Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • पासपोर्ट कब्जा गर्नेलाई ८ लाख जरिमाना
पासपोर्ट कब्जा गर्नेलाई ८ लाख जरिमाना
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, पुस ७, २०७८
qatar1616320108
Hardik health
काठमाडौं– कतार सरकारले आवासीय अनुमति बनाउन तथा नवीकरण गर्नका लागि श्रमिकसँग लिएको राहादानी (पासपोर्ट) कब्जा गर्ने रोजगारतालाई २५ हजार रियाल (भन्डै ८ लाख नेपाली रूपैयाँ) सम्म जरिमाना गर्ने चेतावनी दिएको छ । कतारको गृह प्रशासन सम्बन्धी काम गर्ने आन्तरिक मन्त्रालयले आवासीय अनुमति पत्र बनाउने वा नवीकरण गर्ने प्रयोजन सकिएपछि श्रमिकको राहदानी श्रमिकलाई नै फिर्ता दिन आदेश दिँदै यसको उल्लंघन भएमा जरिमाना गर्ने चेतावनी दिएको हो । कतारको आन्तरिक मन्त्रालयले सोमबार आयोजना गरेको वेबेनारमा यसका बारेमा जानकारी दिइएको त्यहाँका स्थानीय सञ्चार माध्यमले जनाएका छन् । सो वेबेनारमा विभिन्न मुलुकका २ सय ८० जना भन्दा बढी सहभागी रहेको समाचारमा जनाइएको छ । सो कार्यक्रममा कतारले भिसाको म्याद सकिएर अवैधानिक भएकाहरूलाई कानुनी बनाउन दिएको अवसरका बारेमा छलफल गर्न र विभिन्न मुलुकका समुदायका अगुवाहरूलाई यसका बारेमा जानकारी गराउन आयोजना गरिएको बताइएको छ । कतारले आगामी ३१ डिसेम्वरसम्म अवैधानिक बसाइ गरिरहेकाहरूलाई वैधानिक बनाउनका लागि समय दिएको छ । यो कार्यक्रम सुरु भएपछि हालसम्म २० हजार व्यक्तिले बसाइलाई वैधानिक बनाउन आवेदन दिएकोसमेत जनाइएको छ । कार्यक्रममा कतारी अधिकारीहरूले कसैले गैरकानुनी रूपमा भिसाको किनबेच गरेमा कडा कारबाही हुने चेतावनीसमेत दिएका थिए । उनीहरूले त्यस्तो गतिविधिमा संलग्नहरूलाई ३ वर्षसम्म जेल सजाय तथा ५० हजार कतारी रियाल जरिमाना हुने जनाएका थिए । सोही किसिमको गल्ती पुनः दोहो¥याएको खण्डमा १ लाख रियाल जरिमान हुने समाचारमा जनाइएको छ । कतारी अधिकारीहरूले समयमै आवासीय अनुमति नवीकरण नगर्ने रोजगारदाताहरूलाई पनि कारबाही हुने जनाएका छन् । श्रमिकको आवासीय अनुमति नवीकरण गर्ने समयावधि सकिएको ९० दिनभित्रमा त्यसको नवीकरण नगराउने रोजगारदातालाई १० हजार रियालसम्म जरिमाना हुने बताएको समाचारमा जनाइएको छ । यसैबीच, कतारमा कोभिडका संक्रमितको संख्या बढ्दै गएको जनाइएको छ । संक्रमितिको संख्या बढ्दै गएपछि सरकारले कोभिड १९ विरुद्धको बुस्टर डोजको खोप लगाउन आग्रहसमेत गरेको छ । यसैगरी कोभिडविरुद्धको सजगता पूर्णरूपमा पालना गर्नसमेत सबैमा अनुरोध गरिएको त्यहाँका स्थानीय सञ्चार माध्यमले जनाएका छन् । कतारमा अक्टोबरको तुलनामा नोभेम्बर महिनामा कोभिड संक्रमितको संख्या झन्डै दोब्बरले बढेको जनाइएको छ । कतारको स्वास्थ्य मन्त्रालयले कोभिडविरुद्धको खोप नलगाएकाहरू तथा खोप लगाएको ६ महिना पूरा भएकाहरूमा कोभिड संक्रमण बढी देखिएको भन्दै खोप लगाउन वा बुस्टर डोज लगाउन आग्रह गरेको बताइएको छ । त्यहाँका स्वास्थ्य मन्त्रालका अधिकारीले कोभिड बढ्नुको कारण हेलचेक्र्याई पनि भएको भन्दै यसलाई रोक्नका लागि सावधानी अपनाउन आग्रह गरेको जनाइएको छ ।
प्रकाशित मिति: बुधबार, पुस ७, २०७८  ०३:१०
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ मंगलबार, असोज ७, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP