Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • वैदेशिक रोजगार व्यवसायीको चुनाव : सर्वसम्मत गर्ने प्रयास
वैदेशिक रोजगार व्यवसायीको चुनाव : सर्वसम्मत गर्ने प्रयास
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, पुस १५, २०७८
DSC_0042
Hardik health
काठमाडौं– नेपाल वैदेशिक रोजगार व्यवसायी संघको चुनाव नजिकिएसँगै नेतृत्व चयनका लागि सर्वसम्मत रूपमा अगाडि बढ्नु पर्ने आवाज उठ्न थालेको छ । सत्तारुढ दल नेपाली कांग्रेस र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेनिकट व्यवसायीहरूले संघको नेतृत्व चयनमा सहमतिको प्रयास गर्ने बताएका हुन् । ३० पुसमा आयोजना हुने संघको साधारण सभाले सर्वसम्मत रूपमा नेतृत्व चयन गर्नका लागि पहल गर्नु पर्ने नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएनका अध्यक्ष नरेन्द्र ढकाले बताएका छन् । प्रभाव दैनिकसँग कुरा गर्दै अध्यक्ष ढकालले अहिलेको विषम परिथितिमा सबै मिलेर जानु पर्ने बताएका हुन् । कोभिड–१९ ले व्यवसायमा ठूलो असर पारेको अवस्थामा व्यवसायीहरू नै विभाजित हुने अवस्था आउन नहुने उनले बताए । अध्यक्ष ढकालका अनुसार अहिले संघको नेतृत्वका लागि एसोसिएनमा धेरै जनाले दाबी गरिरहेको भए पनि सुरुवाती चरणमा सहमतिका लागि पहल गर्ने र सफल हुन नसकेमा मात्रै लाकतान्त्रिक पक्रिया अवलम्बन गर्ने गरी एसोसिएसन अगाडि बढेको छ । ‘कोभिड–१९ का कारण सबै मिलेर जानु पर्ने अवस्था देखिएको छ, सोहीबमोजिम एसोसिएनले पहल गर्ने र सफल नभए स्वभाविक रूपमा लोकतान्त्रिक प्रक्रिया अवलम्बन हुन्छ,’ अध्यक्ष ढकालले भने । एसोसिएनमा अहिलेको अवस्थामा ४ जनाले अध्यक्षमा दाबी गरिरहेको पनि ढकालले बताए । अहिले सबै पक्षसँग छलफल भइरहेको र छलफलबाट सहमति नभएको खण्डमा मात्रै उम्मेदवार घोषणा गरिने अध्यक्ष ढकालले बताएका छन् । यता प्रमुख प्रतिपक्ष दल नेकपा एमालेनिकट व्यवसायीहरूको संगठन प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चका कार्यवाहक अध्यक्ष राजेन्द्र भण्डारीले पनि सहमतिका लागि प्रयास भइरहेको बताएका छन् । विषम परिस्थितिमा सहमतिका साथ जाँदा सबै व्यावसायीमा सकारात्मक सन्देश जाने भन्दै मञ्चले सर्वसम्मत नेतृत्व चयन गर्ने निर्णय गरेको बताए । ‘सबै व्यवसायीहरू मिलेर जाने विषयमा पहल भइरहेको छ, त्यो सफल हुन नसकेको खण्डमा मात्रै चुनाव हुन्छ,’ कार्यवाहक अध्यक्ष भण्डारीले भने । कोरोनाले समस्यामा पारेको व्यवसाय र व्यवसायीका पक्षमा काम गर्नका लागि पनि सर्वसम्मत नेतृत्वका लागि पहल गर्नु पर्ने उनले बताए । ‘अहिलेको परिस्थितिले पनि सबै मिल्नुको विकल्प नरहेको देखाएकोे छ । अहिले सर्वसम्मतका लागि प्रयास भइरहेको छ, सर्वसम्मत हुन नसेकमा प्रगतिशिल मञ्च टिम बनाएर अगाडि बढ्छ,’ उनले भने । राजनीतिक आस्था फरक भए पनि विपत्को समयमा व्यावसायीहरू एक जुट भएर अगाडि बढ्नु पर्ने व्यवसायी संगठनले जनाएका छन् । राजनीतिभन्दा माथि उठेर व्यावसायीका पक्षमा काम गर्नका लागि सबै मिलेर जाँदा सहज हुने बताइएको छ । मञ्चका तर्फबाट अहिले ३ जनाले अध्यक्षमा दाबी गरिरहेको भण्डारीले बताए । यसैबीच, नेपाल वैदेशिक रोजगार व्यवसायी संघका सचिव मेघनाथ भुर्तेलले पनि केही दिनअघिको कुराकानीमा सबै मिलेर अगाडि बढ्नु पर्ने बताएका थिए । संघमा दुई कार्यकाल काम गर्दाको आफ्नो अनुभवले पनि व्यवसायीहरूको हक हितका लागि सबै मिलेर जानु पर्ने बताएका हुन् । सचिव भुर्तेलले भने, ‘सबै पार्टीका व्यवसायीहरू रहेको र उनीहरूले अपनत्व महसुस गर्ने गरी नेतृत्व चयन गर्नेतर्फ लाग्नु पर्छ । व्यवसायीहरू पनि सुध्रिए छन्, राजनीतिकरण नगरी व्यावसायी हितका लागि नेतृत्व गर्न आए भन्ने सन्देश दिनका लागि आफूले भेटेका व्यवसायीहरूसित सर्वसम्मत नेतृत्व चयनका लागि आग्रह गरेको छु,’ उनले भने । राजनीति मत विभाजनका आधारमा नेतृत्वमा परीक्षण भइसकेकाहरूलाई राज्यले गर्ने व्यवहारका कारण पनि सर्वसम्मत रूपमा नेतृत्व चयन गरेर सकारात्मक सन्देश दिनु पर्ने उनले बताएका छन् । कोभिडलगायत विभिन्न कारण समस्यामा रहेको यो क्षेत्रलाई चलायमान बनाउन पनि यो विकल्पको आवश्यकता रहेको उनले दाबी गरे ।  
प्रकाशित मिति: बिहीबार, पुस १५, २०७८  ०३:३७
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ मंगलबार, असोज ७, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP