Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
  • #विश्व दृष्टि दिवस
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • व्यवसायीको चुनाव : सर्वसम्मतिका लागि आज सर्वपक्षीय बैठक
व्यवसायीको चुनाव : सर्वसम्मतिका लागि आज सर्वपक्षीय बैठक
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, पुस २१, २०७८
DSC_0042
Hardik health
काठमाडौं– नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आगामी नेतृत्व सर्वसम्मत रूपमा चयन गर्नका लागि बुधबार सर्वपक्षीय बैठकको आयोजना गरिने भएको छ । सबै व्यवसायीको चाहनाअनुसार सर्वसम्मत नेतृत्व चयन गर्नका लागि सबै दलनिकट व्यवसायीहरूलाई बोलाएर छलफल गर्न लागिएको हो । साझा नेतृत्व चयन गर्नुपर्ने व्यवसायीको चाहनाअनुसार नै अगाडि बढ्नु पर्ने आवाजहरू आइरहेको अवस्थामा सबैसँगको छलफलका लागि बैठकको आयोजना गरिएको संघका कार्यबाहक अध्यक्ष कमल तामाङले बताएका छन् । अहिलेसम्म यसरी सबै संगठनसँग छलफल नभएको र यसले सकारात्मक परिणाम निकाल्ने आसा गरिएको कार्यबाहक अध्यक्ष तामाङले बताए । ‘आवाज उठिरहेको अवस्थामा किन आफैँबाट सूरुवात नगर्ने त भन्ने हिसाबबाट बैठक आयोजना गरिएको हो,’ उनले भने । व्यवसायीको यावत् समस्या समाधानका लागि एक कदम पछाडि हट्न तयार हुनु परे पनि हट्न तयार हुने गरी लचिलो हुनु पर्ने अवस्था रहेको कार्यबाहक अध्यक्ष तामाङले बताएका छन् । त्यसका लागि तयार भएरै यो बैठकको आयोजना गरिएको उनले बताए । तामाङका अनुसार साझा रूपमा सबै व्यवसायिक संगठनका व्यक्तिहरू समावेश गरेर जाँदा सरकारसँग कुरा गर्नसमेत सहज हुनेछ । संघले सर्वसम्मतिका लागि सर्वपक्षीय बैठकको आयोजना गरेकाले आफूहरूले मंगलबार गर्ने भनिएको उम्मेदवारी घोषणाको कार्यक्रमसमेत रोकिएको नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनका अध्यक्ष नरेन्द्र ढकालले बताएका छन् । ‘बुधबार दिउँसो २ बजेका लागि संघमा सर्वपक्षीय बैठक बोलाइको छ, यो छलफलबाट कुनै निष्कर्ष निस्कन सकेन भने मात्र उम्मेदवारी घोषणा गछौँ,’ अध्यक्ष ढकालले भने । कोरोनाले अस्तव्यत बनाएको व्यवसायलाई चलायमान बनाउनका लागि पनि एसोसिएसनको तर्फबाट सर्वसम्मत नेतृत्व चयनका अन्तिम प्रयास स्वरूप यो बैठकलाई लिइएको अध्यक्ष ढकालले बताएका छन् । अहिलेसम्म सबै संगठनसँग छलफल भए पनि आकांक्षी धेरै र पद थोरै हुँदा समस्या भएको पनि अध्यक्ष ढकालले बताए । यो चुनावमा सबैको मुद्दा भनेको फ्रि भिसा फ्रि टिकट, १ सय जना श्रमिक पठाउनै पर्ने विषयलगायत रहेका छन् । सबैको मुद्दा एकै किसिमका भए पनि नेतृत्वका लागि भने अहिलेसम्म ठोस सहमति बन्न नसकेको बताइएको छ । सबै संगठनसँग २–३ चरणको वार्ता भए पनि परिणाम आउन नसकेको एसोसिएसनका अध्यक्ष ढकालले बताएका छन् । यता प्रमुख प्रतिपक्ष दल नेकपा एमालेनिकट व्यवसायी संगठन प्रगतिशील वैदेशिक रोजगार मञ्च नेपालका कार्यबाहक अध्यक्ष राजेन्द्र भण्डारीले पनि प्रयास भएको र सफलता प्राप्त नभएको बताएका छन् । यता मञ्चका महासचिव कुमार केसीले अब चुनाव हुने र सर्वसम्मतिको सम्भावना सकिँदै गएको बताएका छन् । व्यवसायीको हक हितका लागि सर्वसम्मत नेतृत्व चयन गर्दा सहज हुने भए पनि त्यो सम्भव नहुने देखिएको उनले बताए । व्यवसायीहरूले संघको साधारण सभाको मिति घोषणा भएदेखि नै सर्वसम्मतिको प्रयास गर्ने भन्दै आए पनि त्यो सम्भावना टर्दै गएको व्यवसायीहरूले नै बताइसकेका छन् ।
प्रकाशित मिति: बुधबार, पुस २१, २०७८  ०३:१९
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ मंगलबार, असोज ७, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP