
काठमाडौं– व्यवसायीको हक हितमा काम गर्न दबाब बढेको नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएनका अध्यक्ष नरेन्द्र ढकालले बताएका छन् । अध्यक्ष ढकाकले प्रभाव दैनिकसँग कुरा गर्दै एसोसिएसनले जित्ने चुनावमा पनि सहमति गरिएको भन्दै सदस्यहरूले आलोचना गरिरहेको उनले बताए । ‘एसोसिएसनले हारेर पनि व्यवसायीलाई जिताएको छ, एसोसिएनले आत्मघाती निर्णय गरेको सदस्यहरूको भनाइ छ,’ अध्यक्ष ढकालले भने । आपूmले व्यवसायी र श्रमिक बचाउनका लागि यस्तो निर्णय लिएको उनको दाबी छ ।
त्यसो त अब आपूmलाई सबै व्यवसायीले नेतृत्व गरेर जान दबाब दिएको बताएका छन् । ‘यदि व्यवसायी र श्रमिकका पक्षमा अबको नेतृत्वले काम गर्न नसकेको अवस्थामा ६ महिनामा फेर्न पनि सकिन्छ, तर अहिलेको विषम परिस्थितिमा चुनाव गरेरभन्दा सर्वसम्मति गर्दा सकारात्मक प्रभाव पर्ने भएकाले एसोसिएसनले यस्तो कदम लिएको हो,’ ढकालले भने । एसोसिएसन भन्दा पनि व्यवसायीलाई जिताउनका लागि आपूm रातदिन नभनी लागेको उनले सुनाए । ‘सबैले जितिन्छ, चुनावबाट नेतृत्वमा जानु पर्ने आवाज उठाइरहेको भए पनि व्यवसायीका पक्षमा निर्णय गराउन पहल गरेको हुँ,’ ढकालले भने ।
एसोसिएसननिकट व्यवसायीहरूले आपूmलाई कम्युनिस्टसँग घुँडा टेकेको भन्दै विरोध भए पनि ऐतिहासिक रूपमा सर्वसम्मत गराउनका लागि लागि परेको र सफल भएको अध्यक्ष ढकालले बताए । चुनाव फेरि पनि आउँछ, मन्त्रीलगायत सबैको चाहनाअनुसार सर्वसम्मति गरिएको र अब आउने नेतृत्वले व्यवसायीका पक्षमा काम गर्नु पर्ने दबाबसमेत रहेको उनले बताएका छन् ।