
दोहा– कतारमा कामदारलाई तलब नदिने एक रोजगारदाता कम्पनीलाई कारबाही गरिएको छ । कतारको प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयले (मड्ल्सा)ले पत्रकारले कतारमा चार महिनादेखि आप्रबासी कामदारले तलव नपाएको एक रिपोर्ट सार्वजनिक गरेको र अनुसन्धानपछि कामदारको अधिकार उल्लंघन भएको भन्दै एक कम्पनीविरुद्ध कानुनी कारबाही गरेको हो ।
जर्मन पत्रकार बेन्जामिन बेस्टले फिफा अरब कपमा कतारमा छायांकन गरिएको आङ्खनो पछिल्लो अनुसन्धान कर्निस परियोजनामा काम गर्ने नेपाली आप्रवासी कामदार र उनका केही सहकर्मीहरूले चार महिनादेखि तलब नपाएको भनेर रिपोर्ट सार्वजनिक गरेका थिए । ती कामदारहरूले आफूहरू दोहास्थित गल्फ हाउस कम्पनीमा ट्रेडिङ एन्ड कन्ट्र्याक्टिङका लागि काम गरिरहेका थिए । रिपोर्ट सार्वजनिक भएपछि तत्काल कम्पनीलाई कारबाही गरेको श्रम मन्त्रालयलाई उद्धृत गर्दै दोहा न्युजले जनाएको छ ।
मन्त्रालयले जर्मन पत्रकार बेस्टलाई एक विज्ञप्तिमा पठाउँदै भनेको छ, ‘ज्याला संरक्षण प्रणालीले विगतमा प्राधिकरणहरूलाई ढिलो भुक्तानीको बारेमा सचेत गराएको र कम्पनीलाई जरिवाना गरेर मन्त्रालयको सेवाहरूबाट प्रतिबन्ध लगाएको छ ।’ ‘सबै कामदारलाई तलब नदिएसम्म कम्पनी प्रतिबन्धित सूचीमा रहनेछ । स्थायी कालोसूचीमा राखेर समस्या समाधान नभए थप कारबाही गर्ने चेतावनी पनि मन्त्रालयले दिएको छ,’ मड्ल्साले पत्रकारलाई पठाएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
कतारले गरेको प्रमुख सुधारहरू मध्ये पहिलो गैर–भेद्भावपूर्ण न्यूनतम् ज्यालाको परिचय थियो, जसअन्तर्गत रोजगारदाताहरूले कम्तीमा न्यूनतम् तलब एक हजार, खाना ३ सय र आवासबापत ५ सय रियाल दिनुपर्नेछ तर खाना र आवासको सुविधा दिए एक हजार रियाल तलब मात्रै दिए हुन्छ । आङ्खनो कामदारलाई न्यूनतम् पारिश्रमिकभन्दा कम तलब दिने रोजगारदातालाई एक वर्ष जेल र १० हजार रियाल जरिवाना हुनेछ । कतारले श्रम कानुन उल्लंघनहरू पत्ता लगाउन, छिटो दण्डहरू लागू गर्न र श्रम निरीक्षकहरूको क्षमतालाई थप सुदृढ गर्न निगरानीलाई व्यापक रूपमा बढाएको छ । हालसम्म दर्जनौँ कम्पनीहरूलाई नयाँ कानुन उल्लंघन गरेको आरोपमा कारबाही भोगिसकेका छन् ।