Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • समस्या समाधानका लागि प्रधानमन्त्रीको आश्वासन
समस्या समाधानका लागि प्रधानमन्त्रीको आश्वासन
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, पुस १४, २०७८
Hardik health
काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देवउवाले वैदेशिक रोजगारीका क्षेत्रमा देखिएका समस्या समाधानका लागि सम्बन्धित मन्त्रीहरूसँग छलफल गरेर समस्या समाधानका लागि पहल गर्ने आश्वासन दिएका छन् । मंगलबार नेपालीका कांग्रेसको सभापति विजयी भएको उपलक्ष्यमा नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको तर्फबाट बधाई दिन गएको टोलीसँग प्रधानमन्त्री देउवाले यस्तो आश्वासन दिएका हुन् । एसासियसनको टोलीले वैदेशिक रोजगारीका लागि विदेश पठाउँदा कम्तीमा एक महिनाको तबल सुविधा सेवा शुल्कबापत लिन पाउनु पर्ने, कोभिडका कारण समस्यामा परेका व्यवसायीलाई धरौटी रकम केही समयका लागि फिर्ता गराउनका लागि आवश्यक पहल गरिदिन आग्रह गरेका थिए । भारत, बंगलादेशलगायत सार्कका अन्य देशमा शुल्कबापत एक महिनाको तलब लिएर श्रमिक पठाउने गरेको उदाहरण दिँदै नेपालमा पनि त्यस्तो व्यवस्था गर्न आग्रह गरिएको एसोसिएनका अध्यक्ष नरेन्द्र ढकालले बताएका छन् । अहिलेको फ्रि भिसा फ्रि टिकटको व्यवस्थाले राज्यलाई राजस्व तिर्न पनि नपाइएको अवस्थामा राजस्व तिर्ने वातावरण मिलाइदिन आग्रह गरिएको अध्यक्ष ढकालले बताए । ‘एक महिनाको तलब सेवा शुल्कबापत लिन पाउने व्यवस्था गर्दा जाने व्यक्ति पनि खुसी हुने र व्यवसायीले सरकारलाई ट्याक्स तिर्ने हुँदा सबैलाई फाइदा हुन्छ,’ अध्यक्ष ढकालले भने । सरकारले कोरिया इजरायलमा रोजगारीका लागि पठाउँदा डिल गर्न नसकेको तर सस्तो लोकप्रियताका लागि निर्णय गरिएकाले यस्तो अवस्था आएको व्यवसायीहरूले बताएका छन् । यस्तो अवस्थामा सरकारले व्यवसायलाई चलायमान बनाउनका लागि पनि पहल गरिदिन एसोसिएनको टोलीले आग्रह गरेको थियो । साथै एसोसिएसनको टोलीले इराक घटना हुँदाको सयममा व्यवसायीले राखेको धरौटी एक वर्षका लागि प्रयोग गर्न पाएको भन्दै अहिलेको अवस्थामा पनि व्यवसायीले राखेको ५० लाख नगद पैसा फिर्ता पाउने व्यवस्था गरिदिन आग्रह पनि गरेका छन् । ‘५० लाखमध्ये कम्तिमा २५ लाख रूपैयाँ मात्रै भए पनि व्यवसायीले एक वर्षका लागि प्रयोग गर्न पाउने व्यवस्था गरिदिन अनुरोध गरौँ,’ अध्यक्ष ढकालले भने । व्यवसायीका कुरा सुनिसकेपछि प्रधानमन्त्री देउवाले यसमा आफू सकारात्मक रहेको प्रतिक्रिया दिएका छन् । यी विषयमा प्रधानमन्त्री देउवाले अर्थमन्त्री, परराष्ट्रमन्त्री, श्रममन्त्रीलगायत सरोकारवालाबीच छलफल गरी समस्याहरू समाधान गर्ने आश्वासन दिए । सो अवसरमा कांग्रेसको सहमहामन्त्रीमा विजयी भएका भीष्मराज आङ्देम्बेलाई पनि व्यवसायीका समस्या समाधानका लागि पहल गरिदिन आग्रह गरिएको छ । प्रधानमन्त्रीलाई मौखिक रूपमा जानकारी दिइएको र लिखित रूपमा पनि एसोसिएसनले माग राख्ने भन्दै यसका लागि सहमहामन्त्रीका तर्फबाट पनि पहल गरिदिन एसोसिएनको टोलीले अनुरोध गरेको अध्यक्ष ढकालले बताए । एसोसिएसनको नेतृत्वमा गरेको टोलीमा एसोसिएसनमा आबद्ध नवनिर्वाचित केन्द्रीय सदस्य तथा महाधिवेशन प्रतिनिधिहरूको उपस्थिति रहेको अध्यक्ष ढकालले बताएका छन् ।
प्रकाशित मिति: बुधबार, पुस १४, २०७८  ०३:३१
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ मंगलबार, असोज ७, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP