Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • श्रम गन्तव्य मुलुकमा संक्रमण बढ्दै
श्रम गन्तव्य मुलुकमा संक्रमण बढ्दै
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, पुस १६, २०७८
Hardik health
दोहा– नेपालको प्रमुख श्रम गन्तव्य मलेसियालगायत खाडी मुलुकमा कोरोना भाइरसको लहर बढ्न थालेको छ । पछिल्ला केही समययता, कतार, साउदी अरब, संयुक्त अरब इमिरेट्स (युएई), ओमन, बहराइन र कुवेतमा फेरि कोरोना भाइरस संक्रमण बढ्न थालेको हो । कतारमा कोभिड–१९ का नयाँ संक्रमित दिनहुँ बढ्न थालेपछि कतारको स्वास्थ्य मन्त्रालयले अनिवार्य रूपमा मास्क लगाउन आग्रह गरेको छ । पछिल्लो एक सातायता कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’को प्रभाव बढ्न थालेपछि मन्त्रालयले सार्वजनिक गरेको नियमअनुसार प्रार्थना घर, मल, विद्यालय, कार्यस्थल, सार्वजनिक सवारीजस्ता सार्वजनिक स्थलमा जाँदा अनिवार्य माक्सको प्रयोग गर्न आग्रह गरेको छ । विवाह,सामाजिक भेटघाट, मृत्यु संस्कार, निजीस्थलमा गरिने जमघटमा पनि मास्क प्रयोग गर्न आग्रह गरिएको छ । त्यसैगरी, सेक्युरिटी स्टाफ र वेटरजस्ता आउटडोरमा धेरै सेवाग्राहीसँग सम्पर्कमा आउनुपर्ने व्यक्तिलाई मास्क अनिवार्य गरिएको छ । अन्य व्यक्तिसँग सुरक्षित भौतिक दूरी कायम गर्न नसक्ने अवस्थामा कोभिडविरुद्धको खोप आफूले वा आफ्नो सम्पर्कमा आउने व्यक्तिले नलिएको खण्डमा पनि अनिवार्य रूपमा माक्सको प्रयोग गर्नु पर्नेछ । बुधबार मात्र कतारको आन्तरिक मन्त्रालयले सार्वजनिक स्थलमा मास्क नलगाई हिँड्ने ३३४ जनालाई कारबाही गरेको छ । त्यस्तै मोबाइलमा एह्तेराज एप प्रयोग नगर्ने २ जना पनि कारबाहीमा परेका छन् । बुस्टर डोज खोप नलगाएका नेपालीहरूलाई खोप लिन आग्रह गर्दै दोहास्थित नेपाली दूतावासले कोभिड–१९ को संक्रमणबाट आफू र समुदायलाई सुरक्षित राख्न तथा नियमको उल्लंघनबाट भोग्नुपर्ने दण्ड जरिवानाबाट जोगिनसमेत अपिल गरेको छ । कतारले आगामी शनिवार, १ जनवरी २०२२ बेलुका ७ बजेदेखि लागू हुनेगरी साउदी अरब, युएइ, फिलिपिन्स, श्रीलंकालगायत थप २४ वटा मुलुकहरूलाइ रातो सूचीमा राख्ने भएको छ । युएईमा पनि कोरोना संक्रमण तीव्र रूपमा फैलिन थालेपछि युएई सरकारले स्वास्थ्य सुरक्षामा कडाइ गर्न थालेको छ । विभिन्न राज्यहरूमा नयाँ स्वास्थ्य मापदण्ड लागू गरिएको बताइएको छ । नयाँ स्वास्थ्य मापदण्ड अनुसार दुबई राज्यमा मास्कको अनिवार्य प्रयोग, नलगाएमा ३ हजार दिराम जरिवाना कायम गरिएको छ । राज्यहरूबाट राजधानी आबुधावी प्रवेशमा नयाँ मापदण्ड लागू गरिएको छ । सार्वजनिक गरिएको नयाँ निर्देशिकाअनुसार कोरोनाविरुद्धको खोप प्राप्त गरेका व्यक्ति युएईभित्रबाट आबुधाबी इमिरेट्समा प्रवेश गर्न चाहेमा ‘अल्होसन एप’मा ‘ग्रीन स्टाटस’ देखिनुपर्ने जनाएको छ । खोप नलगाएका व्यक्तिले ९६ घन्टाभित्रसम्म परीक्षण गरिएको पिसिआर परीक्षणको ‘नेगेटिभ रिपोर्ट’ प्रस्तुत गर्नु पर्नेछ । ३ जनवरीबाट खुल्ने सरकारी र निजी स्कुलको दोस्रो त्रैमासिक कक्षालाई दुई हप्ताका लागि अनिवार्य ‘अनलाइन’ गरिएको जनाएको छ । साउदी अरेबियाले पनि ओमिक्रोन केसहरूमा वृद्धि भएपछि दुई पवित्र मस्जिदहरूसहित सबै खुला र बन्द ठाउँहरूमा मास्क र सामाजिक दूरी पुनः लागू गरेको छ । साउदीको आन्तरिक मन्त्रालयका अनुसार संक्रमणको जोखिमलाई मध्य नजर गर्दै बिहीबारदेखि नै मास्क, सामाजिक दूरीलगायत कोभिड प्रोटोकललाइ पुनः कडाइका साथ लागू गर्ने भएको साउदी गजेटले जनाएको छ । सबै स्थानमा, बन्द वा खुला, र सबै गतिविधि र कार्यक्रमहरूमा मास्क लगाउन र सामाजिक दूरीका उपायहरू लागू गर्न अनिवार्य भएको घोषणा गरेको जनाएको छ । यता रियादस्थित नेपाली दूतावासले पनि एक सूचना जारी गर्दै साउदीमा केही हप्ता अघिसम्म दैनिक ३० भन्दा कम रहेको कोभिड–१९ संक्रमणदर हालैका दिनहरूमा ह्वात्तै बढेर दैनिक संक्रमणदर ७०० भन्दा माथि पुगेको जनाएको छ । उक्त संक्रमणको अवस्थालाई मध्यनजर गर्दै साउदी सरकारले बिहीबारदेखि लागू हुने गरी बाहिर निस्किँदा र काम गर्ने स्थलमा अनिवार्यरूपमा फेस मास्क लगाउनु पर्ने र कम्तिमा १.५ मिटरको भौतिक दूरी कायम गर्नुपर्ने नियम लागू गरेको हुँदा साउदीमा कार्यरत सबै नेपालीलाई नियमको पूर्ण पालना गर्न अपिल गरेको छ ।
प्रकाशित मिति: शुक्रबार, पुस १६, २०७८  ०३:२४
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ मंगलबार, असोज ७, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP