Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • चुनावी सरगर्मीमा व्यावसायी : एसोसिएसनमा ५ र मञ्चमा ३ जना अध्यक्षका आकांक्षी
चुनावी सरगर्मीमा व्यावसायी : एसोसिएसनमा ५ र मञ्चमा ३ जना अध्यक्षका आकांक्षी
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, पुस ९, २०७८
DSC_0042
Hardik health
काठमाडौं– नेपाल वैदेशिक रोजगार व्यवसायी संघको चुनाव नजिकिएसँगै अध्यक्षका आकाक्षीहरू बढ्न थालेका छन् । यसै सन्दर्भमा नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनका तर्फबाट ५ जना र प्रगतिशिल वैदेशिक रोजगार व्यवसायी मञ्चका तर्फबाट ३ जना अध्यक्षका आकाक्षी देखिएका हुन् । संघको चुनावको मिति घोषणा भएसँगै अध्यक्षमा आकाक्षीहरूले दाबी गर्न थालेको एसोसिएसनका अध्यक्ष नरेन्द्रप्रसाद ढकालले बताएका छन् । एसोसिएसनले साझा उम्मेदवार बनाएर चुनाब लढ्ने बताएका ढकालले अहिलेसम्म ४–५ जना आकाक्षी देखिएको बताए पनि नाम भने खुलाएनन् । अहिले चुनावमा कसरी जाने भन्ने विषयमा छलफल भइरहेको र केही समयमा नै उम्मेदवारको टुंगो लाग्ने उनले बताए । एसोसिएसनले साझा र व्यवसायिक व्यक्तिलाई उम्मेदवार बनाएर अगाडि बढाउने उनले बताएका छन् । सत्ता गठबन्धनमा रहेका दलका व्यवसायी संघ संगठनले गठबन्ध बनाएर जानका लागि आग्रह गरिएको भए पनि अहिले नै यस विषयमा निष्कर्षमा पुगिनसकिएको अध्यक्ष ढकालले बताएका छन् । अहिले सरकारमा नेपाली कांग्रेस, माओबादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाको गठबन्धन रहेको छ । ‘एसोसिएनले एक्लै चुनाव लड्ने की मिलेर लड्ने भन्ने विषयमा पनि छलफल भइरहेको छ, अघिल्लो चुनावमा एक्लै जितेकाले अहिले पनि सोहीअनुसार अगाडि बढ्नु पर्छ भन्ने छैन, मिलेर जानु पर्छ,’ अध्यक्ष ढकालले भने । जोसँग जसरी गठबन्धन बनाए पनि नबनाए पनि व्यवसायीका हक हितमा कार्य गर्ने नेतृत्व आउने गरी एसोसिएसनल लागिरहेको ढकालले बताएका छन् । सत्तारूढ नेपाली कांग्रेसनिकट एसोसिएसनका तर्फबाट संघका कार्यवाहक अध्यक्ष कमल तामाङ, द्वितीय उपाध्यक्ष कमलदेव मल्ल, महासचिव सुजितकुमार श्रेष्ठ, पूर्वद्वितीय उपाध्यक्ष भुवनसिंह गुरूङलगायतले अध्यक्षमा आकाक्षा देखाएको बताइएको छ । यता प्रमुख प्रतिपक्षी दल नेकपा एमालेनिकट प्रगतिशिल वैदेशिक रोजगार व्यवसायी मञ्चले पनि चुनाव लक्षित गरी कार्यक्रम र छलफललाई अगाडि बढाइरहेको छ । आगामी चुनावमा कसरी जाने भन्ने विषयमा विभिन्न समयमा छलफल भइरहेको मञ्चका कार्यवाहक अध्यक्ष राजेन्द्र भण्डारीले बताएका छन् । अध्यक्षका आकाक्षी धेरै भए पनि मुख्य रूपमा ३ जना अगाडि देखिएको अध्यक्ष भण्डारीले बताए । मञ्चको तर्फबाट पूर्वअध्यक्ष हरिबहादुर पाण्डे, पूर्ववरिष्ठ उपाध्यक्ष मुक्तिनाथ अधिकारी र मञ्चका कार्यवाहक अध्यक्ष भण्डारीमध्ये एक जना अध्यक्षको उम्मेदवार हुने पनि बताइएको छ । मञ्चले सर्वसम्मत रूपमा उम्मेदवार छनोट गर्ने त्यसपछि गठबन्धनका विषयमा पनि छलफल गरिने कार्यबाहक अध्यक्ष भण्डारीले बताएका छन् । अहिले सरकारमा रहेका दलका व्यावसायी संगठनसँग पनि चुनावी गठबन्धन हुन सक्ने उनले बताए । यता सत्तारुढ दल नेकपा माओवादी केन्द्रनिकट वैदेशिक रोजगार व्यवसायी गणतन्त्रिक मञ्चका अध्यक्ष रामप्रसाद भन्तनाले संघको आगामी कार्यकालका लागि अध्यक्षमा उम्मेदवारी दिने बताइसकेका छन् । उनले गठबन्धन भए पनि नभए पनि आपूm अध्यक्षको उम्मेदवार बन्ने बताइसकेका छन् ।
प्रकाशित मिति: शुक्रबार, पुस ९, २०७८  ०२:५५
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ मंगलबार, असोज ७, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP