खनो धारणा रहेको उनले बताएका छन् । ‘राजनीतिक रूपमा भएको भागबन्डाको विरुद्धमा मेरो उम्मेदवारी हो, चुनाव हुन्छ, अन्य पदमा पनि संख्याभन्दा धेरैको उम्मेदवारी परेको छ,’ भन्तनाले भने ।
प्रकाशित मिति: मंगलबार, पुस २७, २०७८  ०३:५८
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ मंगलबार, असोज ७, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP